"बाबर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ३६:
 
== सैन्य जीवन ==
उनीलाई सन् १४९४ मा १२ वर्षको उमेरमा फरगना उपत्यकाको शासकको पद सम्हालेका थिए । उनको काकाहरूले यस स्थितिको फाइदा उठाइ बाबरलाई गद्दीबाट हटाएका थिए । धेरै वर्षसम्म उनले निर्वासनको जीवन विताउनु परेको थियो, त्यसबेला उनीसँग केही किसान तथा उनको नातेदाहरू थिए । सन् १४९७ मा उनले उज्बेक शहर समरकंदमा आक्रमण गरेका थिए र ७ महिना पश्चात जीत हासिल गरेका थिए । उनले समरकंदमा आक्रमण गरिरहेका बेला एक सैनिक गणले फरगनामा आफ्नो अधिपत्य जमाएका थिए । जब बाबर यसमा आफ्नो अधिकार फिर्ता लिनको लागि फरगना आइरहेका थिए, त्यस बेला उनको सेनाले समरकंदमा उनको साथ छोडि दिएका थिए । जसको फलस्वरूप समरकंद तथा फरगना दुबै उनले गुमाउनु परेको थियो । सन् १५०१ मा उनले समरकंदलाई पुनः आफ्नो अधिकारमा लिएका थिए तर उन माथि छिट्टै उज्बेक शान मुहम्मद शायबानीले आक्रमण गरिगरी पराजय भए पश्चात समरकंद माथि आफ्नो अधिकार गुमाउनु परेको थियो ।
 
फरगनाबाट आफ्नो केही बफादार सैनिकका साथ भागे पश्चात ३ वर्षसम्म उनी आफ्नो सेना तयार गर्ने तर्फ केन्द्रित भए । यसै क्रममा उनले धेरै मात्रामा बदख्शान प्रदेशको ताजिकोलाई आफ्नो सेनामा भर्ती गराए । सन् १५०४ मा हिन्दुकुशको हिमाललाई पार गरिगरी उनले [[काबुल]]मा आफ्नो नियन्त्रण स्थापन गरे । केहि समय पश्चात उनले हेरातको एक तैमूरवंशी हुसैन बैकरह जो उनको टाढाका नातेदार थिए, सँग मुहम्मद शायबानीको विरूद्धमा सहयोगको सन्धी गरे । तर सन् १५०६ मा हुसैनको मृत्युको कारण मुहम्मद शायबानी विरूद्ध केही गर्न सकेन्न बरू उनले हेरात माथि आफ्नो नियन्त्रण जमाए । तर दुई महिना पश्चात सैन्य साधनहरूको अभावमा हेरात छोड्नु पर्यो ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बाबर" बाट अनुप्रेषित