"सेभेन-ए-साइड" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: फुटबल खेलका लागि सामान्यतः एकातिर ११ जना र अर्कोतिर पनि ११ जना ख...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
फुटबल खेलका लागि सामान्यतः एकातिर ११ जना र अर्कोतिर पनि ११ जना खेलाडी चाहिन्छ । यसैले सामान्यज्ञान प्रतियोगितामा पनि फुटबलमा कतिजना खेलाडी हुन्छन् भनी सोध्दा ११-११ जना भन्ने गरिन्छ । अचेल भने फुटबल खेल्न कम खेलाडी भए पुग्ने भएको छ । अहिले विश्वमा चलेका कम खेलाडी पुग्ने फुटबल खेलहरूमा 'सेभेन-ए-साइड' र 'फाइभ-ए-साइड' छन् । 'सेभेन-ए-साइड' मा एउटा टोलीमा सातजना र अर्को टोलीमा पनि सातजना खेलाडी नै हुन्छन् । यसैगरी 'फाइभ-ए-साइड' भने एउटा टोलीमा पाँचजना र अर्को टोलीमा पनि पाँचैजना खेलाडी हुन्छन् ।
 
[[File:Indoor soccer singapore z.JPG|thumb]]
'सेभेन-ए-साइड' फुटबल खेलाउन सानो मैदान भए पुग्छ । यसको गोलपोष्ट पनि सानै हुन्छ । मैदानको लम्बाई ७५ मिटर र चौडाई ५५ मिटरको हुन्छ । गोलपोष्टको आकार पाँच मिटर चौडा र दुई मिटर अग्लो हुन्छ । 'जुनियर' र 'सब जुनियर' का लागि त खेल मैदान अझ साना हुन्छन् । सात-सातजनाले मैदानमा खेल्ने भए पनि प्रत्येक फुटबल टोलीमा दशजना खेलाडी हुनसक्छन् । एकजना प्रशिक्षक र एकजना प्रबन्धक रहन्छन् । यो खेल जम्मा ५० मिनेटको हुन्छ । ५० मिनेटमा खेल बराबरीमा सकिएमा पाँच-पाँच मिनेटको समय थपिन्छ । थपिएको समयमा पनि खेल बराबरी भएमा 'पेनाल्टी' हानेर जितहारको निर्णय गरिन्छ । यो फुटबल खेल्दा खेलाडी फेर्न पर्‍यो भने एउटा टिमले तीनजना खेलाडीसम्म फेर्न पाउँछन् । एकपटक फेरिएको खेडाली फेरि मैदानमा जान पाउँदैन । यो खेलमा अफसाइड पनि हुँदैन ।
 
 
नेपालमा पनि यस्ता खेल खेलाउन थालिएको छ । यति मात्र नभएर सन् २००२ मा नै नेपाल सेभेन-ए-साइड फुटबल महासंघको स्थापना पनि भइसकेको छ । यो महासंघले 'एसियन सेभेन-ए-साइड फुटबल महासंघ र विश्व फुटबल महासंघ, बेलायतबाट मान्यता पनि प्राप्त गरिसकेको छ । वि.सं. २०६५ साल चैत महिनामा काठमाडौंको दशरथ रङ्गशालामा सेभेन-ए-साइड फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो ।
"https://ne.wikipedia.org/wiki/सेभेन-ए-साइड" बाट अनुप्रेषित