"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति १:
[[File:Kedar Photo of Doti Bogatan.jpg|thumb|डोटी बोगटानका श्री ठूलाकेदार यहाँ गौतम गोत्रीय चन्द्रवंशी चन्दको महत्वमहत्त्व ठूलो हुन्छ, चन्दका कुलसंग सम्बन्धित देवता हुन् ]]
 
'''ठुलो केदार''' नेपालको डोटी जिल्ला बडीकेदार गाउँपालिका वडा नं <sup>५</sup> मा अवस्थित एक पबित्र धार्मिक स्थल हो । यसलाई सुदूर पश्चिम प्रदेशकै प्रख्यात धार्मिक स्थलका रुपमा मानिन्छ । ठुलो केदारलाई [[गौतम गोत्र|गौतम]] गोत्रिय [[चन्द|चन्दहरू]]ले कुल देवताको रुपमा पूजा गर्दछन् । यो मन्दिर [[बोगटान राज्य|डोटी बोगटान]] मान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखर गरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेका छन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर (माडौं) पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र [[कार्तिकेय (मोहन्याल)]] मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल [[केदारनाथ]]ले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ । <ref name="लाना "> केदारका उपमन्यु गोत्रीय पुजारी र करवाला गौतम गोत्रीय ,चन्द्रवंशी बोगटानका चन्द ठकुरी /स्थानीय जानकारहरुका अनुसार । </ref>
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित