"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति १६:
==नेपाली राष्ट्रिय-झण्डाको इतिहास==
 
सनातन धर्मावलम्बी [[हिन्दू धर्म|हिन्दू]]हरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, अर्थात् त्यस राज्य उपर विजय हासिल गर्नु। [[पृथ्वीनारायण शाह|राजा पृथ्वीनारायण शाह]]ले आफ्नो [[दिव्योपदेश]]मा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झ्ण्डाको भन्दा राजछत्रको बढी महत्वमहत्त्व हुने गरेको छनक पाइन्छ।
 
नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। [[लिच्छवि काल|लिच्छवि राजाहरू]]ले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। [[इन्द्रजात्रा]]को दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएकै छ। हाम्रा सम्पूर्ण वैदिकवाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन्। पहिलेका राजाहरूले आफ्नो राजवंशलाई [[सूर्यवंश]] वा [[चन्द्रवंश]] मान्दै आएका थिए। वि.सं. ७९२ (संवत् १५९)मा राजा जयदेव (द्वितीय) ले [[पशुपतिनाथ मन्दिर|पशुपतिको मन्दिर]]मा राखेको शिलालेखमा “[[ब्रह्मा]]का पनाति [[सूर्य (देवता)|भगवान् सूर्य]]बाट आफ्नो इक्ष्वाकु कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन्।