"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा
y
सा (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ))
सा (y)
[[चित्र:SunuwarMaleFemale.jpg|thumb|सुनुवार]]
[[चित्र:Limbuwomendrinktongba.jpg|thumb|लिम्बु]]
'''किराँत''' शब्दले नेपालका बर्तमान सुनुवार,लिम्बु ,राई, याक्खा जाती लाई जनाउँदछ। वेद व्यासले लेखेको संसारको वैदीक सनातन धर्म वेदमा समेत यस भुभागमा वस्ने जातीलाई कीरात भनी व्याख्य गरेको छ। शात्र अनुसार किरात अनआर्य जाती जुन धर्म बिहिन थियो। र सो किराँत भित्र बर्तमानमा धेरै थरहरू रहेको भनिए पनि प्राचीन किरात जाती सबै एक थिए।बर्तमानमाब१५/१६शताब्दी तिर नेपाल भित्रीएका माङ्गोल जातिले आफुलाई किरात भन्ने गरेको पाईन्छ।बर्तमन किरात हु भन्ने जातिका बिभिन्नविभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;<br>
प्रमुख जातिहरु
*[[सुनुवार जाति|सुनुवार]]
किराँत भनेको नेपालका प्रबजित जाति थियो.किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ भने भारतको असाम,बङ्गाल देखि लिएर त्रीपुरा सम्म रहेको छ. यो जाति भनेको नेपालको सबै भन्दा कम जनसङ्ह्य भाको जाति हो र नेपालमा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गर्ने यिनै जाती हुन. [[काठमाडौँ]]का गोपाल राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिए। त्यस्तो बेपार् अहिले सम्मको सरकार्ले पनि गर्न सकेको छैन । किनभने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो। र मुख्य कुर के भने किरात जातिको उद्द्गम स्थल पनि चिन नै भयेको अनुमान छ।[[चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार लाइ किरात उद्द्गम स्थल मानिएको छ। र त्यहा बाट शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ।
 
यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्नविभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सरण दिएर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्नविभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।
 
बिक्रम जित हसरत तथा अन्य केही विद्धानहरूले किरात शब्दको उत्पत्ति भूमध्ये सागरीय क्षेत्रमा बोलिने मोवाइट भाषाको किरीयाट भन्ने शब्दबाट अपभ्रंश भई किरात भएको उल्लेख गरेका छन् । किरातहरूको मूल बेबिलोन भएको र यिनीहरू ईसापूर्व २४०० तिर आफ्नो मूलथलो छोडी मेसोपोटामिया तर्फ लागेको मानिन्छ । कतिपयले किरातहरूको उद्गमस्थल अफ्रिकालाई पनि मानेका छन् भने पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत किरातहरूको उद्गम स्थलका रूपमा कतिपय इतिहासकारले मानको पाइन्छ । सामान्यतया हिन्दमहासागर र चीन आसपास क्षेत्रमा वसोवास गर्ने मानव नश्लको शारीरिक बनावट मिल्ने हुँदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको आसाम, नागाल्यान्ड, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने मंगोल जाति र नेपालको पूर्वी भागमा बसोबास गर्ने राई लिम्बू लगाएतका जनजातिहरूको शारीरिक बनावट एवं उद्गमस्थल एउटै रहेको अनुमान लगाउन सकिन्छ । इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरूलाई किरात कै शाखा मानेका छन् । किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार “मनाफेवामाङ” नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख भएको पाइन्छ भने नेपालको हकमा यिनीहरू बाहिरबाट नै नेपाल खाल्डोमा प्रवेश गरेका थिए ।
कुनै स्पष्ट प्रमाण नभएका कारण किरातहरूको ऐतिहासिकताका बारेमा यकिन भन्न सक्ने अवस्था छैन । एकथरी विद्धानहरू गोपालराज वंशावली, भाषावंशावलीहरू, पुराण एवं महाभारतमा उल्लेख भएको आधारमा मात्र सीमित भएर किरातहरूको बारेमा स्पष्ट एवं ठोकुवा गर्न नमिल्ने धारणा राख्छन् । यो समुहका विद्धानहरू यस कुराको पुष्टि गर्ने कुनै पनि पुरातात्विक स्रोतहरू प्राप्त नभएको र साहित्यिक सन्दर्भहरू कपोलकल्पित हुन सक्ने धारणा राख्दै किरात युग ऐतिहासिक युग नभई पौराणिक युग हो भनि मान्दछन् ।
 
