"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा y
पङ्क्ति १०४:
 
==पर्यटकिय स्थलहरू==
यस ठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेराजस्तो उत्तरतिरको हिमाली शृङ्खला हुन्। संसारको पाँचै अग्लो हिमाल [[मनास्‌लु हिमाल|मनासलु]] यही भेकमा पर्छ । यहाँबाट [[धवलागिरी]]देखि गणेश हिमालसम्मको मनमोहक दृश्य देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदीनालाहरू, सम्म मैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदिले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ । यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्नविभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन् । साथै सौरपानी गा.वि.स. अन्तर्गत सिता गुफा पनि यक प्राक्रितिक गुफा हो जसबाट [[धादिङ जिल्ला]]को सिनानामा रहेको [[आरुघाट]] बजारको नजिकै [[बुढीगण्डकी नदी|बुढीगण्डकी]] नदीको साँगुको मुखैमा रहेको सानो गुफासँग जोडिएको छ भन्ने मन्तयता रहेको छ । साथमा राजा [[द्रव्य शाह]]को दरबार रहेको लिगलिगकोट अनि श्रीनाथकोट एवं २२ कोट हरू रहेका छन् । यस जिल्लाको उत्तरी भेगमा हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध श्री [[नारद पोखरी]] रहेको छ । हजारौं भक्तजनहरू बर्षंनी यहाँ रक्षाबन्धन अथवा [[श्रावण शुक्ल पूर्णिमा|जनै पुर्णिमा]]को दिनमा यहाँ स्नान गर्नको लागि ३/४ दिनसम्म पैदल यात्रा गरी यहाँ आएर ऋषि [[नारद]]मुनिको पूजा गर्छन् । [[लमजुङ जिल्ला]]को सिमानामा अर्को पोखरी रहेको छ । जस्को नाम [[दुधपोखरी]] हो यो पनि उत्तिकै प्रसिद्ध छ ।[[File:A traditional house in Gorkha.jpg|thumb|गोर्खा जिल्लामा खिचिएको एक परम्परागत घरको तस्बीर]]
यस पोखरीबाट निस्केको पानी आज चेपे नदी बनी गोर्खा र लमजुङको सिमाना छुट्याउन मद्दत गरको छ। [[नारद पोखरी]]बाट निकास भै आज गोर्खाको बिच भागबाट [[दरौंदी नदी]] बगेको छ जसलाई धर्मनदी पनि भन्ने गरिन्छ।<ref>{{cite web|title=गोरखा जिल्लामा रहेका प्रमुख पर्यटकीय स्थानहरु|url=http://www.nepaltoursdestination.com/places_to_visit/gorkha.php}}</ref>
 
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित