"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: श्रीलंका → श्रीलङ्का स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३५:
}}
[[image:Wild Buffalo.jpg|thumb|300px|right|कोशी टप्पु वन्यजन्तु आरक्षमा पाईने अर्ना]]
'''कोशी टप्पु वन्यजन्तु आरक्ष''' कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो। यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष [[सुनसरी जिल्ला|सुनसरी]], [[सप्तरी जिल्ला|सप्तरी]] र [[उदयपुर जिल्ला|उदयपुर]] गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र १२/१२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ।
 
नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको हो। मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको ([[सुनसरी जिल्ला|सुनसरी]], [[सप्तरी जिल्ला|सप्तरी]], [[उदयपुर जिल्ला|उदयपुर]]) १६ वटा गाउँ विकास समितिहरू समेटिएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहेको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन्।
 
यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौं राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको [[सुनसरी जिल्ला|सुनसरी]] जिल्लामा [[सप्तकोशी नदी|सप्तकोशी]] को तमा अवस्थित छ। यो आरक्ष २०३२ साल (सन १९७६) मा लोपोन्मुख अवस्थामा रहेका [[अर्ना]] (जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो। कुल क्षेत्रफल १७५ वर्ग कि.मि. भएको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यसको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ। राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।
पङ्क्ति ४७:
कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यत: घाँसे मैदानले भरिएको छ। साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन्। मुख्यत: लोपोन्मुख अवस्थामा रहेका [[अर्ना]] (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: [[हरिण]], [[रतुवा]], [[निलगाई|नीलगाई]], [[बँदेल]], [[बाँदर]], [[अजिङ्गर|अजिंगर]] आदि जनावरहरू पाइन्छन्।
 
विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज (swamp partridge), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा [[रुस|रूस]]को साईवेरिया, [[मङ्गोलिया|मंगोलिया]], [[चीन]], [[तिब्बत]], [[काजकस्तान]], [[अफगानिस्तान]], [[स्पेन]], [[इरान]]बाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (Gangetic dolphin) पनि पाइन्छन्।
 
==अर्नाको राजधानी र चराहरूको स्वर्ग==
पङ्क्ति ५३:
[[सिसौ]], [[खयर]] र [[सिमल]]का रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु [[सिमसार]] भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ। यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ। यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।
 
नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन। विश्वमै कहीँ नपाइने [[स्वाम प्याष्ट्रिज]] नामक चरा यहाँ पाइन्छ। कात्तिकदेखि फागुन महिनासम्ममा [[रुस|रूस]], [[श्रीलंका|श्रीलङ्का]], [[भारत]], [[तिब्बत]] आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन। केही समय यहाँ बास बसेपछि यी चराहरूले [[पाकिस्तान]], [[अफगानिस्तान]] हुँदै [[अफ्रिका]], [[युरोप]]तिर बेग हान्ने चरा अध्येताहरू बताउँछन। कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै [[कर्याङ–कुरुङ सारस|कर्‍याङकुरुङ]], [[सारस]], [[पानीहाँस]] हुलका हुल देख्न पाइन्छ। डल्फिन र [[घडियाल]] गोही पनि कोश टप्पुका आकर्षण हुन।
 
कात्तिकदेखि फागुनसम्म [[अर्ना]] र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ। यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ। अझै हात्ती चढेर आरक्षण र नजीकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ। तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो। आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिको र्‍याफ्टिण्ङ समेत तान्नसक्छ। काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा र्‍याफ्टिङ गर्दै बराहक्षेत्र-चतरा निस्केर कोशीटप्पु भ्रमण गर्न सकिन्छ। धरानबाट २६ किमी उत्तर मूलघाट गएर र्‍याफ्टिङ गर्दै चतरा भएर कोशीटप्पु समेत झर्न सकिन्छ। चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ।