"शाह वंश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व) |
||
पङ्क्ति २८:
केहि सहरिया ठकुरीहरूले आफुलाई राज परिवारको नजिक देखाउन तत्कालिन राज परिवारले जे जे गर्छन् आफुहरुले त्यसै गरे | जसो तसो बाहुन बाजे उसो उसो स्वाहाः भन्दै अगाडि बढ्दै गए पनि | गाउँ-गाउँमा रहेका ठकुरीहरू पनि त्यहि सिको गर्न ठकुरीहरुलाई नै आत्तुरी भयो त्यसैले दौडेर वाहुन पण्डितको खुट्टा समात्न पुगे | यो प्रवृत्ति गाउँ गाउँबाट दरवारिया हुन र विकसित हुन पनि उक्साहट गरियो | जसको फलस्वरूप ठकुरीहरूले बाबुसाहेव बन्ने रहरमा आफ्नो भेषभुषा विर्सिए र छाडी पनि दिए भने त्यो अहिले यस्ता संस्कार ठकुरीले खोज्नु परेकोले राउटे, कुसुण्डा र मगर संगहातेमालो गर्नै पर्छ भने उता मगरहरुले आफ्नो भाषा र चाल चलन सुरक्षित त राखे तर वंशको खोज तलास गर्दा ठकुरीहरु ( खान, शाह, सेन, उच्चै , समाल , चन्द, मल्ल , वंशी, ) आदि जस्ता वंशसंग जोडेर हेर्नै पर्ने हुन्छ | इतिहास खोज्दा ठकुरीका थर नखोतली मगरको इतिहास नै अपुरो हुन जान्छ र ठकुरीले पनि मगरको इतिहाससंग नजोडी सुखै छैन | इतिहासमा नुवाकोटे ठकुरीहरू वैश्य थिए भनेको वाहुनले चलख्याई गरेर मगर हुन् भन्न खोजेका हुन | इतिहासमा भएको यो घटनालाई प्रष्टाउन अहिलेका इतिहासकार पनि सर्माउछन | विपिन अधिकारी र रमेश ढुंगेलहरुले दाँत चपाएर बोल्छन | यसरी दाँत चपाएर वोल्ने वाहुनवाद र वादेहरु अहिले जनजाति हुँ भन्नेहरुले पनि गायत्री मन्त्र घोकेको झैँ फरर फह्राउछन |
मगर जातिको नाम‘ 'मगर' कसरी रहयो भन्ने कुरामा अहिले सम्मको सबै भन्दा पुरानो र भरपर्दो आधार जुम्लाका राजा पूण्य मल्लको कनकपत्र १२५८ मा‘ महाराजिः, महरा, महतो, मगर राजाहरूको उल्लेख भएको ताम्रपत्र नै हो । (खिलध्वज थापा मगर, मगर जाति एक ऐतिहासिक रुपरेखा) यहा मल्ल जातिकाको शाषकले नै मगर शब्दको नै पहिचान जोगाएका हुन भन्ने यो प्रमाणले देखाउछ |
मगर र ठकुरीको समाल, उचै, रुचाल, सुर्यवंशी आदि जस्ता थर पनि दुवै जातिमा पाइन्छ | त्यसैले माथिका दाजुभाइ र वंशका भनाइहरु सुन्नमा आउँछन | यस्तो चर्चा हास्यास्पद ठान्ने दुवै समुहमा पाइन्छ तर यस्ता विषय वस्तुले विषेश
त्यस्तै विभिन्न इतिहासकारहरू गोरखा राजवंशावली झूटो, मनगढन्त र प्रमाणहीन भएको मान्दछन् ।
==राज्य विस्तार ==
यशोब्रम्ह शाहका कान्छा छोरा [[द्रव्य शाह]]ले सन् १५५८ मा गोर्खा, [[लिगलिगकोट]]का घले राजवंशलाई समाप्त गरी पूर्वतर्फ शाहवंशीय राज्यविस्तारको वीजरोपण गर्दै सन् १५५९<ref name=UJ/> मा (विसं १६१६)<ref name=hamrogorkha/> गोर्खा राज्यको स्थापना गरेका थिए । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घलेहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमिका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रयाशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै
प्राचीन कालदेखि नै काठमाडौँ कृषि तथा तिब्बत र भारतवीचको व्यापारका निम्ति
== नेपाल एकिकरण ==
