"स्वस्थानी व्रत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुले +हरूले) |
||
पङ्क्ति ३०:
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित [[शाली नदी]], [[पशुपति]], [[गौरीघाट]], [[गुहेश्वरी मन्दिर|गुहेश्वरी]], [[सतिदेवी]]का अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो । यो व्रतको [[भारत]] लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्यी धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ । तराईको छट पूजा र पहाडको श्री स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अंग हो । श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन हाम्रै देश नैपालको काठमाण्डौमा छन् । यो व्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपाल कै सेरोफेरोमा घटेको थियो भनी [[स्कन्द पुराण]]मा उल्लेख छ । [[सत्य युग]]मा यो व्रत सर्व प्रथम हिमालय पुत्रि [[पार्वती]]ले श्री महादेव लाई पति पाँऊ भनि गर्नु भएको थियो ।
प्रतेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस व्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य ( दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू ) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नु पर्दछ । व्रत गर्नेले त्यसै दिन देखी व्रत नसकिदा सम्म पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन । त्यसै दिन देखी एक महिना सम्म कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्घ धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गए पछी जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु व्रतका अनिबार्य नियमहरू हुन् । पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा) गरी शुद्घ वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछी पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य (गोबर, गोमुत्र, दुध, दहि र घ्यू) का साथै तिल, सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ । त्यसपछी त्यसै अभिशेक बाट ‘ मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख–सम्पत्ती र अर्को लोकमा शिव लोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु ’ भनी संकल्प गरी व्रतको सुरुवात गर्नु पर्दछ । त्यसपछी आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चित स्वरुप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्य पछी मात्रै दिप गणेश र कलशको पूजा आरम्भ गर्नु पर्दछ । दिप गणेश र कलशको पूजा सम्पन्न भैसके पछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नु पर्दछ । सुन नभए यथासक्य भेटी राखी श्री स्वस्थानी माताको स्थापना गर्नु पर्दछ । श्री स्वस्थानी माता आफ्ना चार हातमा क्रमैसँग त्रिशुल, तरवार, चक्र र कमल धारण गरेकी हुन्छन् । यिन्को पग्लिएको सुनको जस्तै पहेलो वर्ण छ । विविध आभूषण
*सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
पङ्क्ति ३९:
*एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।
अर्थात :- सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण
मध्यान्न कालमा भगवान श्री महादेवको श्री स्वस्थानी माता संगै पूजा अर्चना गर्नू पर्दछ । पूजा पछी आफुले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी माता लाई अघ्र्य दिनु पर्दछ । साँझको पूजा पछी श्री स्वस्थानी माताको कथा बाचन गर्नु पर्दछ । कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गर्ने र आफै सुन्ने गर्नु पर्दछ । कथावाचन आफुले गर्न नसके कुनै ब्राह्मण द्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैले वाचन गर्दा पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुदैन । कथा सुन्न आफ्ना सबै छिमेकी, ईष्ट–मित्र, र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ । कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछी आरती गर्नु पर्दछ । आरती पछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यो प्रतिदिन को पूजाकार्य भयो ।
पङ्क्ति ४५:
यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउछ, तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता संगै मेरो पनि पूजा गर्नु भनि श्री महादेव बाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछी १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यतिगरी सके पछी श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्णहुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरीएको छ ।
आजको युगमा हाम्रो समाज घोर भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको ब्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भईरहेको छ । यस्तो अवस्थामा हामी सवै धर्मप्रेमी
<ref>http://www.nepalsamuha.com/swastani-brata-started.html</ref>
|