"द शशाङ्क रिडेम्पसन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति ३६:
एण्डीले नर्टन लगायत जेलका सम्पुर्ण कर्मचारीहरूको आर्थिक मामिलाको लेखाजोखा राख्न सुरू गर्छ। एण्डीले स्टेट लेजिस्लेचरलाइ साप्ताहिक रूपमा पत्राचार गर्न सुरू गर्छ जसमा जेलको पुस्तकालयलाइ राम्रो बनाउन फण्डको अनुरोध समेत गर्छ। ५० बर्षको जेल जीवन पछी ब्रुक्सलाइ १९५४ मा जेल जीवनबाट छुटकारा मिल्छ तर बाहिरी वातावरणमा आफूलाइ ढाल्न नसकेपछी उसले आत्महत्या गर्छ। लेजिस्लेचरले पुस्तकालयलाइ सहयोगको रकमका साथै फिगारोको विवाहको रेकर्डिङ्ग समेत पठाइदिन्छ जसलाइ एण्डीले पब्लिक एड्रेस सिस्टमका माध्यमद्वारा सबैलाइ सुनाइदिन्छ जसको सजाय स्वरूप उसलाइ सोलिटरी कन्फाइनमेन्टमा राखिन्छ। त्यहाँबाट छुटेपछी एण्डी ले साथीहरूलाइ सम्झाउँछ कि 'आशा' नै एउटा चिज थियो जसले उसलाइ त्यो कष्टकर समयबाट निस्कन मद्दत गर्यो। रेड एण्डी को यो कुरालाइ नकार्छ। सन् १९६३ मा नर्टनले जेलका मजदुरहरूलाइ बाहिरी काममा शोषण गर्छ जसबाट उसलाइ बाह्य कामदरलाइ दिनुपर्ने पैसा पनि बच्छ र घुस पनि खान पाउँछ। एण्डीले त्यो कालो धनलाइ आफ्नो नयाँ नाम र्यान्डल स्टिफन्सको प्रयोग गरेर वैध बनाउँछ। टोमी विलियम्सलाइ डकैतीको आरोपमा जेल हालिन्छ जहाँ उसको दोस्ती एण्डी र रेडसँग हुन्छ। एण्डी ले उसलाइ जी.इ.डी परीक्षा उत्तीर्ण गर्न सहयोग गर्छ। एकदिन टोमीले एण्डी र रेडका अगाडि यो खुलासा गर्छ कि अर्को जेलको उसैको(टोमीको) साथीले त्यो हत्याको जिम्मा लियो जसका लागि एण्डी ले सजाय व्यहोरी रहेको छ। यही विषयबारे कुरा गर्न एण्डी जब नर्टनसँग भेट्छ, नर्टनले यो कुरा सुन्नै मान्दैन तर जब एण्डी ले उसको कालो धनको वैधताबारे कुरा गर्न खोज्छ, एण्डी लाइ पुन सोलिटरी कन्फाइनमेन्टमा जाकिदिन्छ।
नर्टन जेलबाट भाग्ने प्रयास गरेको भन्दै ह्याड्लीलाइ टोमीको हत्या गर्न लगाउँछ। एण्डीले 'मनी लन्ड्रिङ्' रोक्ने प्रयास गर्छ तर नर्टनको धम्कीका कारण पछाडी सर्छ। दुइ महिनापछी एण्डी लाइ सोलिटरी कन्फाइनमेन्ट बाट रिहा गरिन्छ। एण्डी ले रेडका अगाडी जिहुआटनेओमा आफ्नो बाँकी जीवन व्यतित गर्ने मन भएको खुलासा गर्छ। रेडले एण्डीसँग कसम खान्छ कि 'कुनै दिन म जेलबाट छुटेँ भने, म बक्सटन जानेछु र मेरो लागि तिमीले छोडेको पार्सल लिएर तिमी भए ठाउँमा आउनेछु।'
रेड एण्डीका लागि अत्यन्तै चिन्तित हुन्छ किनकी एण्डी ले जेलको एउटा साथीसँग एउटा ६ फिटको डोरी मागेर लिएको कुरा उसले थाहा पाउँछ। भोलीपल्ट जब सबै कैदीका कोठाको पर्यवेक्षण गरिन्छ, एण्डी को कोठा खाली भेटिन्छ। नर्टनले रिसले जब रिटा हेवर्थको पोष्टरमा ढुङ्गा हान्छ, उनिहरूलाइ यो कुरा थाहा हुन्छ कि १७ सालमा एण्डी ले उक्त पोष्टरको पछाडी आफुआफू छिर्ने सुरूङ् खनेर भागेको हुन्छ।
 
==भूमिका==