"दार्जिलिङ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४९:
चियाको पहिलो बिउ चाइनिज झाडीको थियो र यसलाई कुमाऊं हिलबाट ल्याईएको थियो । तर समयको साथ यो दार्जिलिङ चियाको नामबाट प्रसिद्ध भयो। सन १८८६ मा टी. टी. कपरले यो अनुमान लगाए कि तिब्बतमा प्रत्येक बर्षमा ६०,००,००० lb चिनिया चियाको उपभोग हुन्थ्यो। यसको उत्‍पादन मुख्यत: सेजहवान प्रान्तमा हुन्थ्यो । कपरको विचार थियो कि यदि तिब्बतका मानिसले चिनिया चियाको सट्टामा भारतको चियाको उपयोग गरे भने भारतलाई एउटा ठूलो मूल्‍यावान बजार प्राप्‍त हुनेछ । यस पछिको इतिहास सबैलाई थाहा नै छ ।
 
स्‍थानीय माटो तथा हिमाली हावापानीको कारण दार्जिलिङको चियाको गुणस्तर उच्च कोटिको नै हुन्छ। अहिले दार्जिलिङ तथा यसको छेउछाउमा लगभग ८७ चिया बगान छन्। यि बगानहरूमा लगभग ५०००० मानिसहरूलाई काम प्राप्त भएको छ । प्रत्‍येक चिया बगानको आ-आफ्नो इतिहास छ। यसै प्रकार प्रत्‍येक चिया बगानको चियाको किसिम पनि अलग-अलग हुन्छ। तर पनि यि चिया सामूहिक रूपमा "दार्जिलिङ चिया" को नामबाट चिनिन्छन् । यि बगानहरूमा घुम्नको लागि सबैभन्दा राम्रो समय ग्रीष्‍म काल हो जब चिया पत्तिहरूलाई टिपिन्छ । हैपी-वैली-चिया कमानबगान (टेली: २२५२४०५) जो शहरदेखि ३ किलोमीटरको दूरीमा छ , सजिलैसग पुग्न सकिन्छ । यहाँ तपाईं श्रमीकहरूले चियाको पत्ति टिप्दै गरेको देख्न सक्नु हुन्छ। तपाईं ताजा पत्तिलाई चियामा परिवर्तित हुदै गरेको पनि देख्न सक्नु हुन्छ। तर चिया बगान घुम्नको लागि यि बगानका व्यवस्थापकलाई पहिले नै जानकारी दिनु आवश्यक हुन्छ ।
 
== चिया ==
"https://ne.wikipedia.org/wiki/दार्जिलिङ" बाट अनुप्रेषित