"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति १:
{{नेपालको इतिहास}}
'''लिच्छवि काल''' प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० बर्षवर्ष) रहेको इतिहास पाइन्छ।{{cn}} कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री [[हुयान साङ]] को यात्रा वृत्तान्त अनुसार [[वैशाली]]बाट भागेर आएका केही वीर पुरुषले [[किराँत]]हरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र [[चाँगुनारायण मन्दिर]]का अभिलेखहरू अनुसार [[मानदेव]] लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, [[मानदेव]] भन्दा १६ पुस्ता अगाडि [[विक्रम_संवत| विक्रम संवतको]] दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। जयदेव प्रथम पश्चातका लिच्छवि राजाहरू हरीदत्त, वृषदेव, शंकरदेव र [[धर्मदेव]] हुन् । [[मानदेव]] पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन [[अंशुवर्मा]] र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।
==लिच्छविहरूको उत्पत्ति==
लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छविहरूले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरूलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरूको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरूका साथै लिच्छविहरू पनि शरणार्थीका रुपमा प्रवेश गरी किरातीहरूलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरू र आगन्तुक लिच्छवि, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छविहरूको नेतृत्वमा किरातीहरूसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरू मारिएको घटनाले पुष्टि गर्छ।
पङ्क्ति ३१:
 
==अन्त्यकाल==
प्रारम्भका [[लिच्छवि राजा]]हरू जस्तै अन्त्यतिरका लिच्छवि राजाहरू शक्तिशाली र लोकोपकारी भएनन्। लिच्छवि वंशलाई द्वैध शासनले पनि ठुलो असर पुरायो। राजा अंशुवर्मापछि नेपालमा द्वैध शासन चलेको थियो। यसै क्रममा ध्रुवदेव, जिष्णु गुप्त, भीमार्जुन-जिष्णु गुप्त र विष्णु गुप्तको संयुक्त शासन रह्यो भने [[नरेन्द्रदेव|राजा नरेन्द्रदेव]]लाई शक्तिशालि भारदारहरूले २० बर्षसम्मवर्षसम्म चीनमा विस्तापित् हुन् वाध्य तुल्याईएको थियो। चीनको सहयोगमा नरेन्द्रदेवले आफ्नो गुमेको राज्य पुन: प्राप्त गरेका थिए। नरेन्द्रदेवको शासन पछि जयदेवको पालामा सत्ता प्राप्तिको लागि भिष्ण संघर्ष भयो। द्वैध शासनले जर्जर भएकाले लिच्छविहरूले लोककल्याणकारी कार्यमा ध्यान पुर्याउने सकेनन्। लिच्छवि शासनको उत्तरार्धमा सामन्ती शोषणबाट जनता पिडित भएकाले लिच्छवि वंश र तत्कालिन सामन्तहरूको विरुद्धमा विशाल जनसंघर्ष हुँदा लिच्छवि वंश धराशायी भई नेपालमा ठकुरी वंशको स्थापना भएको मानिन्छ।
==सन्दर्भ सूची==
{{reflist}}