"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि ) |
||
पङ्क्ति ५०:
[[पुराण|पुराणहरू]]को मान्यता अनुसार राहु चन्द्रमालाई तथा केतु सूर्यलाई ग्रस्दछ । यि दुवै छायाँका सन्तान हुन् । चन्द्रमा र सूर्यको छाँयाका साथ-साथै जान्छन् । चन्द्र ग्रहणको समयमा कफको प्रधानता बढ्दछ र मनको शक्ति क्षीण हुन्छ, त्यस्तै सूर्यग्रहणको समयमा जठराग्नि, नेत्र तथा पित्तको शक्ति कमजोर पर्दछ । गर्भवती स्त्रीलाई सूर्य-चन्द्र ग्रहण हेर्न हुन्न, किन भने उसका दुष्प्रभावले शिशु अङ्गहीन भएर अपाङ्ग बन्न सक्छ, गर्भपातको सम्भावना बढ्न जान्छ । यसको
ग्रहण लाग्नु भन्दा पहिले नदी वा घरमा उपलब्ध जलले स्नान गरेर भगवानको पूजन, यज्ञ, जप गर्नु पर्छ। भजन-कीर्तन गरेर ग्रहणको समयलाई सदुपयोग गर्नुपर्छ । ग्रहणको समयमा कुनै कार्य न गर्नु । ग्रहणको समयमा मन्त्रको जप गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ । ग्रहणको अवधिमा तेल लगाउनु, भोजन गर्नु, जल पिउनु, मल-मूत्र त्याग गर्नु, कपाल कोर्नु, रति-क्रीडा गर्नु, दाँत माँझ्नु वर्जित गरिएको छ । केही मान्छेहरू ग्रहणको समयमा पनि स्नान गर्दछन् । ग्रहण समाप्त भए पछि स्नान गरेर [[ब्राह्मण]]लाई दान दिने विधान छ । कतै-कतै वस्त्र, भाँडा आदी धुने नियम पनि छ । पुरानो पानी, पुरानो अन्न नष्ट गरेर नयाँ भोजन पकाउनु पर्छ । ताजा पानी भरेर पिउनु पर्छ । ग्रहण पछी शुद्रलाई दान दिनाको अधिक माहात्म्य बताइएको छ, किनकी शुद्रलाई राहु-केतुको स्वरूप मानिन्छ ।
|