"स्वस्थानी व्रत" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंगहरू +अङ्गहरू)
पङ्क्ति ४५:
यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउछ, तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता संगै मेरो पनि पूजा गर्नु भनि श्री महादेव बाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछी १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यतिगरी सके पछी श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्णहुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरीएको छ ।
 
आजको युगमा हाम्रो समाज घोर भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको ब्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भईरहेको छ । यस्तो अवस्थामा हामी सवै धर्मप्रेमी महानुभावहरुले आफ्नो संस्कृति जोगाइ राख्ने प्रयास गर्नु पर्दछ । आफ्ना संतति हरूलाई हाम्रा रीति–स्थिति पर्व, परम्परा, अनुशासन, र कर्तव्यको बोध गराउनु पर्दछ । यो श्री स्वस्थानी माताको व्रत कुनै अन्धविश्वासी कर्मकाण्ड होइन । यो प्रत्यक्ष वैज्ञानिक पनि हो । यसले प्रत्येक स्त्री–पुरुषलाई भित्रै देखि इमानदार, कर्तव्यनिष्ठ, निरपराधी र अनुशासित बनाउनमा प्रत्यक्ष फाइदा पुर्याएकै हुन्छ । १ महिना सम्म १ छाक मात्रै भोजन ग्रहण गर्नाले पेट भित्रका विभिन्न पुराना रोगहरू स्वतः ठिक हुन्छन् । यो बेला भोजन पचाउन प्रयोग हुने ऊर्जालाई फुर्सद मिल्नाले पेटभित्रका विभिन्न अवशिष्ट पदार्थलाई निस्कासित गर्ने र रोगग्रस्त अंगहरूअङ्गहरू लाई मर्मत गर्ने अवसर मिलेको हुन्छ भनी वैज्ञानिकहरूले स्वीकार गरेका छन् । उपवासको अवधिमा पेटभित्र वर्षौ देखि संचित भएको मल निस्काशन हुने हुँदा पानी भने प्रसस्तै पिउनु पर्दछ भन्ने वैज्ञानिकहरूको धारणा छ । बढी पानी नपिए शरीरलाई हानी हुन सक्ने कुरा वैज्ञानिकहरू बताउछन् । ईश्वर र धर्म प्रति खासै आस्था नराख्ने हाम्रो अहिलेको नयाँ पुस्ता घोर नास्तिक र अश्लील बन्दै गएको छ । संसारमा जति पाश्चात्य संस्कृतिको अनुकरण र नास्तिकता हिन्दु धर्ममा मौलाएको छ, त्यति अन्य धर्ममा नभएको एक सर्वेक्षणले देखाएको छ । यस्तो अवस्थामा हामी सवै संस्कृति पे्रमी, धर्म प्रेमी र देश प्रेमी जनताहरूले आफ्नो धर्म र संस्कृति जोगाई राख्न आ–आफ्नो तर्फबाट समुचित कदम चालिएन भने निकट भविष्यमा हाम्रो संस्कृति र धर्म इतिहासमा मात्रै सीमित नरहला भनेर भन्न सकिन्न ।
<ref>http://www.nepalsamuha.com/swastani-brata-started.html</ref>