"पाण्डे (पलेउ)" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति १:
'''पलेउ पाण्डे''' नेपाल तथा [[भारत]]मा बसोवास गर्ने [[गौतम गोत्र|गौतम]] गोत्रिय [[ब्राह्मण]] थर हो । पलेउ पाण्डेका पूर्वजहरू आज भन्दा करिब ७०० वर्ष पहिले अर्थात विक्रम संवत १४०० साल पहिले भारतको [[उत्तराखण्ड]] राज्यको [[कुमाउँ]] क्षेत्रको मानली भन्ने गाउँमा बस्दथे । त्यहाँ बस्दा तिनीहरू आफ्नो धर्म अनुसार त्यहाँका वासिन्दा थिए । उनीहरूले अन्य जातिको यजमानी र देवताहरू पूजा गरेर आफ्नो जिविकोपार्जन चलाएका थिए । उनीहरूको खेतीपाती पनि थियो र खेतीपातीको काम गर्नको लागि तल्लो जातको मान्छे राखेका थिए । उनीहरू मध्य एक जना मन्दिर तथा घर बनाउने काममा निपूर्ण डकर्मी थिए । ति डकर्मी आफ्नो जातिका मान्छे (पाण्डे) का घर तथा मन्दिर मात्र बनाउने काम गर्थे तर अन्य जातिका मान्छेको घर बनाउदैनथे । उनले बनाएका मन्दिरहरू निकै सुन्दर थिए । त्यो देखेर त्यहाँका राजा रजौटाहरूले त्यस डकर्मीलाई आफ्नो काममा लगाउने विचार गरे र त्यो कुरा सुनाए । तर ति डकर्मी पाण्डेले पाण्डेय ब्राह्मण बाहेक अरुको काम गर्न अस्विकार गरे । त्यस बेला ति रजौटाहरूको निकै रवाफ चल्दथ्यो । त्यसैले रजौटाहरूले डकर्मी पाण्डेको दाहिने हात काटिदिए । त्यसपछि पाण्डेका पुर्खाहरूको एक नाउलो (कुवा) बनाउन बाँकी नै थियो । त्यो कुवा बनाउने तिनै हात काटिएका डकर्मीको जिम्मा लगाइएको थियो । ति डकर्मीले आफुआफू गारो बनाउन नसक्ने हुनाले आफ्नी छोरीलाई खटाए । बायाँ हातले नै एक सुन्दर नाउलो (कुवा) बनाउन सफल भए । त्यस नाउलोलाई अहिले पनि बायाँहाते नाउलो भन्ने गरिन्छ । त्यो नाउलो मानलीमा अझैं सुरक्षित छ । ति डकर्मीले त्यो नाउलो बनाउन सफल भएको थाह पाएर त्यहाँका रजौटाहरूले उनको बायाँ हात पनि काटिदिए ।<ref name= "पुस्तक"> गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक '''गौतम गोत्र''' वंश परिचय पहिलो संस्करण, लेखक राजेश कुमार बटाला</ref>
===नेपाल प्रवेस===
मानलीका रजौटाहरूको अमानवीय कार्य देखेर असह्य भई गौतम गोत्रिय पाण्डेहरूका पुर्वजहरू मध्य केहिले त्यो ठाउँ छोडेर हालको [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] जिल्लाको ठुणा भन्ने आए । त्यो ठाउँमा अजयमेरू राजा राज्य गर्दथे । पाण्डेहरू दुई भाई थिए एक भाईकी स्वास्नी देख्नम अत्यन्तै सुन्दर थिइन् । ति पाण्डेकी स्वास्नीको सुन्दरता देखेर राजा अजयमेरुले जबरजस्ती हरण गरेर लगे । ति आईमाईले बाटोमा नै आत्महत्या गरेर मरिन् । राजा अजयेमेरुको त्यस्तो कार्य देखेर असह्य भई त्यो ठाउँ पनि छोडेर गए । <ref name= "पुस्तक"/>
"https://ne.wikipedia.org/wiki/पाण्डे_(पलेउ)" बाट अनुप्रेषित