"मारुनी नाच" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १४:

'''मारूनी नाच''' नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई [[मादल]]को तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका [[मगर जाति|मगर]], [[कुमाल जाति|कुमाल]], [[खस|खस जाती]], [[लिम्बु जाति|लिम्बू]] जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। परम्परागत रुपमारूपमा नाचिने यो नाच प्रायः [[दशैं]], [[तिहार]]मा नाच्ने नाच हो । [[धान]] काटेर थन्काइ सके पछि मारुनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारुनी नाच [[तीज]]को दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारुनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । वर्षमा करिब तीन महिनाको अवधी भित्र मात्र कुनै कुनै दिन नाचिने यस परम्परागत नृत्यमा [[रामायण (नेपाली)|रामायण]], महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मादलको तालमा मारुनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ । यो परम्परागत नृत्य बुढा पाकाहरूले मात्र जानेका र हालको पिंढीले झन्झट मान्ने भएकाले अब आएर यो मारुनी नाच लोप हुने परिस्थीतीमा पुगी सकेको छ।<ref name= "Maruni">{{cite news|URL=https://www.kantipurdaily.com/pradesh-5/2018/09/15/153698537642469761.html|title= मारुनी नाच जोगाउँदै स्थानिय|publisher= कान्तिपुर|date=2018/09/15}}</ref>कति पय समूदायमा त लोप नै भई सकेको यो परम्परागत नृत्यको जगेर्ना गर्नु पर्छ भन्ने विचारले अहिले [[पाल्पा जिल्ला|पाल्पा]], [[पर्वत जिल्ला|पर्वत]], [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]], [[म्याग्दी जिल्ला|म्याग्दी]], [[कास्की जिल्ला|कास्की]], [[बागलुङ जिल्ला|बागलुङ]]का केही स्थानियहरू लागि परेका छन् ।<ref>{{cite news|URL= https://setopati.com/social/52072|title= लोपोन्मुख मारुनी संरक्षणमा पर्वतका युवा|publisher= [[सेतोपाटी]]|language= नेपाली}}</ref><ref> {{cite news|URL= https://nagariknews.nagariknetwork.com/news/55006|title= मारुनी नाच संरक्षणमा स्थानीय|publisher= नागरिक नेटवर्क|date= 31 साउन 2075|language= नेपाली}}</ref><ref>{{cite news|URL= https://myagdikali.com/142613|title= मगर समूदायको लोकप्रिय मारुनी नाच|publisher= म्यादीकाली|language= नेपाली|date= 26 मंसिर 2074}}</ref><ref>{{cite news|URL= http://radionrn.com/archives/43355|title= मारुनी नाच संरक्षणमा पर्वतका युवाहरु जुट्दै|publisher= redionrn|language= नेपाली|date= 14 बैशाख 