"समाधि" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुले +हरूले) |
||
पङ्क्ति १:
समाधी(मनको आत्मामा विलय र आत्माको परमात्मासँग मिलन) महर्षि पतञ्जली लेख्नुहुन्छ ः– '''तदेवार्थमात्रनिर्भासं स्वरुप शून्यमिव समाधिः ।''' अर्थात ध्यानगर्दा गर्दै जव केवल ध्येयको मात्रै अस्तित्व बाँकी रहन्छ तव त्यो ध्यान स्वतः समाधिमा रुपान्तरित हुन्छ । गोरक्ष संहितामा गुरु गोरखनाथले समाधिको व्याख्या यसरी गरेका छन् '''ःन गन्धं न रसं रुपं न च स्पर्शन निःस्वनम् । नात्मानं न परस्वं च योगी युक्तः समाधिना ।।''' अर्थात ः समाधिमा लीन योगी लाई गंध, स्वाद, रुप ,स्पर्श र शब्द श्रवण यी पाँच विषयको तथा आफ्नो परायाको ज्ञान हुदैन । समष्टिमा ः ऊ कोमा वा निश्चेत भए जस्तै हुन्छ । उसको श्वास–प्रश्वास रोकिएको हुन्छ । डाक्टरहरु उसलाई मृत सम्झिन्छन् । तर उ जीवितै हुन्छ । आजभन्दा ३/४ महिना अगाडि हाम्रो देश नेपालको कास्की पोखरामा पनि एक जना श्रीवैष्णव सन्त स्वामी हरिदासजीले भौतिक विज्ञान लाई लत्याउदै हजारौ मानिसहरुको वीचमा ९ दिन सम्म १० फुट गहिरो खाल्टोमा समाधिस्थ हुनु भएको थियो । उहाँ समाधिस्थ हुनुभएको खाल्टो माथिबाट माटोले पुरी जमरा समेत लगाइएको थियो । तर उहाँ ९ दिन पछि सकुसल बाहिर आउनुभयो । समाधिको विषयमा गुरु गोरखनाथ अभैm थप स्पष्ट पार्नु हुन्छ ःअम्बूसैन्धवयो रैक्यं यथा भवति योगतः । यदात्मन सोरैक्यं समाधिः सोऽभिधीयते ।। अर्थात् पानीमा जसरी सीधा नून हालेर घोले पछि पानी र नून एकै हुन्छ, छुटयाउन सकिदैन त्यसै गरेर मन , आत्मा र इन्द्रियको एकीकरण गर्नु नै समाधि हो । गुरु गोरखनाथ फेरी स्पष्ट पार्नु हुन्छ ः '''धारणा पञ्चनाड्ीभिध्र्यानं च षष्टनाडिभिः। दिनद्वादशकेन स्यात्माधिः प्राण संयमात् ।।''' अर्थात् २ घण्टा सम्म मन र प्राणवायु रोकिराख्नु लाई धारणा ,२४ घंटा सम्म रोकिराख्नु लाई ध्यान, १२ दिन सम्म रोकि राख्नु लाई समाधि भनिन्छ । अव प्रश्न यो उठ्छ कि मानव शरीर यत्रो दिन सम्म भोक, प्यास ,निन्द्रा, मल–मूत्र त्याग, इत्यादि बाट कसरी अलग्गिएर बस्न सक्दछ ? यसको उत्तर योछ कि जसरी धु्रवीय भालुहरु ८/८ महिना सम्म शीतनिन्द्रामा जान सक्छन् , त्यसैगरी यौगिक क्रियामा यो अद्भुत क्षमता हुन्छ की ऊ समाधिस्थ भएपछि साधकको भोग, प्यास, ,मल, मूत्र, निन्द्रा ,रोग, मृत्यु ,उमेर र समय उसको समाधि नखुल्दा सम्म रोकिएको हुन्छ । जुन अज्ञात शक्तीले भालुहरुलाई महिनौसम्म विना आहार विहार निन्द्रीत गराउने ब्यवस्था मिलाउछ , त्यसैशक्तीले समाधिस्थ योगीहरुको सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउछ । उ समाधि बाट व्युँझिए पछि म यति समय देखी समाधिस्थ थिए भन्ने उसलाइ लाग्दै लाग्दैन । उसलाइ भर्खर निन्द्रा बाट व्यँुझिए जस्तै आभास हुन्छ । तर निन्द्रा र समाधी मा आकास–पाताल को अन्तर छ । निन्द्रीत अवस्थामा हामी लाई स्व को बोध हुदैन, अर्थात म सपना देखिरहेको छु भन्ने ज्ञान हुदैन । समाधिस्थ अवस्थामा स्व को बोधहुन्छ । समाधि लाइ योगनिन्द्रा पनि भन्दछन् ।
महर्षि पतञ्जलीले आफ्नो योग दर्शनको विभूतिपादमा योगाभ्यासबाट प्राप्तहुने धैरै अद्भूत सिद्घिहरुको वर्णन गरेका गर्नुभएको छ । यद्यपि आजको युगमा ती सिद्घिहरु अप्राप्प्य छन् ; तापनि योग मार्ग का
[[श्रेणी:योग]]
|