"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १३:
}}
 
'''द्रौपदी''' [[हिन्दू धर्म|हिन्दू]] धर्मको प्रमुख धर्म ग्रन्थ [[महाभारत]]की मुख्य पात्र हुन् । [[पाञ्चाल]] राज्यका राजा [[द्रुपद (महाभारत)|द्रुपद]]की छोरी भएको हुनाले द्रौपदीलाई पाञ्चाली पनि भनिन्थ्यो । उनी माहाभारत का मुख्य पात्र का रुपमारूपमा रहेकि छिन । पान्डु पुत्र पाँच भाइ [[पाण्डव|पाण्डवहरू]]सँग उनको विवाह् भएको थियो । द्रौपदीको वास्तविक नाम कृष्णा थियो । द्रौपदीलाई हिन्दू धर्ममा [[पञ्चकन्या]]को रुपमारूपमा गणना गरिएको छ ।
==द्रौपदीको जन्म==
महाभारता पात्र [[द्रोणाचार्य]] धनुर्विद्यामा निकै निपुण थिए । धनुर्विद्यामा निपुण भएपनि उनी साधु जिवन बिताइरहेका थिए । एक दिन उनका बालक छोरा [[अश्वत्थामा|द्रोणी]] अथवा अश्वत्थामाले आफ्ना आमा बाबुसँग दूध खाने भनेर ढिपी गर्न थाले । साधु जिवन बिताइरहेका दौर्णाचार्यसँग दूध दिने गाई थिएनन् । त्यसैले उनले आफ्नो छोरालाई पानीमा चामलको पिठो घोलेर लौ बाबु यो नै दूध हो भनेर खान दिए । त्यो खाएपछी बालक अश्वत्थामा आफ्ना साथीहरूसँग मैले बढिया दूध खाएँ साथी हो भनेर कुरा गर्न थाले । आफ्नो छोराले यस्तो भनेको सुनी बेइज्जत भयो भन्ने सोचेर दौर्णाचार्य निकै चिन्तित भए । पाञ्चाल देशका राजा द्रुपद र दोर्णाचार्य बाल्य कालका मित्र थिए । उनीहरूले एकै गुरुकहाँ गएर धनुर्विद्या सिखेका थिए । त्यै भएर दौर्णाचार्यले राजा द्रुपद कहाँ गएर आफ्नो लागि बस्ने ठाउँ मागे । तर राजा द्रौपदले राज्य र धनको घमण्ड देखाउँदै दौर्णाचार्यलाई "भिखारी भएर राजाको राज्यमा बस्ने ठाउँ खोज्न लाज मान्दैनौ" भनेर लज्जित गरे । यो सुनेर दोर्णाचार्य निरास हुँदै फर्के । त्यसपछी दोर्णाचार्य हस्तिनापूरमा गएर [[कौरव]] र पाण्डवहरूलाई धनुर्विद्या सिखाउन थाले । जब दौर्णाचार्य हस्तिनापुर पुग त्यो बेला कौरव र पाण्डव [[भकुण्डो]] खेल्दै थिए । दौर्णाचार्य उभिएर राजकुमारहरूले भकुण्डो खेलेको हेर्दै थिए अकस्मात भकुण्डो पानीको तलाउमा खस्यो । भकुण्डो पानीबाट निकाल्न कौरव र पाण्डवले धेरै कोशिस गरे तर निकाल्न सकेनन् । यो देखेर गुरु दौर्णाचार्यले एक बाण तलाउमा हानेर भकुण्डो तलाउबाट बाहिर निकाले । यो खबर राजकुमारहरूले [[भीष्म]] पिताम्महलाई भने । भिष्मले दौर्णचार्यलाई राज दरबारमा बोलाएर परिचय गरे । दौर्णाचार्यले भिष्म पिताम्महलाई आफ्नो समस्या बताए । भिष्म पिताम्मले दौर्णाचार्यलाई आफ्नो राज्यमा बस्ने ठाउँ दिएर कौरव र पाण्डवलाई धनुर्विद्या सिकाउन लगाए । कौरव र पाण्डवहरू धनुर्विद्यामा निपुण भएपछि दौर्णाचार्यलाई गुरु दक्षिणा के दिउँ भनेर सोधे । दौर्णाचार्यले राजा द्रुपदलाई बाँधेर मेरो शरणमा ल्याउ भनेर गुरु दक्षिणा मागे । यो सुनेपछि पाँच भाइ पाण्डवहरू गएर द्रुपदसँग लडाईं गरी बाँधेर ल्याए । यसरी शरणमा आएपछी दौर्णाचार्यले द्रुपदलाई "अब त मलाई मान्छौ की ? " भनेर सोधे । द्रुपद लाचार भएर दोर्णाचार्यको पाउमा परे । त्यसपछि दौर्णाचार्यले द्रुपदलाई फर्काए । फर्केर पाञ्चाल गएपछि राजा द्रुपदले दौर्णाचार्यलाई मार्ने पुत्र पाउँ भनेर ठुलो यज्ञा गर्न थाले । यज्ञाको समाप्तीमा यज्ञाग्नीबाट एक छोरा र एक छोरी निस्किए । द्रुपदले छोराको नाम [[धृष्टद्युम्न]] राखे भने छोरीको नाम कृष्णा राखे । तिनै कृष्णालाई द्रौपदी पनि भनिन्छ <ref name= "महाभारत"> सुब्बा होमनाथ केदारनाथ कृत १८ पर्व महाभारत</ref>
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित