"जनै" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन् । नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ । सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ । चार वर्ष पूरा गरी पाँच् वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवनावधि ९६ वर्ष रहेको कुरा जनाउँछ । यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ । जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन् । यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन् । त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो ।
 
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ |
 
 
 
३,२५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/88421" बाट अनुप्रेषित