"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ) |
||
पङ्क्ति ३:
'''केन्द्रीय बैंक''' देशको सबैभन्दा ठूलो बैंक हुन्छ जसले निजी र सरकारी बैंकको निरीक्षण गर्दछ । केन्द्रीय बैंकले बनाएका नीति र दिशानिर्देश निजी तथा सरकारी बैंकले मान्नु पर्छ । देशमा कुनै पनि राष्ट्रिय दर नीति केन्द्रीय बैंकले गर्छ । देशमा आवस्यकता अनुसार केन्द्रीय बैंकले मुद्रा छाप्छ । देशको अर्थव्यवस्था अनुसार निजी तथा सरकारी बैंकलाई दिने दिशा निर्देशहरू तय गर्ने काम केन्द्रीय बैंकको हुन्छ । यो बैंकको गभर्नरले नोटहरूमा हस्ताक्षर गर्छन् , जसकारण त्यो नोट देशमा मान्य हुन्छ ।
==इतिहास ==
२० अौं शताब्दीको सुरुवात हुनुपुर्ब सम्म विश्वमा केन्द्रिय बैंकका कार्यहरु स्पस्ट रूपमा परिभासित भै सकेका थिएनन् । वास्तवमा केन्द्रिय बैंकको भूमिका योजनाबद्द र सुबिचारित ढंगले परिभासित र विकास भएको पनि होइन । अाबश्यकता र अनुभवको आधारमा केन्द्रिय बैंकको अबधारणाले क्रमिक रूपमा आकार ग्रहण गर्दै गएको देखिन्छ । नोट निस्कासन गर्ने र सरकारी कारोबार गर्ने एकलौटी अधिकार पाएका वाणिज्य बैंकहरु नै
स्वीडेनको बैंक अफ स्वीडेन विश्वमा सबैभन्दा पहिले स्थापित केन्द्रिय बैंक भएता पनि बेलायतको बैंक अफ इङ्ल्यान्डलाई नै विश्वको सबैभन्दा पहिलो केन्द्रिय बैंकको रूपमा लिईन्छ । बैंक अफ इङ्ल्यान्ड सर्बसाधारण जनतालाई शेयर बिक्री गरी सन् १६९५ मा स्थापना गरिएको थियो । सरकारलाई आवश्यकता पर्दा रीण दिनुपर्ने सर्तमा सरकारले त्यस बैंकलाई नोट जारी गर्ने अधिकार दिएको थियो । सन् १८३३ मा पारीत ऐनले उक्त बैंकले जारी गरेको नोटलाई मात्र मान्यता दिने ब्यबस्था गरेपछी बेलायतको केन्द्रिय बैंक हुन पुग्यो ।
स्वीडेनको रिस्क बैंक अफ स्वीडेन सन् १६५६ मा स्थापना गरिएको भएतापनि नोट छाप्ने अधिकार भने यो बैंकले सन् १८९७ मा मात्र पाएको थियो । त्यसै गरी बैंक अफ फ्रान्स सन् १८०० मा स्थापित भएको थियो
विभिन्न मुलुकका सरकारहरुले यात कार्यरत वाणिज्य बैंकहरु मध्ये कुनै एकलाई नोट छाप्ने सरकारका बिशेष अधिकार र जिम्मेवारी दिएर केन्द्रिय बैंकको रूपमा रुपान्तरण गरे या त यस्ता बिशेष कार्य गर्ने गरी बिशेष सुबिधा र अधिकारहरु दिएर छुट्टै नयाँ बैंक स्थापना गरे ।
|