"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-शुरुआत +सुरुवात)
पङ्क्ति ४७:
ब्रिटेन प्रवासको अन्तिम दिनहरूमा उनको पिताको व्यवसाय चौपट भयो र जिन्ना माथि परिवार संभाल्न दबाव पर्न थालो। उनी बम्बई आए र धेरै कम समयमा नामी वकील बने। उनको योग्यताले [[बाल गंगाधर तिलक]] लाई धेरै प्रभावित गर्‍यो र उनले १९०५ मा आफ्नो बिरुद्द लागेको राजद्रोहको मुद्दाको सुनवाईको लागि जिन्नालाई नै आफ्नो वकील बनाए। जिन्नाले अदालतमा यो तर्क दिए कि यदी भारतीय स्वशासन र स्वतन्त्रताको माँग गर्दछन भने यो राजद्रोह बिल्कुल होइन, यसको बावजूद तिलकलाई सश्रम कारावासको सजा दिईयो।
 
==राजनीतिक जीवनको शुरुआतसुरुवात==
१८९६ मा जिन्ना भारतीय राष्ट्रिय कांग्रेसमा शामिल भए। त्यस बेला सम्म कांग्रेस भारतीय राजनीतिकको सबभन्दा ठुलो सङ्गठन बनिसकेको थियो। सामान्य नरमपन्थीहरूको सरह जिन्नाले पनि त्यस समय भारतको स्वतन्त्रताको लागि केही माँग गरेनन, बरु उनी अंग्रेजहरूसंग देशमा राम्रो शिक्षा, कानुन, उद्योग, रोजगार आदिको राम्रो अवसरको माँग गरिरहे। जिन्ना साठ सदस्यीय इम्पीरियल लेजिस्लेटिव काउंसिलको सदस्य बने। यस परिषदलाई कुनै अधिकार प्राप्त थिएन र यसमा यूरोपीय र ब्रिटिश सरकारको भक्त शामिल थिए। जिन्नाले बाल विवाह निरोधक कानुन, मुस्लिम वक्फलाई जायज बनाउने र साण्डर्स समितिको गठनको लागि काम गरे, जसको अन्तर्गत देहरादूनमा भारतीय मिलिट्री अकादमीको स्थापना भयो। जिन्नाले प्रथम विश्वयुद्धमा भारतीयहरू शामिल भएको कुराको समर्थन पनि गरेका थिए।