"शाह वंश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति १५:
'''शाह वंश''' [[नेपाल राजतन्त्र]]का प्रशासक थिए । राजा [[रामशाह]]को पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । प्रचलित वर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए ।<ref>http://royalark.net/Nepal/nepal2.htm</ref> तर चितौडगढका गुहिलवंशी [[सिसोदिया]] राजाहरूको वैशमपायन गोत्र हो भने नेपालका शाहवंशको पुरानो गोत्र [[भारद्वाज गोत्र]] (पछि [[पृथ्वीनारायण शाह]]द्वारा परिवर्तित [[कश्यप गोत्र]]) हो।
 
त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका {{citation needed}}उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जैनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे |तिनै भुपालका छोराहरुका सन्ततिलाई कालीगण्डकी, रिडी क्षेत्रका दानी र मानवहित भएका त्यस क्षेत्रका स्थानीय मानिसहरुले राजपुत्रका छोराहरु रहेछन् ज्यान जोगाएर भागेर नेपाल आएका रहेछौ कति दुख पाए होलान अझ कति दुख पाउछन् होलान भनेर त्यतिबेला भागेर आएका उनीहरुलाइ आजदेखि राजा वावुसाहेब भएकोले राजा भयौ भनेर बढो आदारका साथ बाजागाजा र भोज भतेर, फूलमाला र अविर पहिराइए र माहराजा घोषणा गरिएका थिए | पछीपछि उनै भुपालका सन्ततिबाट दुइ राजकुमार हरिहर सिंह र अजय सिंह दुइ छोरा जन्मिए तर उनीहरु व्राम्हणलाइ चिना हेराएर सोध खोज गर्दा नेपालको राजा भएर कुनै दिन नेपाल राष्टका एकीकरण गर्ने वीर पुरुष जन्मिन सक्ने भविष्य वाणी गरेका थिए । भूपाल नेपालको [[रिडी]] हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए। हरिहर सिंह ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । नेपालको इतिहासमा विना लडाई रिडी क्षेत्रमा भागेर ज्यान जोगाउन आएका शाह वंशका पूर्वजले कसैसंग पनि लडाई झगडा नगरी माग्नेले दान पाए झैँ उदारभावले रिडी क्षेत्रको राज्य पनि सजिलै पाएकाले ( राजाका सन्तान भागेर आएछौ हामीले गरि आएको राज्य तिमीहरुलाई भयो हामी राजाको पद बाट हट्छौ तर तिमीहरुलाई राजाको पद दियौ) भनेर राजतन्त्रात्मक देश नेपाल निर्माण गरेको शाह वंशको इतिहासमा यो स्वर्ण अक्षरले लेखिनु पर्ने देखिन्छ | <br>
 
यथार्थ यो हो, शाहका पुर्खा जयन खान नै शाह राजाको आदि पुर्खा हो खान्चा र मिन्चा खान शाहराजाका पुर्खा हुन । जयन खान अघि भारत तीर शाह वंशको पुर्खा निम्न प्रमाणले जोडिदैन जुन तल विस्तृतमा वर्णन सन्दर्भ सामग्री सहित गरिएको छ । पहिले नुवाकोट (स्याङ्जा) मा गएर राज्य गरेका कान्छा (मिचाखान) हुन् । उनिहरूका सन्तान कुलमण्डनले दिल्लीका बादशाहबाट 'शाह' पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा [[यशोब्रम्ह शाह]]लाई मागी आफ्नो राज्यका राजा बनाएका थिए । यसरी गोरखा राजवंशावलीको लेखोट रहेको छ । इतिहासमा सबैभन्दा शक्तिशाली राजाले आफुलाई मगर वा मगारात्को राजा मै हुँ ( दिव्य उपदेश पृष्ठ ८ ) भनेर घोषणा गरेर जातीय पहिचान दिने पृथ्वी नारायाण शाह हुन् | विक्रमाब्दको दशौ शताव्दी पछि कर्णाली प्रदेशका मगरातको मगरहरुले भारतीय ब्राम्हणहरुबाट वैदिक संस्कार र यज्ञोपवित ( जनै ) ग्रहण गरेर आफुलाई ठकुरी भनाउन थालेका हुन भन्ने कुरा इतिहासकार डोर बहादुर विष्टको राय रहेको पाइन्छ l फ्रेन्च इतिहासकार ह्यामिल्टनले गोर्खाको शाह वंश मगर नै हुन् भनेको पाइन्छ | मगर समुदायसँग गोर्खाली राजाको सम्बन्ध पृथ्वीनारायणको जन्म भन्दा पुरानो हो । हेमिल्टन (१८१९) र भेन्सिटार्ट (१८९६)ले पृथ्वीनारायणलाई मगर भनेका छन् । "म मगर हुँ ।" भनेर दरिलो उदाहरण दिदैं पृथ्वीनारायणले आफूलाई मगरातको राजा बताएका छन् (दिव्यउपदेश, पृ.८) । पृथ्वीनारायण अघिका गोर्खाली राजालाई पनि गोर्खा बार्पाकका गुरुङहरू ‘मगरका राजा' भन्थे र टाढा रहन खोज्थे (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ.१०) । पृथ्वीनारायणका ददा (बालबालिकाको हेरचाह गर्नेव्यक्ति) मगर समुदायका सुरथसिंह राना थिए, जोपृथ्वीनारायणले ‘दिव्यउपदेश' दिँदा साथमै थिए (दिव्यउपदेश, पृ. १) । < br>
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित