"पशुपतिनाथ मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३४:
}}
 
'''पशुपतिनाथको मन्दिर''' [[काठमाडौँ जिल्ला]]मा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर [[काठमाडौँ जिल्ला]]को कामपा वडा नम्बर ८ मा [[बागमती नदी]]को किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत [[विश्व सम्पदा क्षेत्र|युनेस्को विश्व सम्पदा क्षेत्र]] मा पर्दछ। सन् १९७९मा [[युनेस्को]]ले पशुपतिनाथको मन्दिरलाई [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरेको थियो।<ref name=jun131>{{cite web|title=विश्व सम्पदा सूचीमा प्रस्तावित डेढ दर्जन सम्पदा ओझेल|url=http://www.aarthikdainik.com.np/news_details/426/-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4-%E0%A4%A1%E0%A5%87%E0%A4%A2-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%A8-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A6%E0%A4%BE-%E0%A4%93%E0%A4%9D%E0%A5%87%E0%A4%B2.html|publisher=review publications|accessdate=1 August 2013}}</ref> काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले '''पशुपतिनाथको मन्दिर''' क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। <ref name=Zun>{{cite web|title=श्री पशुपतिनाथ|url=http://www.pashupati.org.np/page.php?page=1|publisher=pashupati area development trust|accessdate=1 August 2013}}</ref> पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमारूपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
 
[[File:02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg|thumb|300px|पशुपतिनाथ मन्दिर रातको समयमा]]
यो मन्दिर यस संसारमा रहेका २७५ [[पादल पेत्र स्थलम]] (शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रुपमारूपमा शिवजीको पूजा हुने भएकाले [[महाशिवरात्रि|शिवरात्रि]] पर्व विशेष महत्वका साथ मनाइन्छ। [[महाशिवरात्रि|शिवरात्रि]] नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गरेको छ । यस दिन आरध्यदेव पशुपति अर्थात् [[शिव]]जीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा [[शिव]]को दिव्य जन्म वा अवतरणको महान् दिन हो [[महाशिवरात्रि|शिवरात्रि]]। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने [[शिव]]रात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। [[शिव]]रात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।<ref name=junu131>{{cite web|title=मुलुक भरि महाशिवरात्री पर्व मनाईदै|url=http://www.souryadaily.com/2013/03/61463.html|publisher=souryadaily.com|accessdate=1 August 2013}}</ref>
 
[[File:Pashupatinath.Overview.jpg|thumb|300px|पशुपतिनाथ मन्दिर]]
पङ्क्ति ५८:
 
==लिङ्ग पूजासम्बन्धी विद्वान्हरूको धारणा==
आर्य पराम्पराको विकासक्रमलाई नै ध्यानमा राखेर प्रस्तुत गरिने यस ग्रन्थको विषय अन्य सभ्यतामा प्रचलित प्रजनन शक्तिको रुपमारूपमा उपासना गरिने लिङ्गको परिचर्चा त्यति आवश्यक थिएन तर मुर्तिपूजासम्बन्धी परिपाटी विदेशी प्रभाव हो भनेर मन्तव्य प्रकट गर्ने विद्धानहरूको पनि तर्क सुत्र र विवेचना गर्नु पनि आवश्यक हुन्छ । किनभने हिन्दु विद्धानलाई पनि विदेशीहरूको उक्त तर्कले निकै प्रभाव पारेको छ र तुलनात्मक रुपमारूपमा सिन्धुसभ्यता तथा वेविलोन सभ्यताको अनुदान नै लिङ्गपूजा हो भन्ने कुरा प्रस्तुत गरिएको पाइन्छ <ref>कुलचन्द्र केइराला, नेपालका आराध्य देव भगवान् श्री पशुवतिनाथ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्रथम संस्करण वि.सं.२०५१,पेज नं.५७, प्रतिवोध प्रिन्टिङ्ग प्रेस, काठमाडैं</ref>।
 
== पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजापर्व ==