भक्त प्रह्लाद दैत्य राज हिरण्य कशेपु जस्तो पाखण्डीका छोरा भएर पनि सानै उमेर देखि हरि भक्तीमा रुची राख्न थाले। यो देखेर दैत्यराज हिरण्य कशेपुले प्रह्लादलाई संसारको अधिपति आफुआफू भएको र आफुआफू भन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो तर प्रह्लादले समुद्र न देखेको मानिसले कुवालाई नै ठूलो भन्छ तपाईँ त एक कुवाको भ्यागुता जस्तै कुरा गर्नु हुन्छ भनि उल्टो जवाफ दिए यो सुनेर हिरण्यकशेपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठायो तर प्रह्लाद त्यहाँ पनि पढाई छोडेर हरि भक्ती तिरै लागे गुरुले धेरै सम्झाए तर प्रह्लादले हरि भक्ती छोडेनन्। झनै त्यहाँ भएका अन्य दैत्य पुत्रहरूलाई हरि भक्तीमा लगाए। यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकशेपु कहाँ पठाई दिए। हिरण्यकशेपुले फेरी प्रहलादलाई सम्झाउने कोशिस गर्यो तर प्रह्लादले हरि भक्ती भन्दा ठूलो कोही ज्ञान छैन भन्ने कुरा व्यक्त गरे। अब हिरण्यकशेपु साह्रै रिसाएर प्रह्लादका हात खुट्टा बाँधेर हातिहरूको बाटोमा छोड्न लगायो तर हातीहरूले प्रह्लादलाई देखेर कुचल्न सकेनन्। तब हिरण्य कशेपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगायो। प्रह्लादलाई सागरमा बगाईयो तर हरिकृपा, विष्णु भगवान स्वयं आएर प्रह्लादलाई बचाए। प्रह्लादलाई ज्ञान दिएर भगवान अन्तर्ध्यान भए।