"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- कस्ले + कसले )
पङ्क्ति ११:
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पूजा गर्ने चलन चलाएर वि. स. १९४९ मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला) बनाए। सो सत्तलको जीर्णोद्धार २०३६ सालमा गरेको पाइन्छ। त्यस्तै [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र सम्शेर]]ले मन्दिरको ढोका दैनिक रूपमा खोल्ने र लगाउने व्यवस्था गरेका थिए। उनैले १९६५ मा मन्दिरको छानामा सुनको जलप लगाएका थिए। मैतिदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव मोहनबहादुर श्रेष्ठका अनुसार वि. स.१९८९ वैशाखमा हरिदास हलुवाईले भित्ताहरूमा सेतो टायल लगाएका थिए।
 
यस्तै यहाँ अन्य धेरै कार्यहरू भएका छन्। तर, ती सबैका कुनै लिखत छैनन्। त्यसैले कस्लेकसले कहिले के बनायो र कति खर्च लाग्यो भन्ने कुरा अज्ञात रहेको छ। पहिले-पहिले आफूले गरेको पुण्यको प्रचार गर्नु हुन्न भन्ने मान्यताका कारण पनि ती कार्यहरूको लेखोट नरहेको हुन सक्ने बताइन्छ। त्यसैगरी, वि.स. २०५८ सालबाट यस मन्दिरको पुनः जीर्णोद्धार सुरु गरिएको छ। यस पटकको जीर्णोद्धारमा भने अठार लाख बजेट छुट्याएको मैतीदेवी प्रबन्ध समिति बाट थाहा हुन्छ। यसमध्ये पुरातत्व विभागले ४ लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ६ लाख र बाँकी प्रबन्ध समितिले व्यहोर्ने भएको छन्।
 
सन् १९९८ मा मैतिदेवी मन्दिर अंकित हुलाक टिकट प्रकाशन भएको छ।
"https://ne.wikipedia.org/wiki/मैतीदेवी" बाट अनुप्रेषित