"हलेसी महादेव" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ३३:
}}
 
'''हलेसी महादेव''' [[नेपाल]]को एक प्रसिद्ध [[हिन्दू धर्म|हिन्दू]] एवं [[बुद्ध धर्म|बौद्ध]] तीर्थस्थल हो । यो स्थान [[सगरमाथा अञ्चल|सगरमाथा]] अञ्चलको [[खोटाङ जिल्ला|खोटाङ]] जिल्लाको सदरमुकाम [[दिक्तेल नगरपालिका|दिक्तेल]] देखि करिब ९ कोस पश्चिम अवस्थित [[हलेसी तुवाचुङ नगरपालिका]] को केन्द्र [[दुर्छिम]] [[छापडाँडा]] बाट पूर्व नगरपालिकाको वडा नं ७ [[महादेवस्थान, खोटाङ| महादेवस्थान]] हलेसी गाउँ मा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको [[पशुपतिनाथ मन्दिर|पशुपति]], बौद्धमार्गीले दोस्रो [[लुम्बिनी]] अथवा [[मरातिक गुफा]] र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, [[तुवाचुङ जायजुम]] [[मलाथुम्की]] र [[रूपाकोट डाँडा]] जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्णमहत्त्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासु राक्षसबाट बचाउन [[मोहनी अवतार|मोहनी]] रूप धारण गरी भगवान [[विष्णु]] कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ [[राम नवमी]], [[बालाचतुर्दशी|बाला चतुर्दशी]], [[महाशिवरात्रि|शिवरात्री]] र [[तीज]] गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।<ref name= "नागरिक">{{cite web|url=http://nagariknews.com/nagarik-sanibar/story/25075.html|title=नेपालको घुम्नैपर्ने १३ गन्तब्य|publisher=नागरिक न्युज|accessdate=2014-09-22}}</ref>
==गुफाको भौगोलिक स्वरुप ==
महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाविसको नाम [[महादेवस्थान, खोटाङ|महादेवस्थान]] रहन गएको हो । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र [[गणेश]]को प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा [[पार्वती]]ले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंम्वदन्ती छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्वकामहत्त्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् । यहाँ एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा अवस्थित छ । यस थुम्कोलाई कैलाशपर्वत भन्ने गरिन्छ । यो थुम्कोको परिधी झन्डै एक किलोमीटर जति छ र उचाई २०० फिट जति छ । यो थुम्कोमा अर्को एउटा ठूलो गुफा छ । यसलाई बसाहाथान भनेर चिनिन्छ ।जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा आज पनि एउटा अजङ्गको चट्टान छ र यसैलाई बसाहा भनी पूज्ने गरिन्छ । बसाहाथानको गुफा कैलाशपर्वत भनिने थुम्कोको फेदतिरबाट तेर्सो छेडिएर जाँदै झण्डै १५० फिटमा पुगेपछि अङ्ग्रेजी अक्षरको एल (L) जस्तो ९० डिग्रीको कोणमा ठाढै उठेर छिचोल्दै आकाशमा निस्किएको छ । यसको तेसरो लम्बाई २२० र ठाडो मुख करिब ९० फिट जति अग्लो छ । यो गुफाको मुखबाट एकै चोटी ८/१० जना सजिलै पस्न सकिन्छ । यसको गर्भ झण्डै ४५ फिट चौडा छ । आकाशतिरको मुख धेरै चौडा छ । यस्को कुना काप्चाबाट पानी रसाएका छन् । एक ठाउँमा भित्तामा [[गाई]]का थुनहरू जस्तै चुनढुङ्गाका पग्लँदै