"ययाति" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति ४:
उनै दिनहरूको कुरा हो, कि एक पल्ट दैत्यराज [[वृषपर्वा]]की पुत्री [[शर्मिष्ठा]] आफ्ना सखिहरूका साथ आफ्नो उद्यानमा घूमिरहेकी थिइन्। तिनको साथमा गुरू [[शुक्राचार्य]]की पुत्री ''[[देवयानि]]'' पनि थिइन्। शर्मिष्ठा अति मानिनी तथा अति सुन्दर राजपुत्री थिइन् किन्तु रूप लावण्यमा देवयानि पनि कुनै प्रकार कम थिइनन्। ती सबै त्यस उद्यानको एक जलाशयमा आफ्नो वस्त्र उतारी स्नान गर्न लागे। त्यसै समय भगवान [[शंकर]] पार्वतीका साथ आउँदै थिए। भगवान शंकरलाई आउँदै देखी ती सबै कन्याहरू लज्जावश आ- आफ्नो वस्त्र लगाउन थाले। शीघ्रतामा शर्मिष्ठाले भूलवश देवयानिका वस्त्र लगाउन पुगिन्। यसबाट देवयानि अति क्रोधित भएर शर्मिष्ठालाई भनिन्, "ए शर्मिष्ठा! एक असुर पुत्री भएर तिमीले ब्राह्मण कन्याको वस्त्र धारण गर्ने साहस कसरी गर्यौ? तिमीले मेरा वस्त्र धारण गरेर मेरो अपमान गरेकी छौ। " देवयानिले शर्मिष्ठालाई यस प्रकारदेखि अनेक अपशब्द पनि भनिन्। देवयानिका अपशब्दहरूलाई सुनेर शर्मिष्ठा आफ्नो अपमानदेखि रूष्ट भइन् र देवयानिका वस्त्र खोसेर उनलाई एक कुवामा धकेलिदिइन्।
 
देवयानिलाई कुवामा धकेलेर शर्मिष्ठा गए। पश्चात् दैववश राजा ययाति शिकार खेल्दै त्यहाँ आइपुगे। आफ्नो तिर्खा मेटाउनका लागीलागि जब राजा कुवा निकट गए तब त्यस कुवामा वस्त्रहीन देवयानिलाई उनले देखे। उनले देवयानिको देहलाई ढाक्नका लागि आफ्नो दुपट्टा ओढाइदिए र देवयानिको हात समातेर कुवाबाट बाहिर निकाले।त्यसपछि देवयानिले प्रेमपूर्वक राजा ययातिलाई भनिन्, "हे आर्य! तपाईंले मेरो हात समात्नु भएको छ अतः म तपाईंलाई आफ्नो पति रूपमा स्वीकार गर्दछु हे वीरश्रेष्ठ! यद्यपि म ब्राह्मण पुत्री हूँ किन्तु [[वृहस्पति]]का पुत्र [[कच]]*को श्रापका कारण मेरो विवाह ब्राह्मण कुमारका साथ हुन सक्तैन। यस कारण तपाईं मलाई आफ्नो प्रारब्धको भोग सम्झी स्वीकार गर्नुहोस्।" ययातिले प्रसन्न भएर देवयानिको यस प्रस्तावलाई स्वीकार गरे।
 
देवयानि त्यहाँबाट आफ्नो पिता [[शुक्राचार्य]]का भएका ठाउँमा आएर उनीसित भएका समस्त वृत्तान्त भनिन्। शर्मिष्ठाले गरेको व्यबहारबाट शुक्राचार्यलाई अत्यन्त क्रोध आयो र उनी दैत्यहरूदेखि विमुख भए। यसमा दैत्यराज वृषपर्वा आफ्नो गुरूदेवका नजीक आएर अनेक प्रकारदेखि अनुनय-विनय गर्न लागे। यस प्रकार अनुनय-विनय गर्नुले शुक्राचार्यको क्रोध केही शान्त भयो र ती बोले, "हे राजन्! मलाई तिमीसँग कुनै प्रकारको अप्रसन्नता छैन किन्तु मेरी पुत्री देवयानि अत्यन्त रुष्ट छ। यदि तिमी त्यसलाई प्रसन्न गर्न सक्यौ भने म पुनः तिम्रो साथ दिनेछु।" वृषपर्वाले देवयानिलाई प्रसन्न गर्नका लागि भने, "हे पुत्री! तिमीजो केही पनि माग म तिमीलाई त्यो प्रदान गरूँला।"देवयानि भन्छिन्, "हे दैत्यराज! मलाई तपाईंकी पुत्री शर्मिष्ठा दासीका रूपमा चाहियो। " आफ्नो परिवारमा आएको संकटलाई टार्नका लागि शर्मिष्ठाले देवयानिकी दासी बन्न स्वीकार गरिन्।
"https://ne.wikipedia.org/wiki/ययाति" बाट अनुप्रेषित