"चाकाकेदार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ) |
||
पङ्क्ति १९:
==ठाकुरज्यू महाराज जुम्ला==
यस्तै किवदन्ती जुम्ला जिल्ला कार्तिकेय स्वामी गाउँ विकास समितिमा रहेका ठाकुरज्यू महाराजको छ । त्यहाँको अवस्था वर्णनगर्दा ठाकुरज्यू र विष्टज्यू महाराज दुवै एउटैहुन् एक तलछन भने अर्को माथिछन् । यसको चारैतिर पहाड छ । बीचमा पोखरी छ । पोखरीकोछेउमा ठाकुरज्यू र विष्टज्यूछन् । यी दुवैमा बलि हुँदैन् । गाईको दूध चढाईन्छ । श्रावण पुर्णिमामा पुजिन्छन । न्यौपानेहरु यसका पुजारीछन । यहाँ न्यौपानेलाई पाँणपुजारा भन्दछन । यहाँका बुढापाकाहरुको भनाई अनुसार श्रावण पुर्णिमामा पुजा चलाउनु भन्दा पहिले यहाँ एक जना जोगी आएछन । ती जोगी गाउँबाट हाल ठाकुरज्यू महाराज रहेको स्थानमा जाँदैगर्दा वारकुट्टेवाडाको मान्छे भेटियो । त्यो मान्छे भेटिदा जोगीले अमृत देउ भनेछन् तर त्यस वारकुट्टेवाडाको शाही खान्दानको मान्छेले भनेछ । तँलाई दही दिएर फाईदाछैन वरु घर लगे मेरा बालबच्चा खालान भनि जोगीलाई दही नदिएर घर गएछ । त्यसपछि त्यो जोगी हाल ठाकुरज्यू महाराज भएको तिर लम्कदै गयो । बाटामा न्यौपाने खान्दानको मुख्य परिवारको एक जना लाटो त्यसै स्थानबाट आएछ । त्यहाँ त्यो जोगीले त्यस लाटासँग दही मागेछ । त्यो लाटाले आफुसँग रहेको जम्मै दही जोगीको टपरीमा हाल्दा टपरी भरिएन सबै खन्याउ“दा पनि भरिएन । त्यो टपरी नभरिएपछि लाटो घर फर्केर गयो । घरमा पुगे पश्चात दहीका खाली भाँणा आफ्नो घरको भकारीमा फालिदिएछ । जोगीलाई दही दिँदा भाँणा खालि भएका थिए । घरमा सराद थियो । सरादकालागि भनेर दही ल्याएको थियो । दही तथा गोरस नभए घरमा गाली गर्ने डरले लाटो गाउँमा लुक्न गएछ । लाटो गाउँमा लुक्न गए पछि लाटाको दाजु आएर हेर्दा ती खाली भाँणामा दही भरिएको देख्यो । सामान सबै देख्यो तर मान्छे देखेन । लाटोलाई खोज्न जाँदा त्यो लाटो गोठमा लुकेको देख्यो । त्यस पछि लाटालाई किनलुकेको भनि सोधेछ । लाटालाई सोध्दा लाटाले भन्यो । म आउँदा बाटामा एक जना जोगी भेटियो । त्यसले दही माग्यो । जोगीको सानो टपरी थियो । त्यसमा मैले सबै दही खन्याउँदा त्यो टपरी भरिएन । सबै दही त्यसलाई दिएपछि मेरा दहीका भाँणा खाली भए । घरमा गाली गर्ने डरले म लुकेको हुँ भनेछ । यस
जुम्लामा दाडेमष्टो र थार्पु मष्टोमा बोका र भेडाको बलि हुन्छ भने दुधे शिलो र देउती बजैमा दूध चडाईन्छ । भोनी र भैरव पनि छन । भोनीलाई दूध र भैरवलाई बोका वा भेडाँको बलि दिईन्छ । जुम्लाको बजार क्षेत्रमा नाथ योगीहरुको पनि बसोबास रहेको छ ।
|