"ढुसी" का संशोधनहरू बिचको अन्तर

-{{काम जारी}}
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ६:
ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट सुरु हुन्छ। यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अङ्कुराउँछन्, आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा -हाइफा) भनिन्छ। धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (हाइफेलियम) बन्छ। यही च्याउबजाल नै नाङ्गो आँखाले पनि देख्न सकिने ढुसी हो। पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ। पाउरोटीमा देखिने स-साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली -स्पोरान्जिया) हुन्। अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन्। अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन्। जंगलको काठ/मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताव, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाईहाल्छ।
 
== महत्वमहत्त्व ==
===मानव जीवन===
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८मा हरियो ढुसीमा कीटाणुनाशक शक्ति हुँदोरहेछ भन्ने कुरा पत्ता लगाए पछि 'पेन्सिलियम नोटाटम' नाउँ दिइएको यो ढुसी मानिस र जनावरका लागि वरदान सावित भयो। किनकि यो अनुसन्धानको परिणाम स्वरूप पेन्सिलिनको जन्म भयो जसलाई ''वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधि'' भन्ने नाम दिइएको छ। यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मी होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन् १९४५मा चिकित्साशास्त्रका लागि नोवेल पुरस्कार प्रदान गरियो। त्यस बेलादेखि आजसम्म, ढुसीको उपयोग गरेर अरु पनि थुप्रै औषधि तयार पारिएका छन्। जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधि।
"https://ne.wikipedia.org/wiki/ढुसी" बाट अनुप्रेषित