"कुमाल जाति" का संशोधनहरू बिचको अन्तर

सा y
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ८:
नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरु मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरुमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको विभिन्न जिल्लाको तराई र भित्री मधेशमा पनि यो जातिको बसोबास छ । हिमाली क्षेत्रमा भने यस जातिको बसोबास भएको पाईदैन ।
 
वि.सं.२०६८ को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमाल जातिको जनसंख्या १,२१,१९६ रहेकोमा जसमध्ये पूरुषतर्फ ५७,५२६ र महिलातर्फ ६३,६७० रहेकोछ । त्यस्तै गरी शहरी क्षेत्रमा बसोबास गर्र्ने कुमालहरुको संख्या १८,३५५ छ भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,०२,८४१ रहेकोछ । उच्च पहाडी क्षेत्रमा कुुल जनसंख्याको २,३६८ जना मध्यपहाडी क्षेत्रमा ६१,०५२ र तराई क्षेत्रमा ५७,७७६ जनसंख्याले बसोबास गर्दछन् । शारिरीक रुपमारूपमा सुसंगठित, बलिया पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद यस जातिको झिनो परिचय मान्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नतामा रुमालिएका यस आदिवासी जातिले राष्ट्रिय विकासको मूलधारमा समान अवसरको अनुभूति गर्न सकेका छैनन् ।
 
==== <small>कुमाल जाति भित्रका थर</small> ====
पङ्क्ति १८:
 
=== भाषाः ===
नेपालमा आर्यहरुको प्रवेश संगै भारोपेली परिवारको विभिन्न भाषाहरु पनि भित्रिएका थिए, त्यसै अनुरुप कुमाल जातिको पनि छुट्टै भाषा छ । तर लिखित रुपमारूपमा लिपि नभएको र अत्याधिक मात्रामा नेपाली भाषाले यस भाषालाई विस्थापित गरेकाले कुमाल भाषा लोपन्मुख अवस्थामा रहेकोछ । जनगणना २०६८ अनुसार हाल कुमाल भाषा जम्मा जनसंख्याको १२,२२२ (११%) जनाले मात्र बोल्ने गर्दछन् । खाशगरी यो भाषा लमजुङ्ग, कास्की, तनहु‘, गोरखा, पाल्पा, नवलपरासी, गुल्मी, अर्घखॉची, स्याङ्जा, धादिङ्ग, नुवाकोट..........आदि जिल्लाहरुमा मात्र बोल्ने गरेको पाईन्छ । नेपालमा अल्पसंख्यक जातिहरुको भाषा क्रमशः लोपोन्मुख अवस्थामा रहेकोेले कुमाल भाषा पनि अल्पसंख्यक जातिकै भाषा भएकोले आधुनिक शिक्षा र पुराना व्यक्तिहरुको मृ्त्युसंगै यो भाषा लोपोन्मुख अवस्थामा छ ।
 
कुमाल भाषाको केहि उदाहरण निम्नानुसार छ ;
पङ्क्ति ६७:
 
==== माघे सक्राति ====
प्रकृति पूजक कुमाल जातिले राष्ट्रिय पर्वको माघे सक्राति मनाउनुको आफ्नै विशेषता र प्राकृतिक महत्त्व छ । खेतीबाली भित्रयाएपछि पुसमा पकाएर, माघमा खाने चलनको रुपमारूपमा प्रचलित छ । सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले नयाँ वर्ष शुरुवातको रुपमारूपमा मान्ने गर्दछन् ।
 
कुमाल जातीमा माघे सक्राति मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो कुमालहरुको राष्ट्रिय पर्वको रुपमारूपमा घोषणा भइसकेको छ। यो पर्व ठुलो सक्राति पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल, चामल, बेसार, घिउ मिसाइएको खिचडी खाने चलन छ। माघे सक्रातिको दिन घर–घरमा कुखुरा, सुँगुर काट्ने चलन छ । माघे सक्रातिलाइ कुमाल समुदायले कुलायन देवतालाई सम्झेर पितृ पुज्ने, छोरी कुटुम्बलाई घरमा बोलाएर पुज्ने प्रचलन छ। सक्रातिको बिहानै घरको मुलि खोलामा गएर नुहाउने र घरमा आइ पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा छ। सुँगुरको मासु, माछा, सेल रोटी, फुलौरा, भाते जाँड, साथमा अन्य मिठामिठा परिकार, प्राकृतिक फल/कन्दमुल तरुल, पिडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने चलन छ। माघे सक्रातिमा हेम्फाइ नाच नाच्ने चलन पनि रहेको छ । कुमाल समुदायले माघे सक्रातिलाइ नयाँ वर्ष सुरुवातको रुपमारूपमा मनाउने गर्दछन् ।
 
=== भेषभूषाः ===
पङ्क्ति ८४:
 
=== रहनसहनः ===
आदिबासी कुमाल समुदाय खास गरेर सामूहिक रुपमारूपमा गुचुमुच्च घरहरु बनाई पुरानो वस्ती वस्तीमा बस्ने जाति हो । पुरानो वस्तीका घरहरु डल्लाको गाह्रो,फुसको छानाबाट निर्मित हुन्थ्यो । घुमाउने घर आजकल प्रायः लोप भईसके पनि कतै कतै अझै देख्न पाईन्छ । बांसको चिम्नी बनाई घुमाउरो तरिकाले राखि भित्र बाहिरबाट माटोले लिपेको घर साच्चै लोप भैसकेकोछ भन्दा पनि हुन्छ । तर आजकल धेरैजसो गाउ‘ वस्तीहरुमा आधुनिक घरहरु बनाई बसोबास गरेका देखिन्छ ।
 
=== उपसंहारः ===
"https://ne.wikipedia.org/wiki/कुमाल_जाति" बाट अनुप्रेषित