2074}}</ref><ref>{{cite news|URL= https://saptahik.ekantipur.com/ampnews/2017-12-05/20171205123846.html |title=मगर समुदायको मारुनी नाच जोगाउँदै युवा|publisher= कान्तिपुर साप्ताहिक|date= 19 मंसिर 2074|language= नेपाली}}</ref>दुई अथवा तिन जना मादले, दुई वा तिन जना मारुनी, एक पुर्सिङ्गे अथवा पुछ्रुङ्गे, कम्तीमा आठ जना बढीमा बिस जना गायकहरू मिलेर समूहगत रुपमारूपमा नाचिने यस परम्परागत नृत्यमा सबै काम नियम पूर्वक हुनु पर्ने परम्परा छ । नाच आरम्भ गर्दा र नाच समाप्त गर्दा ठोकन राख्नु पर्ने यस नृत्यको परम्परागत नियम हो । ठोकन राख्दा कसै कसैलाई देवता चढेर काँप्न पनि थाल्छन् । ठोकन राखे पछि ढोका उघार्ने गित गाएर नाचको आरम्भ गरिन्छ । आरम्भ पछि [[देवी]] बन्दना गर्ने देवी गित गाएर यो दिनको नृत्य अगाडि बढाइन्छ । यसै गरि रामायण, महाभारतका गाथाहरू गाएर नाच्ने र बीच बीचमा ख्याली र टप्पा गाएर रमाईलो गर्ने, समय भएमा डाँडी गित गाउँने, अन्तमा आशिका गित गाएर बिट मारि सके पछि ठोकन राखेर नाच समाप्त गरिन्छ ।<ref name= "मारुनी">{{cite web|URL=http://palpasamachar.com/?p=1689|title=मारुनी नाच एक परिचय|publisher=पाल्पा समाचार|date= 5 जनवरी 2018}}</ref> मारुनी नाचको परम्परागत नियमहरूमा प्रायः एक रुपता पाइए पनि नाचमा प्रयोगहुने गितहरूको लय र भाषामा स्थान र समुदाय अनुसार फरक फरक रहेको छ। गितमा एक रुपता पाइए पनि गितमा प्रयोग हुने लय र शब्दहरूमा कतै पनि एक रुपता पाईंदैन ।

==नाचको परम्परागत नियम==
पङ्क्ति ३५:
===आरम्भ गीतहरू===
मारूनी नाचको आरम्भमा ढोका खोल्ने गीत, मारूनी बाँध्ने गीत र देवी देवताहरूको प्रार्थना गीतहरू गाएर मारूनीलाई नचाइन्छ । सबै भन्दा पहिले देवी बाँध्ने गीत गाएर नाचको आरम्भ गर्ने प्रचलन तथा परम्परा रहेको छ ।
;देवी बाँध्ने गीत: देवी बाँध्ने गीत प्रत्यक पल्ट मारूनी नाचको आरम्भमा गाईने गीत हो । यस गीतमा नाच्नु पर्दैन । ठोकन राखे लगत्तै देवी बाँध्ने गीत गाएर देवीको बन्दना गर्ने प्रचलन रहेको छ । यो गीत गाउने बेला मादलेहरू र गायकहरू बसेर नै गाउछन् । नाच बाँधेको दिन अथवा कालरात्रीको दिनमा भने [[दुर्गा|दुर्गा देवी]]को मन्दिरमा यो गीत गाउँदा उभिएर नै गाउँने चलन रहेको छ । गाउनेहरू दुई समूहमा बाँडिएर पालै पालो गरि गाउने गरिन्छ । देवी बाँध्ने गीत ३३ चरणको हुन्छ भने यो गीत गाउँदा सबै चरणहरू गाउनु पर्ने हुन्छ । यो गीत गाउन करिब ५० मिनेटको समय लाग्दछ ।<ref name= "मारुनी"/> गीत गाउने बेलामा मारूनी र पुरसिङ्गेलेई बीचमा राखेर गाउने गरिन्छ । जुनसुकै नाचमा पनि यो गीत गाउनै पर्छ । अन्य गीत गाउनको लागि ढोका खोल्ने गीतको रुपमारूपमा यस गीतलाई लिईन्छ । तर स्टेजमा प्रदर्शन गरिने औपचारीक कार्यक्रमहरूमा भने यो गीत गाउनु पर्दैन । मारूनी नाचको पहिलो गीत यस प्रकार छ ।
''हा हा सरस्वती माया हो शरण तुमारा
हे हे पहिले ज समझौला गुरुजी हमारा
हा हा सरस्वती माया हो शरण तुमारा''<ref name= "मारुनी/>

;बाधैला गीत: बाधैला गीत देवी बाँध्ने गीतको झुमरी हो । देवी बाँध्ने गीत गाएर सके पछि बाधैला गीत गाउने गरिन्छ । देवी बाँध्ने गीतमा नाच्ने नगरिए पनि यो गीत गाउने बेलामा नाच्नु पर्छ । गीत पालै पालो गरेर दुई समूहमा बाँडिएर गाउने गरिन्छ । यो गीतमा दुई जना मादले, दुई जना मारूनी र पुरसिङ्गे नाच्ने गर्छन् । बाधैला गीत नाचेर सके पछि अन्य जुन सुकै गीत गाउन हुने मान्यता रहेको छ <ref name= "मारुनी"/>गीतको पहिलो चरण यस प्रकार रहेको छ ।
''हा हा बाधैला हो सखी वीर हनुमान हो बाधैला
हे हे पूरवै बाधौं पश्चिम बाधौं बाधौं चारै ओर
हा हा बाधैला हो सखी बाधैला''<ref name= "मारुनी"/>
;मारूनी बाँध्ने:मारूनी नाचको आरम्भ गरिने दिनलाई नाच बाँध्ने अथवा मारूनी बाँध्ने भनिन्छ । त्यो दिन विशेष पूजा आजा सहित मारूनी बाँधे पछि मारूनी बाँध्ने गीतहरू गाएर नाचको आरम्भ गरिन्छ ।
''पूरवै सुमेरू हो पश्चीमै सुमेरू धार मधुम
चारै दिशा चारै किल्ला सुमेरू धार मधुम
उघारैलो उघारैलो उघारैलो उघारैलो
सुन है सँघार रूप है दवार
उघारैलो उघारैलो उघारैलो उघारैलो<ref name= "मारूनी"/>
हामरो नाचकी सरस्वती देवीले शरण देउ
शरण देउ माय-२, सरस्वती देवीले शरण देउ''
(यसमा [[सरस्वती]]को मात्र नभएर सबै देवी देवताहरूको नाम लिइन्छ।)
''हा हा फूलै चढाउँला फूलै चढाउँला, भगवती देवीलाई फूलै चढाउँला''
(यस गीतमा भगवती देवीका साथै सबै देवीहरूको नाम लिएर फूल चढाउँला भनेर गाइन्छ ।<ref name= "मारूनी"/>
पङ्क्ति ४१:
===पौराणिक गीतहरू===
मारूनी नाचमा प्रार्थना गीतहरू पछि रामायण, [[महाभारत]], कृष्ण चरित्र जस्ता पौराणिक कथामा आधारित गीतहरू गाएर नाच्ने परम्परा छ । नयाँ घर बनाएको खुसियालीमा नाच्दा, बालको न्वारन तथा पास्नीमा नाच्दा र देवी देवताको मन्दिरहरू नाच्दा पौराणिक गीतहरूको बढी महत्त्व हुन्छ । पौराणिक गितहरूमा रामायण र कृष्ण चरित्रका गीतहरू धेरै प्रचलनमा रहेका पाइन्छन् ।
;रामायण गीतहरू:मारूनी नाचको रामायण गीत भगवान [[राम]]को लीलामा आधारित गीत हो । यस गीतमा भगवान राम जन्मनु भन्दा पहिले देखि [[रावण]] मारेको कथालाई श्रृङ्खलाबद्ध रुपमारूपमा प्रस्तुत गरिन्छ । रामायण गीतको नाच नचाउन सिङ्गो दिन लाग्छ । गीत गाउँदा गीतको लय र ताल कहिले ढिलो र कहिले छिटो हुने भएकाले हेर्ने दर्शकहरूका लागि पनि रमाईलो हुन्छ । यस गीतको नाचमा नाच्ने र गाउँनेहरूलाई पनि आनन्द आउँछ । रामायण गीतको बीच बीचमा ख्याली गीत र मझौटे गीतहरू पनि प्रस्तुत गरेर नचाउने गरिन्छ । रामायण गीतका केही चरणहरू यस्ता छन् :-
''वशिष्ठ गुरुजीलाई बोलाई पो ल्यायो घोराई -२, चिना हेरन
हे हे पहले ज लेखौ श्री मा श्री, श्री माथी दुवो अक्षेता
हा हा बिते काल भई पो सक्यो छैन हामीलाई पुत्र फल
हा हा साठी बरिष पुगीमा सक्यो, छैन हामुलाई पुत्र फल
हा हा हुन्छ पुत्र -२, दशरथ राजालाई हुन्छ पुत्र
हे हे सुमेरू पर्वतमा गई, पुत्रफल ओखती खोजी ल्याई
हा हा देउन गुरुजी -२, पुत्र फल ओखती देउन गुरुजी
हे हे जेठी रानी कौशिला कान्छी पियारी कैकेयीलाई देउन गुरुजी
हा हा यिनैको दासी भईमा बस्यो हामी रानी सुमित्रा
हे हे दोनो भाग तीनैमा लगाई देउन गरुजी पुत्रफल ओखती
हा हा देउन गुरुजी -२, यिनै तिनै रानीलाई देउन
हे हे देउन गुरुजी पुत्रफल ओखती देउन गुरुजी
गर्भ रह्यो आज -२, यिनै तिनै रानीलाई गर्भ रह्यो
हे हे एकै मास दुवै र महिना गर्भ रह्यो -२''
<ref name = "मारुनी"/>
उपरोक्त गीतहरूमा [[अयोध्या]]का राजा दशरथलाई धेरै वर्षसम्म पुत्र नभएकोले राजाका कुलगुरु [[वशिष्ठ ऋषि|वशिष्ठ]] ऋषिलाई दरबारमा बोलाएर राजा दशरथको चिना हेर्न लगाइयो । गुरु बशिष्ठले पहिले श्री लेखेर त्यसमाथी दुवो अक्षता राखी चिना हेरे । गुरु वशिष्ठले राजा दशरथको चिना हेरे पछि सुमेरू पर्वतमा गएर पुत्रफल ओखती ल्याएर रानीलाई खान दिएमा राजा दशरथको छोरा हुनेछन् भने । राजाको आज्ञा अनुसार सुमेरू पर्वतबाट पुत्रफल ओखती ल्याएर राजा दशरथकी रानी कौशिला र कैकेयीलाई बाँडेर दिन लागेको समयमा अर्की रानी सुमित्राले जिवन भर दाशी भएर बसेकीले आफुलाई पनि छोरा चाहिएको इच्छा प्रकट गरिन् । सुमित्राको कुरालाई मानेर राजा दशरथको आज्ञा अनुसार गुरु वशिष्ठले पुत्रफल ओखती तिन भाग लगाएर तिनवटै रानीलाई दिए पछि तिनवटी रानीलाई गर्भ रहेको कथा उल्लेख गरिएको छ ।
''बारहै बरषको सोमवारे औँसी लैजाउ लैजाउ श्रवण तिरथ घुमाउन''
यो गीतमा बाह्र बर्षमा एक पटक सोमती आमावस्या परेकोले यो पुण्य तिथीमा [[श्रवण कुमार]]का आमा बाबुले तिर्थ घुम्ने इछ्छा प्रकट गर्छन् ।
''हा हो शिव शिव राम राम बनिजलाई बाण लाग्यो''
यो गीतमा श्रवण कुमारले आफ्ना आमा बाबुलाई घुमाउन लगेको क्रममा जंगलको कुवामा पानी भर्दा राजा [[दशरथ]]को बाण लागेर घाइते श्रवण कुमारलाई देखेर राजा दशरथले पश्चाताप गर्छन्।
''बाहिर बस्यो लक्षुमन भित्र पस्यो राम
हेर दाजु राम चन्द्र देहलीका थाम
हेरें भाइ लक्षुमन लेख्यो वनवास''
यो गीतमा रामलाई राजा दशरथले वनवासको आज्ञा गरेका दिन [[राम]] र [[लक्ष्मण]] दरबार प्रवेस गर्दा राम भित्र पसे भने लक्ष्मणले दैलो अथवा देहलीमा रामले वनवास जानु पर्ने सूचना टाँसेको देखेर दुइ भाइले आपसमा कुरा गर्छन् ।
''लैगो लैगो सिता लैगो, लङ्कापति रावन्नेले सिता लैगो''

यो गीतमा राम वनवास गएको बेला लंकाको राजा रावणले [[सीता]]लाई हरण गरेर लगेको कुरा वर्णन गरिएको छ ।
''हा हो श्री राम नारायणले अश्वमिरी जग्य लायो''
यो गीतमा भगवान श्रीरामले [[अश्वमेध]] यज्ञ लगाएको प्रसंग उल्लेख छ ।<ref name= "मारूनी"/>
''सिकारै खेलन जाम, भैया लक्षुमन सिकारै खेलन जाम
ए अघि लागे रामजी पछि लागे लक्षुमन, सिकारै खेलन जाम
भैया लक्षुमन सिकारै खेलन जाम
ए काँधै लिम्ला धनुकाण, काँधै लिम्ला थोकरा सिकारै खेलन जाम''
यस गीतमा राम र लक्ष्मण सिकार खेल्न जान सल्लाह गर्दाको समयलाई उल्लेख गरिएको छ ।<ref name= "Maruni"/>
;कृष्ण चरित्र: रामायण जस्तै भगवान [[कृष्ण|श्रीकृष्ण]]को चरित्र लिलालाई वर्णन गरेर गाइने मारूनी गीतहरू कृष्ण चरित्र अथवा महाभारतका गीतहरू हुन् । यि गीतहरूमा भगवान कृष्णका आमा बाबु देवकी र वसुदेवको विवाहको कथा देखी महाभारतको युद्ध पछिसम्मका कथाहरूलाई बख्यान गरेर गाउँने र नाच्ने गरिन्छ । कृष्ण चरित्र रामायणको तुलनामा केही लामो छ र मादलको ताल पनि रामायण भन्दा भिन्न हुन्छ । गीत लामो भए पनि केही चरण गाएर बीचमा छोड्ने र अर्को पटक नाच्दा क्रमबद्ध रुपमारूपमा अगाडी बढाउने गरिन्छ । यो गीत गाउँदा मुख्य गरी दुई भाकामा गाउने गरिन्छ ।<ref name= "मारुनी"/> रामायणको तुलनामा यो गीतको नाच बढी रमाईलो हुन्छ ।
''हा हा नचरी लैजाउ -२, हरी जीको दुवारैमा नचरी लैजाउ
हे हे कंशको घरमा यसोभन जगे नचरो लैजाउ बालै नचरी
हा हा किन आयो रिखी-२, तुमरै घर वासुदेव किन आयो
हे हे पूरवै दिशाको सोह्रमा रिखी, देवकी चेलीलाई हेरन आयो
हा हा ओ कामधेनु गाईको रुपैमा गरी बरु हेरन पो आयो
हे हे शिरै हेरम लट्टामा दारी, पावै हेरम बदमको फूल
हा हा देवकीलाई वासुदेव मागन पो आयो देवकीलाई वासुदेव
हे हे गोकुलै देशको सोह्रमा रिखी मथुरैमा जाई
हा हा ओ हाँसी हाँसी चिठी र पतर लेखिदिउँ बरिमनलाई
हे हे गुदरीमा खेलीमा खेली रोवैला सबै जना
हो हो एक हात कँगिया ज एक हात डोरिया
हे हे एक हात दरिपन हेरी एक हात टिकिया
हा हो आयो -२ धोबिनी लुगै धुन पो आयो
हे हे मलमल कपडा लुगै, धोवैला धोबिनी
हा हो खोलै बसी यशोदा, लखै धुन पो आवैला खोलै
हे हे खोलै बसी यशोदा,धुरुमा धुरु रोवैला
हा हो केश ही ज नुहाई धुवाई पो आयो
हे हे सुनैझरी गंगा जल पानी, ढुङ्गै माथी वरको
