"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा clean up, replaced: संचार → सञ्चार (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३०:
 
==भिक्षाको शिक्षा==
दश वर्षका आचार्य शङ्करले सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर जब भ्रमण सुरु गरे उनी अत्यन्त चिन्तित थिए । यत्रो ठूलो अभिभारा कसरी पूरा गर्ने होला ? कन्याकुमारी देखि कश्मीर र गान्धार देखि कामरुपसम्मका अनेक देशहरुमा छरिएका सनातन मतावलम्बीहरुमा एकताको संचारसञ्चार र समन्वय कसरी गर्ने होला ? भनेर उनी एउटा गाउंको बाहिर बरको रुखको छायांमा सोच विचारमा मग्न थिए । काम बहुतै ठूलो थियो । उनी एक्लै थिए । राजशक्ति उनको साथमा थिएन । हिन्दुहरु ससाना संकीर्ण मतमा बांडिएका थिए । उनीहरुलाई एकीकरण गर्न निकै गाह्रो थियो । समस्या समाधानको कुनै उपाय फेला परिरहेको थिएन । चिन्तित शङ्कर दोपहर भोजनका लागि भिक्षा माग्नका नजीकको गाउंमा पुगे ।
एउटा घरको ढोकामा उभिएर भिक्षाकालागि आह्वान गरे । त्यस घरको गृहिणी भित्रबाट धेरै बेरमा आंखा पुछ्दै बाहिर निस्की । शायद भित्र रोएकी रहिछ । निन्याउरो स्वरमा भनी ः भिक्षु, तपाईं घर बाहिर भिक्षा माग्दै हुनु हुन्छ तर मैले आफैं पनि तीन दिन भयो खाना खाएकी छैन । ढोकामा उभिएका भिक्षुलाई रित्तै फर्काउन मेरो धर्मले दिंदैन । घरमा यो अमला बाहेक खानेकुरा केही छैन । यो नै भिक्षाको रूपमा ग्रहण गर्नु होस् । यति भनी उसले एउटा अमलाको गेडा भिक्षुलाई दिइ ।
शङ्करले त्यो गेडा हातमा समाते । त्यो गेडा पनि चाउरिएको थियो । दुइ तीन दिनको । अनि गृहिणीको मुखमा हेरे । भने, माता तपाईंले मलाई एक अमूल्य वस्तु दिनु भएको छ । दुःख नमान्नुहोस् । यसैलाई आधार मानेर मैले हिन्दु धर्मको पुनरुद्धार गर्ने छु । अनि आंखा भरि आंसु लिएर गाउं बाहिर निस्के ।<ref>{{cite book|last1=आचार्य|first1=श्रीराम शर्मा|title=आदि शंकराचार्य|date=सन् २००३|publisher=युग निर्माण योजना|location=मथुरा}}</ref>
पङ्क्ति ५३:
==पशुपतिनाथमा==
आफ्ना शिष्यहरुका साथ बङ्गाल देशका विभिन्न मन्दिर र तीर्थस्थलहरु को दर्शन गर्न व्यस्त रहेका शङ्करलाई कुनै शिष्यले के खबर ल्यायो भने नेपालको पवित्र मन्दिर [[पशुपतिनाथ (स्पष्टता)|पशुपतिनाथ]]को पूजा अर्चना गर्न त्यहांका मानिसहरु ले छोडे । बौद्ध प्रभावकाकारण हिन्दु देवताको पूर्णतया अवहेलना भइरहेको छ । विरुद्ध मतावलम्बीहरु ले रक्सी मासु इत्यादि अपवित्र वस्तुहरु मन्दिर भित्र फालेर मन्दिरलाई भ्रष्ट बनाइरहेका छन् । वर्णाश्रम धर्म त्यहां लोप भएको छ र ब्राह्मणहरु ले दयनीय जीवन बिताइ रहेका छन् । त्यहांका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन्।
यस्ता कुराहरु सुनेर आचार्यका शिष्यहरु लाई पीर पर्यो । उनीहरुले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले। सबैले बारम्बार अनुरोध गरे पछि यसलाई दैव इच्छा भन्ठानेर आचार्य नेपाल तर्फ प्रस्थान गरे । शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ । किनभने आचार्य शङ्करलाई कुनै राजशक्तिको आधार थिएन अन्यथा उनको बारेमा तत्कालीन राजाका तर्फबाट इतिहासमा अवश्य अंकित गरिन्थ्यो । उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ ।
 
शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले समस्त सनातन धर्मावलम्बीहरुको हृदयमा उत्साहको संचारसञ्चार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरु ओइरिन थाले । मन्दिरमा पूजा अर्चना को व्यवस्था लथालिंग देखेर आचार्यले आफ्ना शिष्यहरुलाई मन्दिरको सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले ।
सम्पूर्ण शिष्यहरुले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले । महादेवको जय ध्वनिले काठमाडौँका चारै दिशाहरु गुंजायमान हुन थाल्यो । पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा टाढाबाट मानिसहरु आएर मन्दिर दर्शन गर्न थाले । आचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरुको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यहरुले शहरमा घुमि घुमि धर्म उपदेश गर्न थाले । त्यहांका ब्राह्मणहरु लाई उनीहरुले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पंच देवताको पूजा र पंच महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारंगत ब्राह्मणहरु ले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए । राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए । तिनीहरुमा देवदेवीहरुको मूर्ति स्थापना गरिए । आचार्यको विशेष इच्छा अनुरुप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रूपमा गर्नकालागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए ।
केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउँ ठाउँमा वेद र अन्य शास्त्रहरुको अध्ययनका लागि पाठशालाहरु बनाइए । आचार्यका गृहस्थ शिष्यहरुमध्ये अनेक ब्राह्मणहरुले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि [[माधवाचार्य]] आएर शैव मतको पुनः परिपुष्टि गरे ।आचार्य शङ्करको नेपाल आगमन बारे इतिहासकाहरु एक मत छैनन् । प्राध्यापक गोपालनिधि तिवारीका अनुसार बलदेव उपाध्यायकृत श्रीशंकराचार्य पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा भन्ने पुस्तकमा आदि शंकराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ <ref>{{cite book|last1=तिवारी|first1=गोपालनिधि|title=जगद्गुरु श्रीआद्यशंकराचार्य|date=वि.सं.२०४५|location=काठमाडौँ}}</ref> सिलभा“ लेभीले भने शंकराचार्य नाम गरेका संन्यासी दुइपटक नेपाल आएको उल्लेख गरेका छन् । आचार्य शङ्कर नेपाल आएको कुरा अंग्रेज इतिहासकाहरुले पनि उल्लेख गरेका छन् ।<ref>{{cite book|last1=लेभी|first1=सिल्भां अनुवादक– डिल्लीराज उप्रेती|title=नेपाल– हिन्दु अधिराज्यको इतिहास भाग १ र भाग २|date=सन् २००७|publisher=हिमाल किताब}}</ref>
पङ्क्ति ७२:
 
*जसरी अन्धकारमा रसीमा सर्पको कल्पना गरिन्छ तथा सीपिलाई चांदीको टुक्रा बुझिन्छ त्यसै गरी अज्ञानीले देहलाई नै आत्मा बुझ्छन् ।
 
*एकमेवाद्वितीय [[ब्रह्म]]को अनुभूतिबाट माया वा अविद्यालाई नष्ट गर्न सकिन्छ । यो ठीक त्यस्तो ज्ञान हो जस्तो रस्सीको ज्ञान भए पछि फेरि त्यसमा सर्प हुने भ्रम हराउंछ ।
 
*जसरी घडा माटैमाटोले बनेको हुन्छ त्यसै गरी देह पूरै चेतना मात्र हो । अतः आत्म अनात्ममा अज्ञानी व्यर्थको भेद गर्दछन् ।
 
*जसरी कमलपित्तका रोगीलाई केवल पहेंलो मात्र देखिन्छ, त्यसै गरी अज्ञानले गर्दा मानिस आत्मालाई देहरुप देख्छ । वस्तुतः तिमी परमात्मा हो तर यो अज्ञानको कारण नै तिमीले आफूलाई देहका बन्धनमा ग्रस्त पाउंछौ । र त्यहींबाट जन्म मरणको चक्र सुरु हुनजान्छ ।
 
*माता, पिता, पुत्र, बन्धु अथवा अन्य कसैबाट मेरो त्राण छैन । मेरो मस्तकमा स्थित श्रीगुरुदेवका चरणकमलमा नै मेरो परम त्राण तथा कल्याण छ ।
 
*यस संसारमा तीन कुरा अत्यन्त दुर्लभ छन् । र ती केवल ईश्वरका अनुकम्पाले मात्र प्राप्त हुनसक्छन् । ती हुन्– मनुष्य जन्म, मुक्तिको इच्छा र महापुरुषको शरण ।
 
*मुक्तितर्फ अग्रसर गराउने साधनमा सर्वश्रेष्ठ स्थान केवल भक्ति हो । स्वस्वरुपको अनुसन्धानको नाम भक्ति हो।
 
*हे माता, मलाई मुक्ति चाहिएन । धन–सम्पत्ति, सुख वा ज्ञान पनि चाहिदैन । मेरो केवल यही प्रर्थाना छ, जबसम्म शरीरमा प्राण रहन्छ मैले तिम्रो नाम लिइरहुं ।
 
Line ९४ ⟶ ८७:
==यो पनि हेर्नुहोस्==
{{हिन्दू धर्म}}
 
[[श्रेणी:धर्म]]
[[श्रेणी:पुराण]]
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित