"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३८:
 
[[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरूले लुट्नसम्म लूटे, जब उनी [[शिकागो]] पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहा भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरुलाई पैसा र चिठ्ठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि [[शिकागो]] पठाए । [[शिकागो]] पुग्दा विवेकानन्दको अवस्था खराब थियो । लुटेरा र बदमासहरुको भीडमा बचेर हिड्ने क्रममा चिठ्ठी हराएछ । [[शिकागो]]को स्टेशनमा भएको एक बाकसमा सेप्टेम्बर महिनाको जाडो छल्न रात बिताउनु पर्यो । साथमा रहेका अमेरिकी पैसा सकियो केवल [[श्रीमद्भगवद गीता|गीता]]को पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए ।
भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउँमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरूसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबैभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सोसाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आ-आफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मञ्चमा केही वक्ताहरुले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रुपमारूपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरुको तर्फबाट अमेरिकी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरुमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।
 
==विश्वधर्म महासभा मन्तव्य==
पङ्क्ति ६२:
 
==उपसंहार==
जसरी स्वामी विवेकानन्दले रामकृष्णको जीवनबाट प्रेरणा लिए, जसरी रामकृष्णले गौरांग प्रभुको जीवनबाट प्रेरणा लिए, त्यसै गरी आज हामीले जीवनका विविध द्वन्द्वलाई आत्मविज्ञानमा समन्वित गर्ने प्रेरणा र उपायहरु स्वामी विवेकानन्दको जीवन र वाणीबाट प्राप्त गर्नुपर्ने भएको छ । हजारौं गरीब र दुखी व्यक्तिहरुको उद्धारका लागि तथा समस्त मानव जातिको समानता र स्वतन्त्रताका लागि विवेकानन्दले गरेका कृत्यलाई आज फेरि व्यवहारमा लागू गर्नु पर्ने भएको छ । यस सम्बन्धमा पं [[नारायण प्रसाद पोखरेल]]ले गरेका सुधारका केही कामहरुलाई उदाहरणको रुपमारूपमा प्रस्तुत गर्न सकिन्छ ।
त्रि.वि. अर्थशास्त्र केन्द्रीय विभागका प्रथम विशिष्ट प्राध्यापक एवं संस्थापकमध्येका एक तारापद् (टी पी) चौधरी अनेक दृष्टिले संमाननीय र स्मरणीय छन् । । बङ्गालबाट नेपालमा आएर आजीवन शिक्षा क्षेत्रमा लागि पर्ने अनेक प्रबुद्ध र त्यागी मानिसमध्ये उहां पनि हुन् । वर्तमान नेपालका अर्थशास्त्रीहरु र अर्थमन्त्रीहरुमध्ये प्रायः सबै उनका शिष्य रहेका छन् । उनले अर्थशास्त्र र जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको गरिमा बढाए । एडम स्मिथ जस्तै उनी पनि आजीवन अविवाहित रहे । अन्तिम दिनसम्म [[अर्थशास्त्र]] अध्यापन गरे । आफ्नो सम्पत्तिको एक भाग नेपालमा राखेर बांकी सबै [[रामकृष्ण मिसन|रामकृष्ण मिशन,]] बेलुर मठ बङ्गाललाई दान गरे । यसबाट उनी स्वामी विवेकानन्दबाट कति प्रभावित थिए भन्ने कुरा बुझ्न सकिन्छ ।
वि.सं. २०७० मा [[नेपाल]]मा पनि स्वामी विवेकानन्दको १५० औं जन्म जयन्ती मनाएको हो ।