हा हा निमती बोलाउ आज -२ सबै देवताहरूलाई निमती बोलाउ
हे हे निमती बोलाउ आज -२ कलशेउली र मढेउलीलाई निमती बोलाउ''
<ref name = "मारुनी/>
उक्त गीतमा भगवान कृष्णका पिता [[वसुदेव|वशुदेव]] मथुराका राजा [[कंश]]का घरमा कंशकी बहिनी [[देवकी]]को हात माग्न गए देखि देवकीको विवाहको तयारी सम्मको कथा वर्णन गरिएको छ । यसै प्रकार रामायण तथा महाभारतलाई गीतहरूको पारामा ढालेर गाउँदै मारूनीलाई नचाइन्छ।

पङ्क्ति ५१:
;ख्याली गीत:ख्थाली गीतको मारूनी नाच रमाईलो केन्द्रित नाच हो । यो गीत गाउँदा बढीमा १० मिनेटको समय लाग्छ । <ref name = "मारुनी"/> अन्य गीतहरूमा झैं ख्याली गीतमा नाच्न धेरै मारूनी र पुरसिङ्गेहरू चाहिंदैनन् । ख्याली गीतमा नाच्दा एक जना मारूनी, एक जना पुरसिङ्गे र एक जना मादले भए पुग्छ । ख्याली गीतको एक चरण मात्र हुन्छ । माया पिरतीको वर्णन, पुरानो जमानाका राजा महाराजाहरूको बख्यान, पुराना युद्धहरूको वर्णन, तन्नेरी र तरूनीहरूको ख्याल ठट्टा तथा रिती रिवाजका संस्कारलाई एकै चरणमा सकिने गरि ख्याली गीत गाउने गरिन्छ । मारूनी नाचमा दर्शकहरूलाई ख्याली गीतको नाच मन पर्छ । ख्याली गीतमा मारूनी र पुर्सिङ्गे फनफनी घुमेको दृष्य निकै रमाईलो हुन्छ भने मादलेको नाच्ने र बजाउने कला पनि हेर्न लायक हुन्छ । यसैले मारूनी नाचमा रकम जुटाउन ख्याली गीतको नाच नचाउने गरिन्छ । ख्याली गीतमा पैंसा झार्ने, टिपाउने र रकम दिने मान्छेलाई गीतैबाट धन्यवाद दिने गरिन्छ । ख्याली गीत पनि फरक फरक खालका हुन्छन् । जस्तै :- दग्गा ख्याली, रामायण ख्याली, झाम्रे ख्याली, श्रृङ्गार रस ख्याली, बिदा ख्याली, वीररस ख्यालीट, चरित्र ख्याली, आदि फरक फरक खालका ख्यालीहरू हुन् । <ref name = "मारुनी"/>
''देखो महारानी चाँदीको ढोका के यती रमाईलो दरबार
हा हा राजाको हुकुम हे दुनियाँको सास्ती झिङ्गटीले छायो दरबार
जान्न र भन्थें आबै पल्लाघरे ठिटाले भुल्लै पार्यो
हा हा पुरवै दिशाको मादला हो पश्चिमैको मारूनी आज मलाई भुल्ल पार्यो
सल्लेनीको बाङ्गे पिपल खस्यो है बुलाकी
हा हा ऐना हेरी टिकी लाउँदा खस्यो है बुलाकी<ref name = "मारुनी"/>
शिरखण्ड काठको मादलु मेरो बजाउ गुरु दम दम
हा हा बजाउ गुरु दम दम
नाच मेरी मारूनै आगनीमा छम छम
हा हा आगनीमा छम छम
नाची देउन मारूनै मादलेको अगी पछि''<ref name= "मारूनी"/>

यस्तै प्रकारका अनेक गितहरू बीच बीचमा गाएर मारूनीको हौशला बढाएर नचाइन्छ।
