"हर्रो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्लाई + यसलाई )
पङ्क्ति ५२:
*हरडः हर्रो को नामबाट हामी सबै परिचित छौ। यस्को बोट जत्रतत्र पाइने गर्दछ। यस्को रङ्ग कालो तथा पहेंलो हुन्छ। यस्को स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ। आयुर्वेदिक मतानुसार हरडः हर्रोमा पाँचै रस- मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानुसार हरड को रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०%, टैनिन एसिड ३०-४५%, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ। ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन्:-
*हरड को टुक्रो चपाएर खानाले भोक बढ्दछ।
*सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा)नष्ट हुन्छ। अवस्था अनुसार यस्लाईयसलाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाईयसलाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।
*सानो हरडलाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।
*काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।
"https://ne.wikipedia.org/wiki/हर्रो" बाट अनुप्रेषित