"कर्णाली नदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ८१:
 
==नदीको विस्तार==
दैलेख र अछामका अन्य सहायक नदी नालाहरूलाई साधमा लिँदै यो नदी दैलेख, अछाम र [[सुर्खेत जिल्ला]]को सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ। जसले गर्दा पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको यो नदी फेरी पश्चिम तिर फर्केर जान्छ। यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुदै [[डोटी जिल्ला]]को सिमानामा पुग्छ। त्यहाँ यो नदीमा डोटीबाट आएको [[सेती नदी]] (जसलाई चौलानी नदी पनि भनिन्छ) मिसिन्छ। त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ। अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र [[कैलाली जिल्ला]]को सिमानामा बग्न थाल्छ। कैलाली र सुर्खेतको सिमानामा पर्ने "कुइने घाट" नामक स्थानमा आएर यो नदीमा सुर्खेत तिरबाट आएको [[भेरी नदी]] मिसिन पुग्छ। त्यस पछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै [[कर्णाली चिसापानी]] भन्ने ठाउँमा आउँछ। त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराइको मैदानमा प्रवेश गर्छ। अब यो नदीले [[बर्दिया जिल्ला]]मा प्रवेश गरिगरी सकेको हुन्छ। बर्दियामा आए पछि यो नदीमा बबै र सानी भेरी गरी दुइवटा नदीहरू मिसिएका छन्। त्यसका साथै यो नदी [[भारत]]मा प्रवेश गर्छ। यहाँ आएर यो नदी आफू पनि दुई भागमा बाँडीएको छ। एक शाखालाई [[कौरियाला घाट]]को नाम दिएको छ भने अर्को शाखालाई भारतमा [[:hi:घागरा नदी|घागरा नदी]]को नाम दिएको छ। भारतमा यो नदिमा अन्य सहायक नदीहरू मिसिन्छन् जस्तै:- [[महाकाली नदी]] जसलाई भारतमा शारदा नदी भनिन्छ। कौरियाला घाट नामको नदी [[अयोध्या जिल्ला|अयोध्या]]भएर बगेको छ। अयोध्यामा यो नदीलाई सर्यौँ नदीको नाम दिइएको छ। घागरा नदी [[बिहार]]को [[छपरा जिल्ला]]मा गएर [[गङ्गा नदी|गंगा नदी]]मा गएर मिलेको छ। त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ। अन्तमा [[पश्चिम बङ्गालका जिल्लाहरू|पश्चिम बङ्गाल]] राज्यको कोलकाटा शहर (जसको पुरानो नाम कलकत्ता हो) नजीकै रहेको [[गंगा सागर]] नामक स्थानमा यो नदी समुन्द्रमा मिलेको छ।
 
==सहायक नदीहरू==
"https://ne.wikipedia.org/wiki/कर्णाली_नदी" बाट अनुप्रेषित