;मझौटे गीतहरू: मझौटे गीतहरू मारूनी नाचको समूहगत रुपमारूपमा नाच्ने रमाइलो केन्द्रित गीतहरू हुन् । यो नाचमा ३ जना मादले, कम्तिमा दुई जना मारूनी र ३ जना पुरसिङ्गे नाच्ने गरिन्छ । [[प्रहर]] अनुसारको बखान, फूलको बखान, दिशाहरूको बखान आदि मझौटे गीतहरूमा समेटेर गाउने गरिन्छ । मझौटे गीतहरू गाएर मारूनी नाच्दाको दृश्य निकै रमाईलो हुन्छ । दर्शकहरूको माझमा मादलेहरूले [[कुखुरा]]को भाले जुध्दा उफ्रिए झैं बुरुक्क बुरुक्क उफ्रेर खुट्टा ठोक्काई ठोक्काई नाचलाई निकै रमाईलो बनाउछन् । नाच्नेहरूको हौसला बढाउन गायक समूह र दर्शकहरूबाट चर्को स्वरमा "सौभी......सौभी" जस्ता शब्दहरूको साङ्केतिक आवाज समेत निकाल्ने गरिन्छ । एउटा मझौटे गीत गाएर नाच्न सामान्यतया ४५ मिनेटको समय लाग्छ ।<ref name= "मारुनी"/> बिहानको प्रहरमा बिहानी मझौटे, अपरान्हमा दोपहरी मझौटे र बेलुकी पख सन्ध्या कालिन मझौटे गीत गाएर नाच्ने गरिन्छ । छोरीको माया मझौटे गीतहरूको चरण :-
''हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे पुरवै दिशाको झुलुमुले घाम के यती नरिमाईलो झुलुमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे पश्चिमै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलुमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे उत्तरै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलुमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे दक्षिणै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलुमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान'' <ref name = "मारुनी"/>

;टप्पा: टप्पा [[सल्यान जिल्ला]] तिरको प्रचलित गीत भएर होला यसलाई सल्यानी टप्पा पनि भनेको सुनिन्छ। केही टप्पा गितहरू:-
''चामल सरी आटो जुमलाको तिते फापर
जुम्ला जाने बाटो सिकाइ देउन मारानी
हा हा सँगै जाउँला बेंसी सितल पाटी झर्यौ भेना
बनाइएलो आँसी, चिर्ते मिर्ते फलामको'''<ref name= "मारूनी"/>
यस्तै प्रकारका अनेकौँ टप्पाहरू नाचको बिच बिचमा गाएर रमाइलो टप्पा नाच नाचिन्छ।
पङ्क्ति ६०:

===समापन गीतहरू===
मारूनी नाचको अन्तिम चरणमा गाइने गीतहरूलाई समापन गीतको रुपमारूपमा वर्गिकरण गरिएको छ । अन्त्य गीतहरू गाएर नाचे पछि मारूनी नाच समापन गरिन्छ । मारूनीको वस्त्र फुकाउने गीतहरू, आशिका गीतहरू आदी रस चरणमा आउँछन् ।
;मारूनी फुकाउने गीतहरू: मारूनी नाचको अन्तिम दिन मारूनी फुकाउने गीतहरू गाएर मारूनीले लगाएका कपडा गहना आदी फुकाल्न लगाइन्छ। केही फुकाउने गीतहरू:-
''शिरैको शिरफूल खोलेर राख, हिजो थीयौ जनाना आज मरिद
आङको चोलिया खोलेर राख, हिजो थियौ जनाना आज मरिद''<ref name= "मारूनी"/>

यसरी नै फुकाउने गितहरू गाएर मारूनीको पहिरन उतार्न लगाएर मारूनी नाचको समापन गरीन्छ।
"https://ne.wikipedia.org/wiki/मारुनी_नाच" बाट अनुप्रेषित