"कछुवा" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व))
 
यसैगरी अर्को एक विशेष प्रजातिको कछुवा अफ्रिकी मुलुकमा पाइन्छ। चेप्टो आकृतिका देखिने यी कछुवा अलिकति खतराको सङ्केत पाउनासाथ शारीरिक संरचनाको फाइदा लिएर चट्टानको सानो प्वालबाट भित्र छिर्छन् र आफूलाई सुरक्षित गर्दछन्। उनीहरूलाई शत्रु जीवले पहिले त देख्नै सक्दैनन् देखिहाले पनि उनीहरूले आफ्नो शरीरलाई यसरी फुलाउँछन् कि उसले बाहिर तान्नै सक्दैन। यद्यपि संसारमा निकै प्रजातिका कछुवा पाइन्छन्। तथापि प्राणीशास्त्रीहरूले यिनीहरूलाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने प्रयास गरेका छन्। यसमध्ये पहिलोमा समुद्री -टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा -टेरापिन) र तेस्रो जमीनमा पाइने कछुवा -टारटायस) पर्दछ। कछुवाको शरीरको बाहिरी भाग निकै कडा हुन्छ। सितिमीति उनीहरूमाथि अरू शत्रुजीवले आक्रमण गर्न सक्दैनन्। तथापि प्रकृतिको पर्यावरणीयचक्रबाट उनीहरू पनि अछुत भने छैनन्। सिधै आक्रमण गर्न नसके पनि बाज तथा गिद्धजस्ता हिंस्रक पक्षीहरूले उनीहरूलाई टिपेर आकाशमा लान्छन् चट्टानमाथि खसाउने गर्दछन्। यसबाट उनीहरूको शरीरको बाहिरी खपटा फुट्छ र मासुको सिकार गर्ने गर्दछन्।
==धार्मिक महत्वमहत्त्व==
[[विष्णु]]को दस अवतारमा कछुवा पनि मानिएको छ, जसको क्रम माछापछि आउँछ । यसले प्राणीजीवनको विकास क्रमलाई पनि जनाउँछ । प्राणीशास्त्रीहरूका अनुसार पनि प्रकृतिमा जलचरपछि उभयचर प्राणी सृष्टि भएका थिए।
==सन्दर्भ सामग्रीहरू==
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/872671" बाट अनुप्रेषित