"शाह वंश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति १९:
यथार्थ यो हो, शाहका पुर्खा जयन खान नै शाह राजाको आदि पुर्खा हो खान्चा र मिन्चा खान शाहराजाका पुर्खा हुन । जयन खान अघि भारत तीर शाह वंशको पुर्खा निम्न प्रमाणले जोडिदैन जुन तल विस्तृतमा वर्णन सन्दर्भ सामग्री सहित गरिएको छ । पहिले नुवाकोट (स्याङ्जा) मा गएर राज्य गरेका कान्छा (मिचाखान) हुन् । उनिहरूका सन्तान कुलमण्डनले दिल्लीका बादशाहबाट 'शाह' पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा [[यशोब्रम्ह शाह]]लाई मागी आफ्नो राज्यका राजा बनाएका थिए । यसरी गोरखा राजवंशावलीको लेखोट रहेको छ । इतिहासमा सबैभन्दा शक्तिशाली राजाले आफुलाई मगर वा मगारात्को राजा मै हुँ ( दिव्य उपदेश पृष्ठ ८ ) भनेर घोषणा गरेर जातीय पहिचान दिने पृथ्वी नारायाण शाह हुन् | विक्रमाब्दको दशौ शताव्दी पछि कर्णाली प्रदेशका मगरातको मगरहरुले भारतीय ब्राम्हणहरुबाट वैदिक संस्कार र यज्ञोपवित ( जनै ) ग्रहण गरेर आफुलाई ठकुरी भनाउन थालेका हुन भन्ने कुरा इतिहासकार डोर बहादुर विष्टको राय रहेको पाइन्छ l फ्रेन्च इतिहासकार ह्यामिल्टनले गोर्खाको शाह वंश मगर नै हुन् भनेको पाइन्छ | मगर समुदायसँग गोर्खाली राजाको सम्बन्ध पृथ्वीनारायणको जन्म भन्दा पुरानो हो । हेमिल्टन (१८१९) र भेन्सिटार्ट (१८९६)ले पृथ्वीनारायणलाई मगर भनेका छन् । "म मगर हुँ ।" भनेर दरिलो उदाहरण दिदैं पृथ्वीनारायणले आफूलाई मगरातको राजा बताएका छन् (दिव्यउपदेश, पृ.८) । पृथ्वीनारायण अघिका गोर्खाली राजालाई पनि गोर्खा बार्पाकका गुरुङहरू ‘मगरका राजा' भन्थे र टाढा रहन खोज्थे (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ.१०) । पृथ्वीनारायणका ददा (बालबालिकाको हेरचाह गर्नेव्यक्ति) मगर समुदायका सुरथसिंह राना थिए, जोपृथ्वीनारायणले ‘दिव्यउपदेश' दिँदा साथमै थिए (दिव्यउपदेश, पृ. १) । < br>
ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालतचलाउनु,' उनले भनेका थिए (दिव्य उपदेश, पृ. ८)
हर्षबहादुर बुढा मगरको किरात वंश र मगरहरु भन्ने पुस्तकमा पनि ठकुरी र मगर विचमा भएको निकटता स्पष्टसँग उल्लेख गरेका छन् | यसै गरी हरेक मगर विद्वानहरु जस्तै एम.एस. थापा मगर, बमकुमारी बुढा मगर, वि.के. राना मगरको भनाइले पनि ठकुरीहरु र मगरको सम्बन्ध नजिक गराउँछ | एम.एस थापा मगरले राजदरवारको सुगुरको वली दिने चलन भएको बताउँछन र यो सत्य पनि थियो, बहादुर शाहले आफ्नी भाउजू राजेन्द्र लक्ष्मी शाह संगशाहसँग उनको दाजु सिह प्रताप शाह मरे पछि विवाह प्रस्ताव राख्दा वाहुन र पण्डित वादले झाँगीसकेको दरवारमा भएको तत्कालिन विविध षडयन्त्र मध्ये एउटा यो भाउजु विवाह गर्न पाउनु पर्ने वहादुर शाहको विद्रोहको घटना मुख्य मान्छन ( हिन्दु धर्ममा यस्तो अनमेल विवाह मानिन्छ तर मगर जातिमा यस्तो विवाहको चलन छ ) ऋषिकेश शाहले पनि आफुलाई पृथ्वी नारायण शाहले झैँ मगर वा मगारातको राजा भनेर प्रमाण दिए जस्तो मगर हुँ भनेनन किनकि समय निकै ढिलो भैसकेको थियो तर आफ्नो नाकं हेरर कुरा गर्न बाहुन छेत्रीलाई प्रश्न गर्न चुनौती दिन्थे | यसको अर्थ शाह वंश मगर वा मगर जस्तै नेपाली आदिवासी र जनजाति हुन् भन्ने उनको बलियो तर्क थियो |