पङ्क्ति ४६:
== एकिकरण पश्चातको नेपाल ==
{{POV}}
[[पृथ्वीनारायण शाह]]द्वारा बसालिएको २४० वर्ष पुरानो शाह वंश जेठ १५, २०६५ का दिन नेपाली जनताको चाहना र वलिदानमा समाप्त हुनगएकोछ। शाह वंशको उदय र पतनको इतिहासमा अब पूर्णविराम लागेको छ। शाह वंशको पतन कसरी हुन गयो त? अब यसको अनुसन्धान र विश्लेषणको जिम्मा इतिहासकारहरूको काँधमा आएको छ। निश्चय नेपालको एकीकरण र त्यसमा शाह राजाहरूको नेतृत्वको योगदानलाई इतिहासले विर्सनेछैनन्। तर एकीकरणसंगै एकीकरणको निरन्तरता आवश्यक पर्ने परिप्रेक्षमा सो हुन नसक्नु नै प्रमुख मुद्दा उठिरहेको आजको अवस्था हो। युद्धमा विजय हुन्छ भने त्यो विजयको कारक नेतृत्व र फौज दुबै हुन्छ। विजयपछि नेतृत्वले फौजलाई कदर नगर्ने हो भने नेतृत्व आफैं खतरामा हुन्छ। शाह वंशको पतन हुनुमा एकीकरण काल तथा त्यसपछिका समयहरूमा शाहवंशीय राजाहरूलाई पसिना र रगत दिने जनताको उपेक्षा नै सबैभन्दा ठूलो कारण देखिन आउँछ। गण्डक क्षेत्रका जनता एकीकरणपछि उपेक्षित बनेका थिए। युद्धमा शहिद बनेका कैंयौं वीर योद्धाहरूको सपना र चाहनाको उपेक्षा गर्दै शाह राजाहरू काठमाडौँ उपत्यकाका दरवारहरूमा विलासी जीवनमा लिप्त बने। केही बर्ग र आसपासेको माध्यमबाट जनतालाई घुमाउन सकिन्छ भन्ने भ्रममा परे। अझ राणा शासकहरू एकीकरण गर्न वलिदान दिने जनताको रगत र पसिनाको उपेक्षा मात्र होइन जनतालाई नांगो खुट्टामा भारी बोक्न लगाउने, अशिक्षाको अन्धकारमा थुनिराख्ने नियतमा उद्दत देखियो। एकीकरणमा गण्डक क्षेत्र मात्र होइन राप्ती क्षेत्र तथा सुदुर पश्चिमका युवाहरूको पसिना रगत बगेको थियो। ती क्षेत्र एकीकरणपछि गण्डक क्षेत्र भन्दा बढि उपेक्षित बने। त्यसरी नै मध्य क्षेत्रका नेवार तथा तामाङजस्ता
नेपालको एकीकरण भयो तर नेपालीको एकीकरण हुन सकेन। भौगोलिक रूपले एकीकरण गरिए पनि भावनात्मक तथा आर्थिक एकीकरण हुन सकेन। आर्थिक भेदभाव, जातिय भेदभाव, साँस्कृतिक भेदभावको कटौति होइन बढावा दिइयो। यसमा राणाहरू आफैं भेदभावका उदाहरण बने। जंग बहादुर स्वयं कुंवरबाट राणामा उक्ले। जात दिने, जात खोस्ने गजबको परम्परा नेपाली जनतामा लादियो। पहाडी मधेशीवीचका भेदभावहरू बढे, जाति-जातिवीचको भेदभावहरू बढे। नेपालीहरूलाई विकास र सद्भावका निम्ति होइन जातीय भेदभावका प्रतिस्पर्धी बनाइए। एक धर्मलाई प्रश्रय, आश्रय अर्कोलाई निम्न, नीच तुल्याइयो। एक संस्कारलाई सम्मान अर्कोलाई तिरस्कार दिइयो। नेपालीहरू नेपालमै परदेशी बने। ठूलो संख्याका नेपालीहरूले आफ्नै देशमा अपनत्वको अनुभूति पाएनन्। आत्मा सम्मान र जन जिविकाका लागि स्वदेश भन्दा विदेशलाई चुम्नु पर्ने स्थिति देखा पर्यो। यस्तो विकराल स्थितिमा नेपाली जनताले परिवर्तन खोजेका थिए ।<ref name=UJ>{{cite web|url=http://ebenezer.org.np/client/index2.php?action=history&id=68|title=नेपालमा शाहवंशीय राज्यसत्ताको उदय र पतन, Date: 2008-05-30-यूजे गुरूङ, वीरेन्द्रचोक, काठमाडौँ | publisher='''यूजे गुरूङ'''}}</ref>
|