"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ४७:
आचार्यले आफ्नो दिग्विजय अभियान [[काशी]]का महा विद्वान [[मण्डन मिश्र]]को शास्त्रार्थ बाट थालनी गरेका हुन् । जसले शास्त्रार्थमा हार्छ उसले अर्काको शिष्यत्व ग्रहण गर्ने शर्त साथ लामो शास्त्रार्थ भयो जसमा उनले मण्डनलाई निरुत्तर बनाए । यस दृश्यको मूल्यांकन कर्ता भएर बसेकी उभय भारतीले भनिन्– मेरा पतिको पूर्ण पराजय भइसकेको छैन । शास्त्रार्थहरुमा पत्नीलाई पतिको अर्धांगिनी बताइएको छ। मलाई शास्त्रार्थमा पराजित गरेर मात्र मेरा पतिको हार मानिने छ । मलाई थाहा छ, तपाईं सर्वज्ञ हुनु हुन्छ । तथापि तपाईंसंग शास्त्रार्थका लागि पतिका तर्फबाट मैले आफुलाई प्रस्तुत गर्दछु ।
स्त्रीसंग आचार्य शङ्कर तैयार थिएनन् । एक छिन उनको बक्के फुटेन । केही बेरको मौनता पछि आचार्यले भने– देवी, यशस्वी पंडितजन कहिल्यै पनि स्त्रीसंग वाद गर्दैनन् । तपाईको यो इच्छा उचित भएन ।
उभय भारतीले केही चर्को स्वरमा भनिन्– तपाईंले स्त्रीलाई तुच्छ किन ठान्नु हुन्छ ? महर्षि [[याज्ञवल्क्य]]ले गार्गी संगगार्गीसँग र राजर्षि जनकले सुलभा नामक नारीसंग शास्त्रार्थ गर्नु भएकै हो । तपाईंले मसंग शास्त्रार्थ गर्न किन नहुने ? यदि तपाई मसंग शास्त्रार्थ गर्न सक्नु हुन्न भने आफ्नो पराजय स्वीकार गर्नु होस् ।’
उभय भारतीका स्पर्धापूर्ण वचन सुनेर आचार्य शास्त्रार्थ गर्न बाध्य भए । उभय भारतीले आफ्ना पतिका कुराहरु पुनः प्रारम्भ गरिन् । उभय भारतीको सूक्ष्म भन्दा सूक्ष्मतर हुदै प्रश्न गर्ने शैली देखेर आचार्य विस्मित भए। दिन प्रतिदिन शास्त्रार्थ हुदै गयो । कुनै पनि पक्ष शास्त्रार्थमा गलेन । प्रत्येक दिन बिहानै शास्त्रार्थ प्रारम्भ भइ मध्यान्ह सम्म सञ्चालित रहन्थ्यो र फेरि अर्को दिन पुनः प्रारम्भ हुन्थ्यो । यसरी यो शास्त्रार्थ १७ दिन सम्म सञ्चालित भयो । दर्शकहरु म्ण्डन पत्नीको अगाध शास्त्र ज्ञान र असामान्य विचार शक्ति देखेर छक्क परे ।
उभय भारतीसंग गरिएको गम्भीर शास्त्रार्थले आचार्य ले के बुझे भने यिनी साक्षात सरस्वतीको अवतार हुन् । कठिन प्रयास पछि शास्त्रार्थ गरेर उनले पनि पराजय स्वीकार गरिन् । यसको विस्तृत वर्णन आचार्यका जीवनीहरुमा पाइन्छ ।आचार्य शङ्करले भारतवर्षका विभिन्न राज्यहरुमा भ्रमण गर्दै गरेका शास्त्रार्थको विस्तृत विवरण शङ्कर दिग्वििजय भन्ने ग्रन्थमा सविस्तार वर्णन गरिएको छ । <ref>{{cite book|last1=माधवाचार्य|title=शंकर दिग्विजय}}</ref>
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित