"सर्वपल्ली राधाकृष्णन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति ४३:
शिक्षाको क्षेत्रमा डा. राधाकृष्णनले दिएको योगदान अविस्मरणीय छ। उनी बहुमुखी प्रतिभाको धनी थिए। त्यसकारण उनी एक विद्वान, शिक्षक, वक्ता, प्रशासक, राजनयिक, देशभक्त र शिक्षा शास्त्री थिए, तथापि आफ्नो जीवनको उत्तरार्द्धमा अनेक उच्च पदहरूमा काम गर्दा गर्दै पनि शिक्षाको क्षेत्रमा उनी आफ्नो योगदान गरि रहे। उनको मान्यता थियो कि यदि सही तरीकाबाट शिक्षा दिईयो भने समाजको अनेक खराबीहरूलाई मेटाउन सकिन्छ।
 
उनी भन्दथे जब सम्म शिक्षक शिक्षा प्रति समर्पित र प्रतिबद्ध हुदैन र शिक्षालाई एक मिशन मान्दैनन् त्यसबेला सम्म राम्रो शिक्षाको कल्पना गर्न सकिदैन। उनले धेरै बर्षवर्ष अध्यापन गरे। एक आदर्श शिक्षकको सबै गुण उनमा विद्यमान थियो। उनको भनाई थियो कि शिक्षक त्यस मानिसलाई बनाईनु पर्दछ जो सबभन्दा धेरै बुद्धिमान छ। शिक्षकले मात्र राम्रो प्रकारले अध्यापन गरेर नै सन्तुष्ट हुनुहुदैन उसले आफ्नो बिद्यार्थीको स्नेह र आदर अर्जित गर्नु पर्दछ। शिक्षक भएको भरमा सम्मान पाईदैन, त्यसलाई अर्जित गर्नु पर्दछ।
 
उनको मृत्यु सन् १९७५ सेप्टेम्बर १७ मा भएको थियो।