"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ६२:
[[File:Katyayani Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले अर्थ, धर्म, काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ।
* व्युत्पत्ति: विश्वप्रसिद्ध महर्षि कात्यायनले पुत्री प्राप्तिको लागि भगवती पराम्बाको कठिन तपस्या गरे। उपासना देखि प्रसन्न भएर माता भगवतीले महर्षिको घरमा पुत्रीको रुपमारूपमा जन्म लिइन् र कात्यायनीको नामले प्रसिद्ध भइन्।
* आवरण: चम्किलो एवं ज्योतिर्मय स्वरूप, दाहिने तर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रे तर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल ।
* मन्त्र: 'ॐ देवी कात्यायनायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।'
पङ्क्ति ८०:
[[File:Mahagauri Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
महागौरीको उपासना गर्नाले उपासकको सबै खाले पाप तथा कुकर्म नाश भएर जाने विश्वास लिइन्छ। महागौरीको कृपाले भक्तले भविष्यमा सन्ताप, दु:ख भोग्नु पर्दैन, उ सबै प्रकारले पवित्र बन्छ र अक्षय पुण्यले युक्त हुन्छ भन्ने मानिन्छ।
* व्युत्पत्ति: भगवान शिवलाई पतिको रुपमारूपमा प्राप्त गर्नको लागि महागौरीले कठोर तपस्या (त्यस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ भनी स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो) गरेकी थिइन्। सोही कारणले उनको शरीर कालो भयो। तर तपस्या देखि प्रसन्न भएर भगवान शिवले उनको शरीर गंगाको पवित्र जलले धोएर कान्तिमय बनाई दिनु भयो भने वर्ण पानी गोरो भयो।
* आवरण: दाहिने तर्फ तल्लो हातमा त्रिशुल, माथिल्लो हात अभय मुद्रामा तथा देब्रे तर्फ तल्लो हात वर मुद्रामा, माथिल्लो हातमा डमरु।
* अन्य नाम: अन्नपूर्णा, श्वेताम्बरधरा, वृषारूढ़ा, ऐश्वर्य प्रदायिनी, चैतन्यमयी।
पङ्क्ति ११०:
 
== नवदुर्गा आयुर्वेद==
दुर्गा कवचमा नवदुर्गालाई नौ विशिष्ट औषधिको रुपमारूपमा वर्णन गरिएको छ।<ref>{{Cite web|url=https://www.patrika.com/religion-and-spirituality/nine-ayurvedic-medicines-known-as-nau-durga-keep-youth-young-1123409/|title=इन औषधियों में विराजमान हैं नवदुर्गा, रोग दूर कर बनाती है युवा|website=www.patrika.com|language=hindi|access-date=2019-10-05}}</ref>
 
* शैलपुत्री (हर्रो): कैयौं रोगको उपचारमा प्रयोग हुने हर्रोलाई दुर्गा कवचमा शैलपुत्री कै एक रुप मानिएको छ। हर्रो सात प्रकारका हुन्छन्। 
* व्रह्मचारणी (ब्राह्मी): आयु तथा स्मरण शक्ति बढाउने, रक्त विकार शुद्ध गर्ने, स्वर मधुर बनाउने ब्राह्मीलाई व्रह्मचारणीको रुपमारूपमा बर्णन गरिएको छ।
* चन्द्रघण्टा (चम्सुर): धनिया जस्तो देखिने र मोटोपन, हृदयरोग आदिमा काम आउने चम्सुरलाई समेत देवीको एक रुप मानिएको छ। 
* कूष्माण्डा (कुभिन्डो): मानसिक रोगीका लागि कुभिन्डो अमृत समान हुन्छ भने रक्त विकार, पेटको रोग आदि समाधानमा सहयोगी मानिएको छ। 
* स्कन्दमाता (आलस): आलस वात, पित्त र कफ रोगनाशक औषधि हो। 
* कात्यायनी (मोइया): आयुर्वेदमा अम्बा, अम्बालिका, अम्बिका आदि नामले समेत चिनिने यस औषधिले कफ, पित्त र गलाका रोगहरु नाश गर्दछ।
* कालरात्री (तितेपाती): यो वनस्पति सबै प्रकारको रोगहरुमा लाभदयाक हुन्छ, साथै मन एवं मस्तिष्कको विकारलाई नाश गर्न औषधिको रुपमारूपमा काम गर्छ।
* महागौरी (तुलसी): रगत सफा गर्ने तथा हृदय रोग नाश गर्ने देवी भगवती स्वरूप तुलसी सात प्रकारका हुन्छन। 
* सिद्धिदात्री (कुरिलो): दुर्गाको नवौं स्वरूप सिद्धिदात्रीको रुप मानिने कुरिलो (शतावरी) बल, बुद्धि एवं विवेकको लागि उपयोगी मानिन्छ।
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित