"नारद पोखरी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति ३२:
पोखरीमा तीर्तयात्रीहरु ५१ सालदेखि मात्रै जान थालेका हुन् । थोरै रुपमा मानिसहरु जाने आउने गरेपनि कसैले चासो देखाएका थिएनन् पछि सबैले जानुपर्छ भन्ने विश्वास गरे वारपाकका पुरबहादुर घलेले बताए । वारपाकीहरु सबै एक पटक नारद पोखरी पुग्ने गरेका छन् । घर कुर्ने र नावालक बाहेक सबै नुहाउन जान्छनू उनले भने ।
पोखरी क्षेत्रमा प्रायजसो तीर्थयात्रीहरु अघिल्लो दिन साँझनै पुगिसकेका हुन्छन् । अघिल्लो दिन पुगेकाहरु रातभर गीत गाएर रमाइलो गरी बस्छन् । वस्तीदेखि निकै टाढा रहेकाले सुत्ने ठाउँको अभाव पनि छ । त्यसैले जनैपुर्णिमाको अघिल्लो रात युवायुवतीहरु रातभर दोहोरी गाएर बस्छन् ।
नारद पोखरी निकै प्रसिद्ध तीर्थस्थल भएपनि प्रचार प्रसारको अभावमा पछाडी परेको वारपाक महिला समाजकी संयोजक दलकुमारी घलेले बताइन् । पोखरीको प्रचार प्रसारका लागि सकि्रय भइ लागीलागि परेका महिलाहरूको टोली यसवर्ष नारद पोखरी पुगेको छ । उनीहरुले नारद पोखरीको यथार्थ कुरा वाहिर ल्याउन सकेमा दुधपोखरी गोसाइकुण्ड भन्दा नारद पोखरी कम महत्वको नभएको दावी गरेका छन् । नारद पोखरीको अर्को महत्वपुर्ण आकर्षण पोखरी जाने वाटोमा पाइने प्राकृतिक सुन्दरता हो । सो ठाउँमा विभिन्न मनमोहक र वास्नादार फूलहरु पाइन्छ । अन्य ठाउँमा नपाइने गोरखाली फूल पनि सो ठाउँमा देख्न सकिन्छ । अरु ठाउँमा नपाइने र गोरखामा मात्रै पाइने भएकाले पनि सो फूलको नाम गोरखाली फूल राखिएको स्थानियहरुले बताउँछन् ।
नारद पोखरी जाने समयनै जनैपुर्णिमाको बेला हो । उक्त समयमा वारपाकीहरुको भेडा नारद पोखरीको लेक वरपरनै चराउन लैजाने गरिन्छ । भेडीगोठ र विभिन्न चराचुरुङ्गीहरुको अवलोकन गर्दै नारद पोखरी पुग्न सकिने संयोजक घलेले बताइन् ।
 
"https://ne.wikipedia.org/wiki/नारद_पोखरी" बाट अनुप्रेषित