"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २:
'''लिच्छवि काल''' प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० वर्ष) रहेको इतिहास पाइन्छ।{{cn}} कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री [[हुयान साङ]] को यात्रा वृत्तान्त अनुसार [[वैशाली]]बाट भागेर आएका केही वीर पुरुषले [[किराँत]]हरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र [[चाँगुनारायण मन्दिर]]का अभिलेखहरू अनुसार [[मानदेव]] लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, [[मानदेव]] भन्दा १६ पुस्ता अगाडि [[विक्रम_संवत| विक्रम संवतको]] दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। जयदेव प्रथम पश्चातका लिच्छवि राजाहरू हरीदत्त, वृषदेव, शंकरदेव र [[धर्मदेव]] हुन् । [[मानदेव]] पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन [[अंशुवर्मा]] र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।
==लिच्छविहरूको उत्पत्ति==
लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छविहरूले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरूलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरूको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरूका साथै लिच्छविहरू पनि शरणार्थीका रुपमारूपमा प्रवेश गरी किरातीहरूलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरू र आगन्तुक लिच्छवि, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छविहरूको नेतृत्वमा किरातीहरूसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरू मारिएको घटनाले पुष्टि गर्छ।
 
लिच्छविहरू अयोध्याका सूर्यवंशी [[दशरथ|राजा दशरथ]]का वंशका ८ औ पुस्तापछि सुपुष्प राजा भएको कुरा [[जयदेव द्वितीय]]को वि.स. ७९० को पशुपतिको अभिलेखमा लेखिएको छ। सुपुष्प जयदेव प्रथम भन्दा २३ औ पुस्ता अगाडिका राजा भएकाले इसापुर्व तेस्रो शताब्दीमा नेपालमा लिच्छवि शासन सुरु भ्तेको मान्नेहरूले सुपुष्पलाई नेपालको प्रथम लिच्छवि राजा मानेका छन्।
पङ्क्ति १०:
लिच्छविहरूको शासन काललाई नेपालको स्वर्णयुग भनिन्छ।
 
लिच्छवि कालमा राजाहरूलाई नृप, महाराजाधिराज, भट्टारक महाराजाधिराज, वास्पपादानुधात जस्ता उपाधिबाट विभूषित हुन्थे। दरबारमा चारवटा अड्डाहरूको स्थापना गरिएको पाइन्छ जसमा पुर्वाधिकरण (पुर्व भागको प्रशासन हेर्ने), पश्चिमाधिकरण (पश्चिम भागको प्रशासन हेर्ने), भट्टाधिकरण (जात र धर्मको रेखदेख गर्ने) र विष्टि (झारा सम्वन्धित वा श्रमको बन्दोवस्त गर्ने) पर्छन। केन्द्रमा बस्ने जनतालाई पौर र प्रान्तमा बस्ने जनतालाई जनपद भनीन्थ्यो। जिल्लामा भन्सार तथा शुल्क उठाउन शौल्लिकक, जिल्लाको सुरक्षा चौकी हेर्न गौल्मिक आदि नियुक्त गरिन्थ्यो। गाउभित्रको मुद्धा मामिला हेर्न पांचचाली गठन गरिन्थ्यो। लिच्छवि कालमा ग्रामिण क्षेत्र ग्राम, तल र द्रंग गरी ३ श्रेणीमा विभाजित हुन्थ्यो। गाउँमा राजाको प्रतिनिधिका रुपमारूपमा प्रतिहार (द्वारे) नियुक्ति हुन्थे।
 
लुम्बिनीको निग्लहवामा स्थापित अशोकस्तम्भबाट के स्पष्ट हुन्छ भने लिच्छविकालमा संस्कृत र पालि भाषामा वार्तालाप गरिन्थ्यो भने लेखाईमा ब्राह्मी लिपिको प्रयोग हुन्थ्यो। चिनियाँ यात्री हु एन साङ को यात्रा वृत्तान्तमा ‘शिक्षित् राजाका अशिक्षित जनता’ भन्ने उल्लेख भएकाले राजपरिवार शिक्षित भएपनि जनता अशिक्षित नै रहेको बुझ्न सकिन्छ। शैक्षिक संस्थाहरूको भुमिलाई ‘अग्रहार’ अर्थात् कर तिर्न नपर्ने व्यवस्था गरिएको थियो।
पङ्क्ति १७:
लिच्छविकालमा व्यवस्थापिकाको कार्य अन्तरासन (राज्यसभा) ले गर्थ्यो । असल शासन व्यवस्था कायम गर्न आवश्यक पर्ने एन कानुनको निर्माण गर्न, राजालाई सल्लाह र सुझाव दिने काम यही अन्तरासनले गर्थ्यो। लिच्छविकालमा ग्राम, तल, द्रंग आदि विभिन्न प्रशासनिक एकाईहरू थिए। यसको प्रमुखमा प्रधान रहन्थे भने प्रशासनिक कार्य पन्चालीले गर्थे जसलाई स्थानीय स्तरका कतिपय नीति नियमहरू बनाउने अधिकार दिईएको हुन्थ्यो।
===कार्यपालिका===
लिच्छविकालमा कार्यपालिकाको प्रमुख राजा हुन्थे। राज्य व्यवस्था दैनिक प्रशासन राजालाई सघाउन प्रधानमन्त्री (महाअमात्य), मन्त्री (अमात्य), प्रहरी प्रमुख (दण्डनायक), सेना प्रमुख (महाबलाध्यक्ष), राजाका निजि सचिव (महाप्रतिकार) आदिको व्यवस्था थियो। केन्द्रदेखि टाढा रहेका गाउमा तिरो उठाउने र झैँ-झगडा मिलाउने काम द्वारेहहरूले गर्थे। यिनीहरू राजाका प्रतिनिधिका रुपमारूपमा रहन्थे र आफुले समाधान गर्न नसक्ने मुद्ध राजाकहाँ पठाउथे। त्यसैले केन्द्रदेखि टाढाको क्षेत्रमा स्थानीय सामन्तहरूले शासन चलाउथे। जिल्लामा राजप्रतिनिधीको रुपमारूपमा ‘विषय पति’ हुन्थे।
===न्याय व्यवस्था===
लिच्छविकालमा न्याय व्यवस्थाका लागि कुठेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल जस्ता अदालतहरूको व्यवस्था थियो। यस कालमा वाकदण्ड (हप्काउने), धिकदण्ड (बेइज्जत गर्ने), धनदण्ड (जरिवाना तिराउने), बध दण्ड (अंग छेदन) र सर्वस्वहरण जस्ता दण्डहरू दिईन्थयो। ग्राम – पांजलीहरूले चिनेको मुद्धाको पुनरावेदन द्वारेमार्फत सम्बन्धित अधिकारीमा गर्नुपर्ने व्यवस्था थियो। महासर्वदण्ड नायकले प्रधानन्याधिशलाई जनाउछ।