"कुमाल जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा y
पङ्क्ति ६:
 
=== '''परिचयः''' ===
नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरु मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरुमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको बिभिन्नविभिन्न जिल्लाको तराई र भित्री मधेशमा पनि यो जातिको बसोबास छ । हिमाली क्षेत्रमा भने यस जातिको बसोबास भएको पाईदैन ।
 
वि.सं.२०६८ को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमाल जातिको जनसंख्या १,२१,१९६ रहेकोमा जसमध्ये पूरुषतर्फ ५७,५२६ र महिलातर्फ ६३,६७० रहेकोछ । त्यस्तै गरी शहरी क्षेत्रमा बसोबास गर्र्ने कुमालहरुको संख्या १८,३५५ छ भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,०२,८४१ रहेकोछ । उच्च पहाडी क्षेत्रमा कुुल जनसंख्याको २,३६८ जना मध्यपहाडी क्षेत्रमा ६१,०५२ र तराई क्षेत्रमा ५७,७७६ जनसंख्याले बसोबास गर्दछन् । शारिरीक रुपमा सुसंगठित, बलिया पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद यस जातिको झिनो परिचय मान्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नतामा रुमालिएका यस आदिवासी जातिले राष्ट्रिय विकासको मूलधारमा समान अवसरको अनुभूति गर्न सकेका छैनन् ।
पङ्क्ति ३९:
आदिवासी कुमाल जाति धार्मिक प्रकृतिका सोझा जाति हुन् । यस जातिले खास गरेर हिन्दु धर्ममानै आस्था राखेको पाईन्छ । परमात्मा माथिको विश्वास, पापदेखि डर मान्ने, पुण्यमा आशा र भरोसा राख्ने, तन्त्रमन्त्र तथा धामी झॉक्रिको क्रिया प्रतिक्रिया प्रति विश्वास गर्दछन् । पछिल्लो समयमा कतै कतै धर्म परिवर्तन गरी क्रिश्चियन तथा अन्य धर्म प्रति आर्कषित भएको पनि पाईन्छ ।
 
==== कुमाल जातिले गर्ने बिभिन्नविभिन्न पुजाहरु ====
 
* कुलायन पुजा
"https://ne.wikipedia.org/wiki/कुमाल_जाति" बाट अनुप्रेषित