"सेलेना गोमेज" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति २२:
उनको पूर्व ब्यान्ड [[सेलेना गोमेज एण्ड द सिन]]सँग उनले ब्यान्डको प्रकाशित एलबमहरू मध्ये, किस एण्ड टेल (२००९), अ इयर्स विथआउट रेन (२०१०) र व्हेन द सन गोज डाउन (२०११) लाई [[बिलबोर्ड २००]] चार्टको शीर्ष १० मा पुगाउन सफल भएका थिए। एकल कलाकारको रूपमा, उनका दुईवटा एल्बमहरू स्टार्स डान्स (२०१३) र रिभाइभल (२०१५) बिलबोर्ड २०० को शीर्ष स्थानमा पुगेका थिए। उनका प्रकाशित गीतहरू मध्ये "कम एण्ड गेट इट", "द हट वान्ट्स ह्वाट इट वान्ट्स", "गुड फर यु", "सेम वल्ड लभ", "हेन्ड्स टु माइसेल्फ", [[चार्लि पथ]]सँग "वि डन्ट टक एनिमोर", र काइगोसँग "इट एन्ट मी" लगायतका ७ वटा गीतहरू [[बिलबोर्ड हट १००]]को शीर्ष १० मा पुग्न सफल भएका थिए। बिलबोर्डको एक प्रतिवेदन अनुसार, सेलेना गोमेजले ७ मिलियन भन्दा बढी एल्बमहरू र २२ मिलियन भन्दा बढी एकल गीतहरू बिक्री गरिसकेकी छिन्।<ref>{{cite web|url=http://www.billboard.com/articles/events/women-in-music/6745138/selena-gomez-women-in-music-chart-topper-2015|title= सेलेना गोमेज सन् २०१५ बिलबोर्ड चार्टकि उत्कृष्ट महिला|publisher=बिलबोर्ड|date=अक्टोबर २८, २०१५}}</ref>
 
गोमेजको अभियनय कार्यकाल, एनदर सिन्ड्रेला स्टोरी नामक सन् २००८ को अमेरिकी हास्य चलचित्रबाट शुरु भएको थियोे जहाँ उनिउनी प्रमुख भूमिकामा रहेकी थिइन्। त्यस्तै उनले अन्य चलचित्रहरू जस्तै: प्रिन्सेस प्रोटेक्सन प्रोग्राम (२००९), विजार्ड अफ वेभर्ली पलेस:द मुभी (२००९), रमोना एण्ड बिजस (२०१०), मोन्टे कार्लो (२०११), स्प्रिङ ब्रेकर्स (२०११), गेटवे (२०१३) र सन् २०१६ मा द फन्डामेन्टल्स अफ केरिङमा अभिनय गरिसकेकी छिन्। होटल ट्रान्सलिभेनिया चलचित्रमा उनले माभिस नामक एक चरित्रको रूपमा आफ्नो स्वर दिएकी थिइन्। गोमेजले सन् २०१० मा केमार्टको माध्यमबाट आफ्नै कपडा लाइन र सन् २०१३ मा आफ्नै शीर्षकमा रहेको अत्तर जारी गरेकि थिइन्। सन् २०१७ मा उनले "सेलेना ग्रेस" नामक हाते झोला एक सीमित-संस्करण सङ्ग्रह जारी गरिन् जुन उनले कोच, इङ्क सहयोगमा नमुना बनाएकी थिइन्। उनले वर्षौ सम्म विभिन्न दानी संस्थाहरूसँग काम गरेकी थिइन् जसले गर्दा उनी मात्रै १७ वर्षको उमेर छँदा युनिसेफको सदस्य बन्न पुगेकी थिइन्।
गोमेज सामाजिक सञ्जाल [[इन्स्टाग्राम]]मा अक्टोबर २०१८ सम्म सबैभन्दा बढी पछ्याइएकी प्रयोगकर्ता थिइन् र अक्टोबर २०१८ पछि उनलाई उछिन्दै पोर्चुगलका फुटबल खेलाडी [[क्रिस्टियानो रोनाल्डो]] सबैभन्दा बढी पछ्याइएका प्रयोगकर्ता बन्न सफल भएका थिए।<ref>{{cite web|url=http://mashable.com/2016/11/24/selena-gomez-power-of-vulernability/|title=कसरी सेलेना गोमेज पछि परिन्|last=गिलब्रिड|first=ट्रिकिया|website=म्यासएबल |accessdate=नोभेम्बर २६, २०१६}}</ref><ref>{{cite web|url=https://www.elle.com/culture/celebrities/a24402670/selena-gomez-cristiano-ronaldo-most-followed-instagram-user/|title=सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइएकी प्रयोगकर्ता बनिरहन असमर्थ |accessdate=नोभेम्बर १, २०१८}}</ref> गोमेजले उनको कार्यकालमा, अहिलेसम्म विभिन्न पुरस्कारहरू हात पारेकी छिन् जसमा उनले १ पटक एएलएमए अवार्ड, १ पटक अमेरिकी म्युजिक अवार्ड, १ पटक एमटिभी भिडियो म्युजिक अवार्ड, १ पटक पिपुल्स चोइस अवार्ड, २ पटक बिलबोर्ड वुमन इन म्युजिक अवार्ड र १८ पटक टिन चोइस अवार्डहरू हात पार्न सफल भएकी थिइन्।
 
"https://ne.wikipedia.org/wiki/सेलेना_गोमेज" बाट अनुप्रेषित