गरेका जस्ता चुच्चा आकृतिहरू देखिन्छन् । त्यसबाट चुनमिश्रित चौलेनी रंगको पानी टप्कने गर्दछ । भक्तजनहरू त्याहाँ 'दुध देउमाई’ भन्दै दुध थाप्दछन् । भनाइ छ भाग्यमानीको हातमा [[दूध]] चुहिन्छ । नभन्दै केहीका हातमा चौलेनी जस्तो चुनपानी हातमा खस्ने पनि गर्दछ । धर्मभीरू भक्तजन यसलाई कामधेनुको दुध भन्छन् भने भौतिकवादीहरू उता महादेवथानमा महादेवलाई चढाएको दुध रसाएर यता चुहिएको हो भनी अड्कल काट्दछन् । महादेवथानको गुफा बसाहाथानको गुफाको आकाश पट्टिको मुख नजिकै नै उत्तरपट्टी खाल्डे आकारमा अवस्थित छ । यसको ७०/८० फीट तल सतहमा मैदान परेको भाग छ । त्यहाँ नै बीचमा प्राकृतिक चोसे आकृतिमा हलेसी महादेव लाई देख्न सकिन्छ । जसलाई युगौंदेखि भगवान महादेव भनी पूज्ने गरिएको छ । यसको ठीक माथि गुफाको सिलिङ्गमा चुनढुंगा पग्लिंदै गरेको जस्तो घोप्टे चुच्चाहरू छन् जसबाट निरन्तर चौलेनी रङ्गको पानी तप्किरहेको हुन्छ । माथिका चुच्चाहरू कामधेनुको थुन र पानीलाई उनैका दुध महादेवलाई स्नान गराउन खसेको हो भन्ने किमवदन्ती र जनविश्वास छ । मूर्ति वरीपरीका भाग मैदान परेको छ । यसलाई पहिले बाहिरबाट माटो ल्याई पुरेर बनाइएको हुनसक्छ । यस मैदानी मागमा एकै चोटी बीसौं रुद्रीहरू गर्न सकिन्छ । गुफाको सतहसम्म वर्लनको लागि कृतिम १०२ वटा खुड्किलाहरू बनाइएका छन् जो भर्यांग जत्तिकै ठाडो कोणमा छ । गुफाका शिलिङ र भित्ताहमा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरू छन् । कहीं मूर्तिहरू जस्ता बनेका छन् । कहीं माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरू बनेका छन् । ती मूर्तिहरू जस्ता आकृतिहरूलाई महादेवका परिवार सप्तर्षी नन्दी भृंगी र तेत्तिसकोटी देउताहरू भनेर पूज्ने गरिन्छ भने दुलाहरूलाई पापद्वार धर्मद्वार जन्मद्वार घोप्टेद्वार आदि भनेर पूज्ने र छिर्ने गरिन्छ । त्यस्ता द्वारबाट धर्मात्माहरू मात्र छिर्न सक्छन् र पापीहरू बीचमा अड्कन्छन् भन्ने धार्मिक विश्वास छ । अड्कनेहरूले आफ्नो पापको बारेमा ओकले पछि मात्र छुट्छन् भन्ने भनाई छ ।
बसाह गुफा महादेव गुफादेखि करिव सय मिटर पश्चिमतिर करिब २ सय २० फिट लामो र ५० फिट चौडाइमा फैलिएको बसाहा गुफा छ । एकैपटकमा सयौं जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिब २ सय १० फिटभित्र प्रवेश गरेपछि खुला र उज्यालो समथर भूभागमा पुगिन्छ । जहाँ चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ । त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेवसँग दूध माग्ने प्रचलन छ । दूध माग्दा भाग्यमानीको हातमा दूध र अभागीको हातमा पानी झर्ने विश्वास गरिन्छ । त्यस्तै सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति छ । बसाहा गुफामा नन्दी भृंगीको मुर्ति, गौरीशंकर, गोमन सापलगायतका प्राकृतिक मूर्ति पनि छन् । भैरव गुफा महादेव गुफादेखि करिब ३० मिटर पूर्वतिर आकर्षक भैरव गुफा छ । यस गुफाको पनि आफ्नै महत्वमहत्त्व र विशेषता छ ।<ref name = "नागरिक"/>
 
==उत्पत्ति प्रसंग==
"https://ne.wikipedia.org/wiki/हलेसी_महादेव" बाट अनुप्रेषित