"आइएसबिएन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्स...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
 
नेपालमा यसको सुरुवात सन! २००० को जनवरी २६ तारिखदेखि मात्र भएको हो । आईएसबीएन लिने नेपाल १५७औा राष्ट्र हो । अहिले यो सङ!ख्या १६३ पुगिसकेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आईएसबीएन शाखामा रु. २५ तिरेर एउटा फारम भरेपछि तुरुन्तै नम्बर पाइन्छ । आईएसबीएन शाखाकी सुशीला प्रधानका अनुसार गत वैशाख १८ गतेसम्ममा १३ हजार ८३० वटा नम्बर वितरण भइसकेका छन! ।
[[File:ISBN Details.svg|thumb]]
 
 
[[FileImage:ISBN Details.svg|thumb]]
सन! २००० मा आईएसबीएन मुख्यालयले त्रिवि पुस्तकालयलाई नम्बर वितरणको अनुमति दिदा सन! २००५ सम्ममा १० हजार वटा पुस्तक प्रकाशित हुने अनुमान गरेर सबैभन्दा सानो कोटा दिएको थियो । त्यतिखेर हाम्रो देशको नम्बर ९९९३३ थियो । चार वर्ष नबित्दै पाच हजारभन्दा बढी पुस्तक दर्ता भए । त्यसपछि सन! २००४ मा एक लाख पुस्तकलाई नम्बर वितरण गर्ने गरी पाचवटा अङ्क भएको 'कन्ट्री नं.' ९९९४६ दियो । त्यसबेलासम्म आईएसबीएनको अङ्क १० वटा हुन्थ्यो । सन! २००७ मा अन्तर्राष्ट्रिय स्तरका अन्य वस्तुहरूको नम्बर १३ वटा हुने भएकोले एउटै स्तरको बनाउनका लागि १३ वटा अङ्क कायम गरियो । त्यसपछि भने हाम्रो नं. ९९३७ भयो । सुरुको ९९३७ पछि आउने अङ्क प्रकाशकको नम्बर हो र त्यसपछिको अङ्क पुस्तकको क्रमाङ्क हो ।
 
"https://ne.wikipedia.org/wiki/आइएसबिएन" बाट अनुप्रेषित