"मारुनी नाच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ४०:

===पौराणिक गीतहरू===
मारूनी नाचमा प्रार्थना गीतहरू पछि रामायण, [[महाभारत]], कृष्ण चरित्र जस्ता पौराणिक कथामा आधारित गीतहरू गाएर नाच्ने परम्परा छ । नयाँ घर बनाएको खुसियालीमा नाच्दा, बालको न्वारन तथा पास्नीमा नाच्दा र देवी देवताको मन्दिरहरू नाच्दा पौराणिक गीतहरूको बढी महत्वमहत्त्व हुन्छ । पौराणिक गितहरूमा रामायण र कृष्ण चरित्रका गीतहरू धेरै प्रचलनमा रहेका पाइन्छन् ।
;रामायण गीतहरू:मारूनी नाचको रामायण गीत भगवान [[राम]]को लीलामा आधारित गीत हो । यस गीतमा भगवान राम जन्मनु भन्दा पहिले देखि [[रावण]] मारेको कथालाई श्रृङ्खलाबद्ध रुपमा प्रस्तुत गरिन्छ । रामायण गीतको नाच नचाउन सिङ्गो दिन लाग्छ । गीत गाउँदा गीतको लय र ताल कहिले ढिलो र कहिले छिटो हुने भएकाले हेर्ने दर्शकहरूका लागी पनि रमाईलो हुन्छ । यस गीतको नाचमा नाच्ने र गाउँनेहरूलाई पनि आनन्द आउँछ । रामायण गीतको बीच बीचमा ख्याली गीत र मझौटे गीतहरू पनि प्रस्तुत गरेर नचाउने गरिन्छ । रामायण गीतका केही चरणहरू यस्ता छन् :-
''वशिष्ठ गुरुजीलाई बोलाई पो ल्यायो घोराई -२, चिना हेरन
हे हे पहले ज लेखौ श्री मा श्री, श्री माथी दुवो अक्षेता
हा हा बिते काल भई पो सक्यो छैन हामीलाई पुत्र फल
हा हा साठी बरिष पुगीमा सक्यो, छैन हामुलाई पुत्र फल
हा हा हुन्छ पुत्र -२, दशरथ राजालाई हुन्छ पुत्र
हे हे सुमेरू पर्वतमा गई, पुत्रफल ओखती खोजी ल्याई
हा हा देउन गुरुजी -२, पुत्र फल ओखती देउन गुरुजी
हे हे जेठी रानी कौशिला कान्छी पियारी कैकेयीलाई देउन गुरुजी
हा हा यिनैको दासी भईमा बस्यो हामी रानी सुमित्रा
हे हे दोनो भाग तीनैमा लगाई देउन गरुजी पुत्रफल ओखती
हा हा देउन गुरुजी -२, यिनै तिनै रानीलाई देउन
हे हे देउन गुरुजी पुत्रफल ओखती देउन गुरुजी
गर्भ रह्यो आज -२, यिनै तिनै रानीलाई गर्भ रह्यो
हे हे एकै मास दुवै र महिना गर्भ रह्यो -२''
<ref name = "मारुनी"/>
उपरोक्त गीतहरूमा [[अयोध्या]]का राजा दशरथलाई धेरै वर्षसम्म पुत्र नभएकोले राजाका कुलगुरु [[वशिष्ठ ऋषि|वशिष्ठ]] ऋषिलाई दरबारमा बोलाएर राजा दशरथको चिना हेर्न लगाइयो । गुरु बशिष्ठले पहिले श्री लेखेर त्यसमाथी दुवो अक्षता राखी चिना हेरे । गुरु वशिष्ठले राजा दशरथको चिना हेरे पछि सुमेरू पर्वतमा गएर पुत्रफल ओखती ल्याएर रानीलाई खान दिएमा राजा दशरथको छोरा हुनेछन् भने । राजाको आज्ञा अनुसार सुमेरू पर्वतबाट पुत्रफल ओखती ल्याएर राजा दशरथकी रानी कौशिला र कैकेयीलाई बाँडेर दिन लागेको समयमा अर्की रानी सुमित्राले जिवन भर दाशी भएर बसेकीले आफुलाई पनि छोरा चाहिएको इच्छा प्रकट गरिन् । सुमित्राको कुरालाई मानेर राजा दशरथको आज्ञा अनुसार गुरु वशिष्ठले पुत्रफल ओखती तिन भाग लगाएर तिनवटै रानीलाई दिए पछि तिनवटी रानीलाई गर्भ रहेको कथा उल्लेख गरिएको छ ।
''बारहै बरषको सोमवारे औँसी लैजाउ लैजाउ श्रवण तिरथ घुमाउन''
यो गीतमा बाह्र बर्षमा एक पटक सोमती आमावस्या परेकोले यो पुण्य तिथीमा [[श्रवण कुमार]]का आमा बाबुले तिर्थ घुम्ने इछ्छा प्रकट गर्छन् ।
''हा हो शिव शिव राम राम बनिजलाई बाण लाग्यो''
यो गीतमा श्रवण कुमारले आफ्ना आमा बाबुलाई घुमाउन लगेको क्रममा जंगलको कुवामा पानी भर्दा राजा [[दशरथ]]को बाण लागेर घाइते श्रवण कुमारलाई देखेर राजा दशरथले पश्चाताप गर्छन्।
''बाहिर बस्यो लक्षुमन भित्र पस्यो राम
हेर दाजु राम चन्द्र देहलीका थाम
हेरें भाइ लक्षुमन लेख्यो वनवास''
यो गीतमा रामलाई राजा दशरथले वनवासको आज्ञा गरेका दिन [[राम]] र [[लक्ष्मण]] दरबार प्रवेस गर्दा राम भित्र पसे भने लक्ष्मणले दैलो अथवा देहलीमा रामले वनवास जानु पर्ने सूचना टाँसेको देखेर दुइ भाइले आपसमा कुरा गर्छन् ।
''लैगो लैगो सिता लैगो, लङ्कापति रावन्नेले सिता लैगो''

"https://ne.wikipedia.org/wiki/मारुनी_नाच" बाट अनुप्रेषित