स्थानीय स्थानी मानि पुज्ने, मारुनी नाचारी नाच्ने, कौरा र दोहोरीमा रमाउने, मामाको छोरी विवाह गर्न हक सम्झने र गर्ने ठकुरी र मगर यी दुइ जाति विच विविध सम्बन्धको वारेमा पुरानो आलेख र भनाइहरु प्रशस्त पाइन्छन | मगर र ठकुरी दाजुभाइ हुन भन्ने बलियो तर्क पनि छ | गाउँ घरमा जन जिब्रोमा रहेका विविध भनाइहरु अद्यापी जीवित नै छन्, जसले ठकुरी र मगरको सम्बन्धलाई नजिकाएको कुरा नकार्ने ठाउँ नै छैन | विभिन्न विद्वान तथा इतिहास खोज वेत्ताको नजरमा पटक पटक यी दुइ जातिको संग्निघ्ता देखिएको वर्णन गरेको पाइएको छ | यसै गरि मर्कट शव्दबाट मगर हुन आएको उल्लेख गरेको भनिएको पनि छ | मगरहरुले पूजागर्ने चण्डी देवीलाई सुँगुरको वलि दिनु पर्ने भएकोले कसले त्यो वली दिने भनि सोद्दा कान्छो भाइले <nowiki>''</nowiki> म गर्छु<nowiki>''</nowiki> भनेर मगर भएको भन्ने गरेको पाइन्छ | म गर्छु भनेकाले उनीवाट नै मगर जातिको उत्पति भएको भन्ने पनि पाइन्छ | यस्ता कुराहरुलाई आधारहिन भनेर दुवै जातिमा चर्को आलोचना पनि गरिन्छ | उसोत मकवानपुरका र तनहुँका ऐतिहासिक सेन राज्यहरु सबै मगर थिए भनि केहि मगर जातिले अहिले पनि दावी गरेका छन् भने राजा पृथ्वी नारायाण शाहले पनि आफुलाई मगरातको राजा वा मगर राजा भनि घोषणा गरेका थिए | उनले ठकुरी जाची डीट्ठा दिनु र मगर जाँची विचार दिनु भन्ने उपदेश पनि दिएका थिए तर इतिहासमा भएको सेन राजाहरुको वैवाहिक सम्वन्ध शाह राजा र उनीहरुसँग थियो | धेरै इतिहासकारले र प्रमाणहरु पनि सेनहरु ठकुरी राजा नै हुन भनेका छन् | अझै पनि जुम्ला डोटी तिर मगरलाई महर भनिन्छ र त्यहि महर शब्द देखि अपभंश भएर मगर भएको अनुमान पनि गरिन्छ किनकी पुण्य मल्लको १२५८ मा कनक पत्रमा महरा, महतो, महाराजी र महर जातिको उल्लेख गरेको पाइन्छ त्यसैले त्यहि महर शव्द नै मगर हरुको पूर्व शव्द महर र महाराजी थियो ( खिलध्वज थापा मगर , मगर जाति एक ऐतिहासिक रुप रेखा ) त्यहि पुण्य मल्लको पहिलो कनक ऐतिहासिक यो लेखले के देखाउछ भने तत्कालिन समयमा मगर र ठकुरी विचको सम्वन्ध अहिले गणतन्त्र नेपालले वा अहिलेका नेताले व्याख्या गरेको जस्तो तितो भिन्नता थिएन | ENCYCLOPEDIA OF ASIAN HISTORY page 456-458 मा Magars मा यी कुरा पाइएको छ | Magars, a distinct ethnic Mongoloid group of Nepal, who speak a dialect of their own of Tibeto Burman extaction and practice animism. They in-habit mainly the warmer central hills between the Tanahun and Palpa districts of Nepal and subsist primarily through agriculture. Magars today are considered the most Hinduized of Nepal's ethnic groups many Thakuri high castes seem to have a Magar ancestral background , according to a widely prevailing belief in Nepal. They have made them-selves known to the word as Gurkha solders in the British, Indian and Nepali army. Socially, there are given a lower caste status by Hindus. त्यस्तै फ्रेन्च इतिहासकार ह्यामिल्टनले सन १९१४ मा An Account of The Kingdom of Nepal भन्ने पुस्तकमा तत्कालिन राजपुत भनेर चिनिन्ने ठकुरी र मगरको बारेमा यस्तो लेखेका थिए । The latter are a branch of the Magar tribe, and totally neglect the rules of Hindu purity. It is not even, as I have said, all the Rajputs that have adopted the rules of purity, and some branches of the same families were pure, while others rejected the advice of the sacred order, and eat and drank whatever their appetites craved. शाह वंशको वंशजलाई भारत देखि मुसलमानको आक्रमण परि भागेर आएको भन्ने हल्लाको यसरी उनले प्रमाण दिदै ब्याख्या गरेका थिए । The family ( Gorkha Shah ) pretends to be of the Pamar tribe; but it is alleged, as I have already explained, that this is a mere fable, and that, on the arrival of the colony from Chitaur, this family were Magars.
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित