"अबखाजिया" का संशोधनहरू बिचको अन्तर

Replacing Abkhazia_COA.svg with File:Coat_of_arms_of_Abkhazia.svg (by CommonsDelinker because: file renamed, redirect linked from other project).
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ९३:
'''अबखाजिया''' ({{Lang-en|Abkhazia}})({{pronEng|æbˈkeɪʒə}} {{Lang-ru|Абха́зия}} ''Abhazia'') एक स्वघोषित स्वायत्त गणराज्य हो।<ref>http://www.abkhazworld.com/abkhazia/156-constitution-abkhazia.html</ref>
<br>
यसले आंशिक रुपमारूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसको एक स्वतन्त्र सरकार छ। यो क्षेत्र उत्तर-पश्चिमी जर्जियाको बृहत् ककेसस पहाडहरूको दक्षिण र कालो समुद्रको पूर्वी तटमा रहेको छ। यस राज्यको क्षेत्रफल ८६६० वर्ग किलोमिटर र जनसंख्या २४,००,००० छ। यो जनसंख्यामध्ये ग्रामीण र सहरी झन्डै आधा-आधा छ।<ref>http://presidentofabkhazia.org/en/respublika_abkhazia/economy/</ref>
 
== इतिहास ==
जस्टिन प्रथम (सन् ५५०) सँगै इसाई बनेपछि अबखाजहरु बिन्जान्टाइन साम्राज्यका खम्बा बने । ८ ओँ शताब्दीमा अबखाज एक स्वतन्त्र अधिराज्य बन्यो । पछि यो जर्जियाको एक भाग बन्यो । १४६३ मा यसले मुक्ति पाए पनि १६ ओँ शताबदीमा ओटोम्यान साम्राज्य मातहत हुन पुग्यो ।<ref>https://www.britannica.com/place/Abkhazia</ref>
क्रमश: यसका केही भागमा इसाईलाई इस्लामले विस्थापित गरे । सन् १८१० मा एक संरक्षित भूभागका रुपमारूपमा मान्यता दिने गरी रुससँग एक सन्धि भयो । १९२१ मा यो एउटा नवगणतन्त्रका रुपमारूपमा उदायो । सन् १९३० को दशक अघिसम्म अबखाजिया गणतन्त्र जर्जियाभित्रै एक स्वायत्त गणराज्य थियो । सन् १९८० को दशकको अन्त्यतिर जब सोभियत संघ विघटनको प्रक्रिया सुरु भयो र जर्जियाले स्वतन्त्रताको खोजी गर्न थाल्यो, अबखाजियाले पनि जर्जियाबाट नियन्त्रणमुक्त हुने उपाय खोज्न थाल्यो। १९९० को दशकमा त अबखाजियाले आफैले स्ततन्त्र मुलुक घोषणा गरिदियो ।<ref>https://www.britannica.com/place/Abkhazia</ref>
== इतिहास ==
सन् १९९१ मा जर्जिया सोभियत संघबाट स्वतन्त्र भएपछि अबखाजियाका बासिन्दाले आफ्नो स्वतन्त्रता सकिएको भन्ठानेर १९९२ मा गृहयुद्ध नै सुरु गरे। हुन त यस गृहयुद्धको पृष्ठभूमिमा रुस लगायत शक्तिराष्ट्रको भूराजनीतिक र सामरिक टकराव पनि थियो। साथसाथै, १९९० को दशकको सुरुमा अबखाजियाले सामना गरेको तीनथरी संक्रमणको संयुक्त उपजका रुपमारूपमा पनि यहाँको गृहयुद्धलाई लिइएको पाइन्छ । जस्तो कि सोभियत अधिनायकत्वबाट लोकतान्त्रिक राज्यमा संक्रमण, नियन्त्रित अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा संक्रमण र आबद्ध गणराज्यबाट स्वायत्त राज्यमा संक्रमण। यो तेहरो संक्रमणको मूल्य धेरै राज्यका धेरै क्षेत्रमा चुकाउन बाध्य भयो र अन्तत: सन् १९९२-९३ मा एक विनाशकारी युद्धमा परिणत भयो।<ref>https://www.international-alert.org/blogs/socio-economic-system-abkhazia-and-problems-its-development</ref>
<br>
युद्धको सुरुमा जर्जियाले सेनाको तैनाथी बढाएर विद्रोहीलाई राजधानीबाहिर धपाउने कोशिस गरेको थियो । तर, विद्रोहीले पुन: शक्ति आर्जन गरेर अवस्ठा उल्टाइदिए । यस संघर्षमा दसौँ हजार मानिस मारिए। जर्जियाली मूलका २ लाखभन्दा बढी बासिन्दाले अबखाजियाबाट विस्थापित हुनुपर्‍यो। रुसी सेनाले पनि अबखाजियाली विद्रोहीलाई सहयोग गरेको थियो । सन् २००८ मा रुसी सेनाले अबखाजियाका तर्फबाट जर्जियामाथि हमला पनि गरेको थियो। त्यसैले रुससँग अबखाजियाको राम्रो सम्बन्ध भए पनि जर्जियाले आफ्ना नागरिकलाई अबखाजिया जानको लागि कानुन बनाएरै प्रतिबन्ध लगाएको छ ।<ref>https://www.crisisgroup.org/europe-central-asia/caucasus/abkhazia-georgia/easing-travel-between-georgia-and-breakaway-abkhazia</ref>
"https://ne.wikipedia.org/wiki/अबखाजिया" बाट अनुप्रेषित