"फुटबल खेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
पङ्क्ति २२:
आधुनिक फुटबललाई [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]]मा ''द फुटबल एसोसिएशन'' (फुटबल संघ)को गठन संगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको ''लव्ज अफ द गेम'' (खेलको कानुन ) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ । अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा FIFA वा [[फिफा|एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ]] ले गर्छ । फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता [[फिफा विश्वकप|फिफा विश्व कप]] हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ । यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्व मा हेर्ने गरिन्छ र यसको दर्शक [[ओलम्पिक खेल|ग्रीष्मकालीन ओलम्पिक खेलहरु]] लाई हेर्ने दर्शकहरुको लगभग दुई गुणा बढी हुन्छ।
==इतिहास==
यो खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाईएको छ। त्यसबेलाको फुटबल खेललाई हार्पास्टोन भनिन्थ्यो। त्यसैगरी रोमनहरुले खेल्ने त्यस्तै किसिमको फुटबल खेललाई हार्पास्टुम भनिन्थ्यो। मध्ययुगमा इटलीमा फुटबल खेल खेलिन तथा बिकसित हुन थाल्यो। त्यसैताका पोलिनेसियाका बासिन्दाहरुले पनि बाँसका फाइबरबाट बनेका फुटबलले धेरै किसिमका खेलहरु खेल्ने गर्थे। एस्किमोहरु हिमाली झारपातका बिरुवाहरुको डल्लो बनाई फुटबल खेल्थे। आजभोलि खेलिने बिभिन्नविभिन्न किसिमका फुटबलहरु इंग्ल्याण्डमा खेलका रुपमा बिकसित तथा संयोजित भए। त्यसबेला नै पश्चिमा देशहरुमा फुटबल यति लोकप्रिय थियो की इंग्ल्याण्डका राजा एडबर्ड द्धितीयाले सन् १३१४ मा तथा हेनरी छैंठोले यो खेलमाथि प्रतिबन्ध नै लगाए।
त्यसरी फुटबल खेलमाथि प्रतिबन्ध लगाउनुको कारण चाँहि फुटबल खेलका कारण सिपाहीको क्षमता जोगाउनु थियो। त्यसबेला फौजका सिपाहीहरु फुटबल खेलप्रति अति आकर्षित थिए। सिपाहीहरु युद्धमा आवश्यक पर्ने सैनिक कला धनु बिद्यालाई बेवास्ता गर्न थालेका थिए। मध्यकालमा फुटबल खेलमाथि बिभिन्नविभिन्न सात जना शासकहरुले अलग अलग समयमा पटक पटक प्रतिबन्ध लगाएको इतिहास छ।
तर, प्रतिबन्धले यो खेलको लोकप्रियता तथा विकासलाई रोक्न सकेन। फुटबलले आधुनिक र ब्यबस्थित स्वरुप सन् १८६३ मा भएको हो। त्यसै बर्षदेखि इंग्ल्याण्ड फुटबल एशोसिएशनको गठन भयो। सन् १८७२ मा इंग्ल्याण्ड र स्कटल्याण्डका बीच पहिलो अन्तराष्ट्रिय खेल भयो।
पछि फुटबल एशोसिएशन कपको शुरुवात भयो। भारतमा डुरंड कप प्रतियोगिता आयोजना गरियो। यो प्रतियोगिता बिश्वको दोश्रो आधुनिक फुटबल प्रतियोगिता मानिन्छ। ओलम्पिक खेलमा फुटबल खेल सन् १८९६ देखि समावेश गरियो।
"https://ne.wikipedia.org/wiki/फुटबल_खेल" बाट अनुप्रेषित