"फुटबल खेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-देशहरु +देशहरू)
पङ्क्ति २२:
आधुनिक फुटबललाई [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]]मा ''द फुटबल एसोसिएशन'' (फुटबल संघ)को गठन संगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको ''लव्ज अफ द गेम'' (खेलको कानुन ) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ । अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा FIFA वा [[फिफा|एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ]] ले गर्छ । फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता [[फिफा विश्वकप|फिफा विश्व कप]] हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ । यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्व मा हेर्ने गरिन्छ र यसको दर्शक [[ओलम्पिक खेल|ग्रीष्मकालीन ओलम्पिक खेलहरु]] लाई हेर्ने दर्शकहरुको लगभग दुई गुणा बढी हुन्छ।
==इतिहास==
यो खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाईएको छ। त्यसबेलाको फुटबल खेललाई हार्पास्टोन भनिन्थ्यो। त्यसैगरी रोमनहरुले खेल्ने त्यस्तै किसिमको फुटबल खेललाई हार्पास्टुम भनिन्थ्यो। मध्ययुगमा इटलीमा फुटबल खेल खेलिन तथा बिकसित हुन थाल्यो। त्यसैताका पोलिनेसियाका बासिन्दाहरुले पनि बाँसका फाइबरबाट बनेका फुटबलले धेरै किसिमका खेलहरु खेल्ने गर्थे। एस्किमोहरु हिमाली झारपातका बिरुवाहरुको डल्लो बनाई फुटबल खेल्थे। आजभोलि खेलिने विभिन्न किसिमका फुटबलहरु इंग्ल्याण्डमा खेलका रूपमा बिकसित तथा संयोजित भए। त्यसबेला नै पश्चिमा देशहरुमादेशहरूमा फुटबल यति लोकप्रिय थियो की इंग्ल्याण्डका राजा एडबर्ड द्धितीयाले सन् १३१४ मा तथा हेनरी छैंठोले यो खेलमाथि प्रतिबन्ध नै लगाए।
त्यसरी फुटबल खेलमाथि प्रतिबन्ध लगाउनुको कारण चाँहि फुटबल खेलका कारण सिपाहीको क्षमता जोगाउनु थियो। त्यसबेला फौजका सिपाहीहरु फुटबल खेलप्रति अति आकर्षित थिए। सिपाहीहरु युद्धमा आवश्यक पर्ने सैनिक कला धनु बिद्यालाई बेवास्ता गर्न थालेका थिए। मध्यकालमा फुटबल खेलमाथि विभिन्न सात जना शासकहरुले अलग अलग समयमा पटक पटक प्रतिबन्ध लगाएको इतिहास छ।
तर, प्रतिबन्धले यो खेलको लोकप्रियता तथा विकासलाई रोक्न सकेन। फुटबलले आधुनिक र ब्यबस्थित स्वरुप सन् १८६३ मा भएको हो। त्यसै बर्षदेखि इंग्ल्याण्ड फुटबल एशोसिएशनको गठन भयो। सन् १८७२ मा इंग्ल्याण्ड र स्कटल्याण्डका बीच पहिलो अन्तराष्ट्रिय खेल भयो।
पङ्क्ति ३६:
पहिलोपटक इंग्ल्याण्डले भाग लिएको यस प्रतियोगितामा इंग्ल्याण्डको टीम अमेरिकाको टीमबाट १ का बिरुद्ध शुन्य गोलले पराजित भयो। यस पटकको प्रतियोगिता आयोजक राष्ट्र ब्राजिललाई हराएर उरुग्वेले जित्यो। स्वीट्जरल्याण्डमा भएका सन् १९५४ को बिश्वकपमा जर्मनीले हंगेरीलाई परास्त गरेर जित्यो । बिश्वकप प्रतियोगितकै कारण फुटबल खेल बिश्वब्यापी रूपमा सबैभन्दा लोकप्रिय खेलको रूपमा परिचित भयो।
बिश्वकप फुटबल तथा यस खेलको बढ्दो लोकप्रियता के ले पनि प्रष्ट पार्न सक्छ भने शुरुवातमा १३ वटा मात्र टीमले भाग लिएको बिश्वकप प्रतियोगितामा सन् १९९४ सम्ममा आइपुग्दा बिश्वका १ सय ४० भन्दा धेरै राष्ट्रका टीमले भाग लिएका थिए।
यति ब्यापक परिणाममा सहभागी हनुकै कारण बिश्वकप प्रतियोगिताकका लागि प्रत्येक महादेश भित्रका देशहरुदेशहरू बीच नै छनौट प्रतियोगिताको आयोजना हुन्छ। यसरी छनौट हुँदै गएको अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउँछन्।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/फुटबल_खेल" बाट अनुप्रेषित