"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग ) |
सा clean up, replaced: संचार → सञ्चार (6) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ३:
== इतिहास ==
इन्टरनेटको इतिहास, सन् १९५० को दशकतिर सुरु भयो । जब कम्प्युटर नेटवर्क प्रणालीको आविस्कार भयो । सन् १९८२ मा [[टिसिपि-आईपि]] (TCP-IP) मापदण्ड तोकिए लगत्तै '''इन्टरनेट'''को जन्म भएको हो । बिगतमा इन्टरनेटलाई ARPANET (Advanced Research Projects Agency Network) भनिन्थ्यो, जसको संजाल सुरुमा केवल चारवटा विश्वविद्यालयमा सिमित थियो : [[युसिलए]], [[युसियसबि]], [[स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट्]] र [[युताह विश्वविद्यालय]] । [[शीतयुद्ध]]कालिन परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि इन्टरनेट संजालको परिकल्पना गरिएको थियो ।
बिगतमा इन्टरनेट केवल [[बैज्ञानिक]], [[ईन्जिनियर]], [[प्राध्यापक]]हरूमा मात्र सिमित थियो । इन्टरनेटको पुर्ण व्यावसायिकरण सन् १९९५ मा आएर मात्र भएको हो ।
पङ्क्ति १०:
'''सञ्जाल (नेटवर्क)''' के हो ?
संसार भरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबिचको सञ्जाललाई इन्टरनेट भनिन्छ । यि कम्प्युटरहरू एक आपसमा विभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारबिहिन (वायरलेस) प्रविधिबाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न विभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । प्रोटोक त्यो नियम हो जसले भिन्न प्रकारका हार्डवेयरलाइ एकै प्रकारको सेवा सञ्चालन गर्न निर्देश गर्छ । नेटवर्क सञ्जालहरू विभिन्न प्रकारका हुन्छन् । जस्तै लोकल एरिया नेटवर्क (LAN), वाइड एरिया नेटवर्क (WAN), मेट्रोपोलिटन एरिया नेटवर्क (MAN), स्टोरेज एरिया नेटवर्क (SAN) इत्यादि । यस्ता लाखौँ सञ्जालहरू बिचको सञ्जाल इन्टरनेट नै संसारकै सबै भन्दा ठुलो सञ्जाल हो ।
''''''सञ्जाल''' कसरि चल्छ ?'''
कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटर देखि अर्को कम्प्युटर सम्म जस्ताको तस्तै सूचना हरु पठाउनको लागि दुवै तिर के-कस्तो प्रक्रिया गर्नु पर्ने हुन्छ सो को सिलसिलेवार प्रारूप हो | इन्टरनेटको यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्ड मा आधारित भएको र कसैको प्रतिलिपि अधिकारमा नपारिएकोले इन्टरनेट सम्बन्धि उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर्न र प्रयोग गर्न सक्छन् | यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेटको लागि बनेका उपकरण तथा प्रोग्रामहरु बिना कुनै कठिनाइ चल्ने गर्दछन् | यसले गर्दा पनि इन्टरनेटको व्यापक विकास र विस्तार सम्भव भएको छ |
सञ्जाल चलाउनलाई विभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग हुन्छ जस्तै राउटर, स्विच, इथर्नेट कार्ड इत्यादि । माथि उल्लेख गरिए जस्तै यी सबै उपकरणहरु इन्टरनेट मापदण्ड र प्रोटोकोल अनुरुप काम गर्ने गरी निर्माण भएका हुन्छन् |
पङ्क्ति २१:
सञ्जालमा एकले अर्कोलाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक [[कम्प्युटर]]को आ-आफ्नो अद्वितिय [[आइपि ठेगाना]] हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै इन्टरनेटको यो आइपि ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छन् | यसलाई आइपी संस्करण ४ पनि भनिन्छ | बढ्दो नेटवर्क संजाल र अद्वितिय ठेगाना दिनुपर्ने उपकरणको बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्धतिबाट मात्र सवैलाई ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन् | यसवाट प्रशस्त ठेगानाहरु प्राप्त हुन्छन् | तथापी इन्टरनेटमा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटर हरुमा सो नया ठेगानाको लागि आवश्यक प्रावधान नरहेकोले सोको अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ |
=== ब्यबस्थापन र सञ्चालन ===
Line ३२ ⟶ ३१:
=== सेवा, सुबिधा ===
'''
यथार्थमा इन्टरनेटको शुरुवात एक
इन्टरनेट आधारभूत रूपमा कम्प्युटरहरु बिचको
'''जानकारीको श्रोत'''
|