उक्त धारणाका विपरीत अर्काथरी विद्धानहरू किरात कालका भनिएका कतिपय शाब्दिक अस्तित्व, लिच्छवि कालिन अभिलेखबाट प्राप्त संकेतहरू र ईशापूर्व का केही मूर्तिहरूको बनावट आदिलाई आधार मान्दै किरातकाल काल्पनिक नभई यथार्थ हुनसक्ने धारणा राख्दछन् । लिच्छवि कालिन अभिलेखमा उल्लेख भएका कुपासी (खोपासी), शङ्गा (सांगा), चङ्गु (चाँगु), तेङखु (टेकु), खोप्रिङ्ग (भक्तपुर), तेस्तुङ (टिस्टुङ) आदि नामवाचक शब्दहरू किरात शब्दहरू हुनसक्ने र लिच्छवि कालका केही प्रशासनिक ईकाइहरू मापचोक, कुथेर, शुल्ली र लिङग्वल जस्ता शब्दहरूले किरात कालिन जातीय तथा प्रशासनिक अस्थित्वलाई उजगार गर्दछन् । लिच्छवि राजा अंशुवर्माको हनुमानढोका अभिलेखमा किरात शब्द समेत देख्न सकिन्छ । पशुपतिको विरूपाक्ष मूर्तिको साक्षत रूप किरात आकार प्रकार झल्कने खालको हामी अहिले पनि देख्न सक्दछौं । यी यस्ता आधारहरूलाई मध्येनजरमा राख्दा किरात युग तथा सभ्यतालाई नेपालको ऐतिहासिक युग भन्न सकिन्छ । किनभने नेपालमा लिच्छवि भन्दा अगाडि किरातकालमा नै संगठित राज्य व्यवस्थाको जग बसिसकेको देखिन्छ । गोपाल र महिषपाल कालमा कृषि र पशुपालन जस्तो सभ्यताको सुरुवात भैसकेको र किरातकालमा आईपुग्दा राज्यव्यवस्थाको स्थिति संगठित भैसकेको देखिन्छ । किरातकालमा राजतन्त्रात्मक व्यवस्था अन्तर्गत बिभिन्नविभिन्न अड्डा अदालतको स्थापना, व्यापार, उद्योगधन्दा द्धारा संगठित आर्थिक व्यवस्था र वैदेशिक सम्बन्धको सुरुवात समेत भएको बुझिन्छ ।
 
किरातहरूका बारेमा बिभिन्नविभिन्न पौराणिक ग्रथहरूमा उल्लेख भएतापनि यस जातिको उत्पत्ति, नेपाल खाल्डो माथिको अधिन, राज्यव्यवस्था एवं सभ्यताका बारेमा यथेष्टरूपमा विश्लेषण गरी निष्कर्षमा पुग्न सक्ने आधारहरू अहिले सम्म प्राप्त नभएका कारण यसै भन्न सक्ने अवस्था भने छैन् । गोपाल वंशावलीमा तामाकोशी र सुनकोशी बीचको भूभागमा बस्ने किरातहरूले महिषपालहरूलाई जिती नेपाल खाल्डोमा आफ्नो राज्य कायम गरेको उल्लेख पाइन्छ । भाषावंशावलीमा “म्लेच्छ” जातिका किरातीहरू पूर्वबाट महाप्रतापसँग आई महिषपाल राजासँग युद्धमा जिती नेपालका राजा भया भनि उल्लेख गरेको र प्रथम किराती राजा यलम्वर भनी उल्लेख गरेका छन् । यी सबै आधारबाट महिषपाल वंशका अन्तिम राजा भुवनसिंहलाई पराजित गरी किरातहरूले आफ्नो राज्य स्थापना गरेको देखिन्छ । तर समयको भने कुनै श्रोतमा उल्लेख भएको पाईदैन । ईशापूर्व १२०० तिर किरातहरूबाट नेपाल खाल्डोमा आक्रमण गरिएको भन्ने अनुमान गरिएको छ ।
 
किरात शासकहरूको संख्या विभिन्न श्रोतहरूमा २४ देखि ३२ जना सम्म उल्लेख भएको पाइन्छ । ३२ जना शासकलाई प्रति शासक २५ वर्ष मानी हिसाब गर्दा यस शासन कालको अवधि ८०० वर्ष हुन आउँछ । यसबाट ४०० ईशापूर्व सम्म किरात काल रहेको हुनसक्छ । तर यो अनुमान भरपर्दो भने देखिदैन् किनभने ईस्वी सम्वत्को पहिलो शताब्दीमा मात्र लिच्छविहरूले किराती शासकलाई पराजित गरेको भन्ने भएबाट बीचको अवधि शासक बिहीन देखिन्छ । पक्कै पनि यो समय शासन बिहीन त थिएन नै, यस्तो देखिनुमा समयको यकिन हुन नसक्नु नै मुख्य कारण हो । इतिहासविद् केदारनाथ प्रधानले लिच्छवि कालको प्रारम्भ ४०० ईशापूर्व मान्नुपर्ने तर्क राख्दै किरातकालको अन्तिम समय ईशापूर्व ४०० मान्नुपर्ने तर्क राख्छन् । यस आधारमा किरात काल ८०० वर्ष, महिषपाल १०० वर्ष, र गोपाल काललाई ३०० वर्ष गरी १६०० ईशापूर्व देखि ४०० ईशापूर्व सम्मको काललाई दासकाल भनी अनुमान गर्नुपर्ने तर्क उनको छ ।
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/874873" बाट अनुप्रेषित