"भक्तपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.)
पङ्क्ति २४:
==जिल्लाको नामाकरण==
[[Image:Nyatapole.jpg|200px|right|[[न्यातापोल]], भक्तपुरको सबैभन्दा प्रशिद्ध स्मारक]]
यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामाकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरूका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न संघको अभिलेखमा "खोपाङ्ग" ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछें टोलमा भएको अभिलेखमा "खृपाङ्ग" ग्राम उल्लेख भएको पाइन्छ। यसैका आधारमा भक्तपुरलाई ख्वप या खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा यद्यपि छदैछ। अर्को ऐतिहासिक प्रमाण अनुसार बिवि.सं. १९९२ तिर भक्तपुर नगरलाई भद्रगाउँ भन्ने नाम प्रचलनमा रहेको पनि देखिन्छ। यसै भद्रग्राम शव्दका आधारमा भादगाउँ रहन गएको भन्ने अर्को अनुमान पनि छ।
 
भक्तपुरमा विभिन्न देवदेवीहरूका देवालय मन्दिर मठ तिर्थस्थलहरू जताततै भएको र मन्दिरमा कुँदिएको नेपाली शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनामा ओतप्रोत भएकाले र भक्तपुरका बासिन्दा ज्यादै धर्मात्मा भएकाले राणा प्रधान मन्त्री जुद्ध शम्शेरबाट साविक नाम भादगाउँको सट्टा भक्तहरूको पुर अर्थात शहर भक्तपुरको नामाकरण भएको देखिन्छ।